Thursday, November 19, 2015

मधेशी मोर्चाको निष्कर्ष - आन्दोलन थप लम्बिने भयो, नाका संगै राजमार्ग कसौ ।




गएको ९७ दिन देखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार वार्ता मार्फत मधेशलाई सम्बोधन नगर्न तयार नरहेको निष्कर्ष निकाल्दै आन्दोलन थप लम्बिने आन्तिरक निष्कर्ष निकालेका छन । विहिवार काठमाडौमा मोर्चाको बसेको बैठकले गएको तीन महिना देखि जारी आन्दोलन तथा सरकारी पक्ष संग भएको अनौपचारिक तथा औपचारिक कुराकानीको वारेमा समिकक्षा गरेका थिए । बैठकमा मोर्चाले आन्दोलन लम्बिने निष्कर्ष निकाले पश्चात नै विद्यालय तथा क्याम्पसहरु विहान चलाउन दिने तथा औद्यषीका गाडीहरु विराटनगर नाकावाट भित्रिन दिने निर्णय गरेका थिए । विहिवारको मोर्चाको बैठकले सरकारी पक्ष वार्ता प्रति खासै गम्भिर नदेखिएको तथा जारी आन्दोलनलाई भारत संग जोडेर समाप्त पार्ने षडयन्त्रमा लागेको भन्दै नाका अवरुद्ध संगै राजमार्ग पनि कडा रुप अवरुद्ध पार्ने आन्तरिक तयारी गरेका छन । मोर्चाले निकालेको विज्ञप्तिमा भोली देखि अर्थात ५ मंसीर देखि राजमार्ग केन्द्रित आन्द्योलनहरु संचालन गर्ने उल्लेख गरिएको छ ।


सरकारी पक्षसंग विभिन्न औपचापरक तथा अनौपचारिक कुराकानीमा सहभागी मोर्चाको सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भन्छन, सरकारी पक्षको कारण आन्द्योलन लम्बिने निकर्षमा हामी पुगेका छौ । उनी भन्छन, अवको हाम्रो आन्द्योलन नाकाहरु संगै राजमार्गहरुमा पनि वढी केन्द्रित हुने छ । कर्णका अनुसार नेपाल भारत नाकाहरुमा जसरी आन्द्योलनकारीहरु पाल टागेर धर्नामा बसीरहेका छन, त्यही स्वरुपमा राजमार्गहरुको विभिन्न ठाउहरुमा आन्द्योलनकारीहरुको तर्फवाट पालहरु टागेर २४ सौ घण्टा धर्ना बस्ने लगायतका कार्यक्रमहरु आन्तरिक रुपमा स्थानिय स्तरमा स्कुर्लर गरिसकिएको छ ।

कतिपय मधेश राजनितीमा भित्रियाहरुका अनुसार मोर्चा यस्तो निष्कर्षमा पुग्नुको पछाडी हाल काठमाडौमा हौवा फैलाइएको भारतीय लगाव संग पनि जोडिएको छ । प्रमुख नाका विरगंज सहित अधिकांश नाकाहरुमा मधेशी आन्द्योलनकारीहरु धर्नामा बसेका भए पनि काठमाडौले एकतर्फी रुपमा आन्दोलनलाई नजरअन्दाज गर्दै खाली भारतले नाकाबन्दी गर्यो भनेर आन्दोलनको मागलाई वेवास्ता गर्न खाजीएको देखियो,  उनीहरु भन्छन, राजमार्गहरु पनि पुर्ण रुपमा आन्दोलनकारीहरु ठप्प पारे पछि काठमाडौको उक्त आरोपलाई चिर्न सजिलो हुने निष्कर्ष मोर्चाको छ । मधेशी मोर्चाले तराई मधेशको भुभागमा पर्ने पुर्व पश्चिम राजमार्ग क्षेत्रमा मधेशीहरु संगै पहाडी समुदायको पनि मिक्स बस्ती भएकाले आन्द्योलन सोचे जती सजिलो नभए पनि आन्तरिक गृहकार्य गरेर अघि वढन सक्ने आकंलन निकालेका छन ।

मोर्चाको शिर्ष तहमा ओली सरकार सेना परिचालन समेत गर्न सक्ने सम्भावना वारेमा छलफल भएको तर त्यसको वारेमा अहिले नै कुनै ठोस निष्कर्षमा पुगी सकेका छैन । सदभावना नेता कर्णका अनुसार सरकार आन्दोलनको पहिलो चरणमा पनि सेना औपचारिक रुपमै मधेशमा परिचालन गरेकै हुन, पछि हटाउन पुगे । उनका अनुसार ओली सरकार फेरी सेना परिचालन गरेको खण्डमा फेरी केहि मानवीय क्षती तथा दोहोरो झडपको अवस्थाहरु सिर्जना हुन सक्छ तर आन्द्योलनकारीहरु पछि नहटने उनको बुझाई छ । कर्ण भन्छन, आन्दोलनकारी मधेशीहरु प्रहरी, सेना सवै संग यही आन्द्योलनमा भिडीसकेका छन, त्यसैले त्यस वाट आन्दोलन नै समाप्त भईहाल्छ भन्ने कुरामा कुनै दम छैन ।

मोर्चाले छठ पछि आन्द्योलन सशक्क्त बनाए संगै विहिवार मोर्चाले गरेको निर्णय पश्चात स्थानिय स्तरमा राजमार्ग केन्द्रित आन्द्योलनहरुको वारेमा विभिन्न तहको छलफलहरु सुरु भएको देखिन्छ । राजविराज, जनकपुर लगायतका ठाउहरुमा आन्दोलनकारीहरुले स्थानिय व्यारीहरु संग समेत छलफल अघि वढाएका छन । आन्दोलनकारीहरुले स्थानिय स्तरमा व्यापारीहरुलाई विहानको समयमा पसलहरु खोल्न दिन सक्ने तर त्यसको सटामा हरेक पसलको तर्फ वाट एक जना राजमार्गमा गएर धर्नामा सहभागी हुने लगायतका विकल्पहरु दिएका छन । त्यसै गरी विहानी समय खुल्ने विद्यालयहरु संग समेत आन्द्योलनकारीहरुले सहयोगको अपेक्षा राखेका छन ।

स्थानिय आन्दोलनकारी स्रोतहरुका अनुसार राजमार्गमा मधेशी आन्द्योलनकारीहरु माथी यदी प्रहरी प्रशासन वल प्रयोग गर्न अघि वढेको खण्डमा आउन सक्ने परिस्थितीको वारेमा समेत आन्तरिक छलफलहरु तथा गृहकार्यहरु चलीरहेको छ ।

No comments:

Post a Comment