![]() |
विरगंजमा आज विहानै आन्दोलनरत मधेशी मोर्चाले प्रर्दशन गर्दै |
छठ पछि आन्दोलनमा फेरी होमिएको मधेशी आन्दोलनकारीहरुले विहिवार विहानै देखि मधेशका सहर बजारहरुमा प्रर्दशन गरीरहेका छन भने दिपावली देखि छठ सम्म खुलेको बजारहरु पुर्ण रुपमा बन्द गराएका छन । गएको ९७ दिन देखि आन्दोलनमय रहेको मधेशमा पछिल्लो केहि हप्ता यता चाडवाडका कारण बन्द, हडतालको प्रभाव कम देखिएका थिए । आनद्योलनकारीहरु पुर्व नै घोषणा गरे अनुरुप छठ पछि आज देखि फेरी बजारहरु बन्द भएका छन भने आन्दोलनकारीहरुको तर्फ वाट ठाउ ठाउमा विभिन्न खालका जुलुसहरु फेरी निस्कन थालिएको छ ।
मधेशका प्रमुख सहरहरु विरगंज, जनकपुर, सिरहा, लहान, राजविराज, विराटनगर लगायतका सहरहरुमा आज विहानै देखि विभिन्न जुलुसहरु निकालिएका छन । पछिल्लो एक महिना भन्दा वढी नाकाहरुमा समेत भर्ना दिदै आएका आन्दोलनकारीहरु राजमार्गलाइृ पनि कसरी ठप्प पार्ने वारेमा गम्भिर आन्तरिक गृहकार्यहरु थालेको जनाएका छन ।
No comments:
Post a Comment