Wednesday, November 18, 2015

छठमा पनि घर आउन सकेनन प्रमुख दलका सभासदहरु । भोली देखि आन्द्योलन फेरि चर्कने

जनकपुरको भानु चौक स्थित काग्रेस नेता तथा सभासद आनन्द प्रसाद दुंगानाको घरमा मधेश अधिकार संघर्ष समिती, मासका  युवाहरु कालो झण्डा गाडेर प्रर्दशन गर्दै


मधेशमा गएको ९६ दिन देखि आन्दोलनरत रहेको मधेशी पार्टीहरुको अवरोधका कारण तराइ मधेशको महापर्व छठमा समेत प्रमुख पार्टीहरुका सभासदहरु आफनो गृहनगरहरुमा आउन सकेका छैन भने अर्को तर्फ आन्दोलनरत मोर्चाले भोली देखि आन्दोलन थप चर्काउने जनाएका छन । दिवावली तथा छठका लागी आन्दोलनलाई खुकुलो बनाएका मोर्चाले भोली देखि फेरी बजारहरु बन्द गराउनुको साथै नाका र राजमार्ग के्न्द्रित आन्दोलन सश्क्क्त बनाउने जनाएका छन । मधेशका जिल्लाहरुमा स्थानिय स्तरमा आन्दा्लनकारीहरुले दिपावली तथा छठका लागी बजारहरु खुल्लाहरु गर्न छुट दिएका थिए भने सवारी साधनको आवतजवातमा समेत केहि नजरअन्दाज गर्दै आएका थिए । वुधवार विहान छठ पर्व सकिए पछि मधेशका जिल्लाहरुमा स्थानिय मोर्चाले धमाधम विज्ञप्ति निकाल्दै भोली देखि आन्द्योलनमा जुटन सवै पक्षहरमा अपिल गर्न थालीसकेका छन । गएको तीन महिना भन्दा वढी देख मधेशमा जारी आन्द्योलनलाई सतापक्षले उचित सम्बोधन नगरेको भन्दै स्थानिय स्तरमा विस्तारै आक्रोश पनि वढदै गईरहेको देखिन्छ । स्थानिय आन्दोलनकारीहरुका अनुसार भोली देखि फेरी चर्कन आन्दोलन एक दुई दिन भित्रै राजमार्ग क्षेत्रहरु मा समेत सशक्क्त रुपमा प्रस्तुत हुन थालिने छन ।

प्रमुख दलका सभासदहरु घर आउन सकेनन


गएको ३ असोजमा जारी भएको नयां संविद्यानले मधेशीहरुको हक अधिकार सुनिश्ति नगरेको भन्दै उक्त संविद्यानमा हस्ताक्षर गरेका सभासदहरुलाइृ मधेशमा आउन नदिने भन्दै स्थानिय आन्दोलनकारीहरुले विभिन्न गतिविधिहरु गर्न थाले  पछि नेपाली काग्रेस, नेकपा एमाले र एमाओवादीका नेताहरु यस पालीको छठमा समेत मधेश झर्न सकेनन ।


दिपावलीमा महोतरीका एमाले सभासद राम दयाल मंडल महोतरी आए पछि आन्द्योलनकारीहरुले उनलाई लखेटेका थिए । त्यस पछि उनी रातरात काठमाडौ लागेका थिए । त्यसको भोली पल्टै जनकपुर क्षेत्रमा समेत कुनै पनि प्रमुख दलका सभासदहरुलाइृ याहा छिर्न नदिने उर्दी आन्दोलनकारीहरुले गरेका थिए । आन्दोलनकारीहरु जनकपुर क्षेत्रमा रहेका प्रमुख दलका सभासदहरुको घरमा कालो झण्डा समेत गाडेका छन । स्थानिय स्तरमा मोर्चाले धम्की दिए पछि जनकपुर आउनका लागी टिकट समेत क्न्फर्म गरीसकेका काग्रेस नेता विमलेन्द्र निघि, आन्नद प्रसाद ढुगांना, लिला कोईराला, राम कृष्ण यादव लगायतका नेताहरुले जहाजको टिकट रद्ध गराएका थिए । 

धनुषामा नेपाली काग्रेसले आउदो ५ मंसीरमा गर्न लागेको कार्यकर्ता भेला समेत रद्ध भएको स्थनिय काग्रेस पार्टी कार्यलयले विज्ञप्ति निकालेर जनाएका छन । त्यसैगरी एमालेका सभासद शत्रुधन महतोले पनि छठको अवरसरमा जनकपुर आयोजना गर्ने पुर्व घोषीत कार्यक्रम हुन सकेन । उनी समेत काठमाठौ वाट जनकपुर झर्न सकेका छैन ।

जनकपुरवाट प्रकाशित हुने एक स्थानिय पत्रिकामा काग्रेस सभासद रामकृष्ण यादवले आन्दोलनले उत्पन्न भएको असहज परिस्थतीका कारण आफुहरु यस पाली काठमाडौ मै छठ मनाउन बाध्य भएको गुनासो पोखेका छन । उनी यस भन्दा अघि हरेक छठमा आफनो निर्वाचन क्षेत्रको दौडाहा गर्ने गरेका थिए ।

No comments:

Post a Comment