Wednesday, November 25, 2015

मधेशी मोर्चा भन्छन - जे सुकै होस, पछि हटने सवालै आउदैनन ।

प्रचण्ड संग छलफल गर्दै मोर्चाका नेताहरु

जारी मधेश आन्दोलनको १ सय दिन नाघी सक्दा पनि आन्दोलनरत मधेशी मोर्चा र सरकारी पक्ष विचको वार्ताको कुनै साकारात्मक छाटकाट नदेखिए पछि चौतर्फी चिन्ताहरु र चासोहरु व्यक्त भईरहेका छन । हिजो मात्रै एमाओवादी अध्यक्ष प्रचण्ड संग मोर्चाको शिर्ष तहमा तीन घण्टा लामो अनौपचारिक छलफल भएको थियो । उक्त छलफल पछि धेरैले चाडै नै सार्थक वार्ताको वातावरण बन्लान कि भनेर आश लिएका थिए । तर आज दिउसो मात्रै प्रधानमन्त्री ओलीले मोर्चाको बटम लाईन अनुसारको संघियतामा जान नसक्ने वताए पछि स्थितीमा सुधार नआएको आकंलन गरिएको छ । आज विहान मात्रै प्रचण्ड र प्रधानमन्त्री ओली विच हिजो मोर्चा संग भएको छलफलको सन्दर्भमा कुराकानी भएको थियो । तर मोर्चाका नेताहरु भन्छन, तत्कालै वार्ता हुन्छ जस्तो लाग्दैनन । फोरम नेपालका उपाध्यक्ष समेत रहेका वार्ता टोली सदस्य लालबाबु राउत भन्छन, प्रचण्डजी जता जानु हुन्छ त्यतैकै कुरा गर्नु हुन्छ, उहां संग त कम्तीमा २० औ पटक हामी छलफल गरी सक्यौ, त्यसले निकास निक्लान भनेमा हामीलाइ विश्वास छैन । राउतका अनुसार प्रमुख दलहरु खासगरी एमाले र काग्रेस दुवै संघियतलाई टुग्याउन चाहेका छैनन । उनी भन्छन, प्रचण्ड हामी संग कुरा गर्दा हुन्छ भनेर जान्छन तर एमाले र काग्रेस संग छलफल गरेपछि व्याक भएर आउनु हुन्छ, यसले कुरा प्रष्ट हुन्छ । यस्तो अवस्थामा अव मोर्चाले के रणनिती अख्तियार गर्लान त ?


गएको १०२ दिन देखि मधेशै भरी आन्द्योलन हाकीरहेका मधेशी नेताहरु भन्छन, जे सुकै होस तर पछि हटने कुरा कुनै पनि शर्तमा मान्न सकिन्न । मोर्चाका वार्ता टोली अर्का सदस्य लक्ष्मण लाल कर्ण भन्छन, हामी आफना वटम लाईन प्रमुख दलहरुले दिइसकेका छौ, अव त्यस वाट पछि हटने कुनै सवाल नै आउदैनन । सरकारले आन्दोलनलाई लामो समय सम्म सम्बोधन नगर्दा स्थ्तिी कतै फरक मोड त नलेला भन्ने पनि चौतर्फी आशंकाहरु अत्यद्यिक रुपमा व्यक्त हुन थालेका छन । सदभावना सहअध्यक्ष कर्ण भन्छन, जनताले जे चाहन्छन त्यो हुन्छन यसमा कसैको केहि लाग्न सक्दैनौ, हामी त्यसका लागी जनतालाई आन्दोलन नगर भन्न सक्दैनौ । मधेशी जनता आन्दोलनमा छन, सरकार यदी रणनितीक रुपमा उनीहरुलाई आन्दालनवाट टाढा गर्न सक्छन भनेर गरुन, त्यसमा हामी केहि गर्दैनौ तर जनता आन्दोलन वाट हामी आफनो अधिकार लिइ छाडछौ भनिरहदा हामी आन्दोलनवाट पछि हटदैनौ ।

कर्णकै भनाई संग सहमत छन फोरम नेपालका नेता राउत पनि । उनी पनि भन्छन, मधेशी मोर्चा संघियतालाई उधारोमा राखेर आन्द्योलन वाट पछि हटन सक्दैन । राउतका अनुसार मधेश आन्दोलनलाई प्रमुख दलहरुले गरीरहेको विश्लेषण उनीहरुकै लागी दिन प्रति दिन वढी धातक सावित हुदैछन , अनि हामी किन आत्तिने । समस्याको सामाधान चाडो होस भन्ने आफुहरुको चाहना भए पनि मुद्धावाट पछि हटन नसक्ने निष्कर्ष मोर्चाले निकालेको उनको कथन छ ।

पछिल्लो समयमा प्रमुख दलहरु विच अनौपचारिक कुराकानीहरु बाक्लिएको देखिए पनि मोर्चाका भित्रियाहरुका अनुसार वातावरण ठोस रुपमा साकारात्मक मोड लिइ सकेका छैन । काग्रेस र एमाले विचको वढेको राजनितीक दुरीले वार्तालाई थप अन्योलमा पारेको समेत कतिपयको आकंलन छ । अघिल्लो आफनै नेतृत्वको सरकारले संधोशनका लागी अघि सारेको प्रस्तावमा काग्रेस अल्झीएको छ भने एमालेको वर्तमान नेतृत्वको सरकार जसरी पनि सघियता विना कुरा अघि वढोस भन्ने चाहनामा छन । तर मोर्चाका नेताहरु भन्छन, दुवैले आन्दोलनलाई ठोस रुपमा सम्बोधन गर्दैन । हामीले यो कुरा प्रष्ट रुपमा सरकारी पक्ष संग भनि सकेका छौ ।

No comments:

Post a Comment