Monday, November 9, 2015

मधेश राजनितीमा हस्तक्षेपको भुमिका खोज्दै युवा जमात

जनकपुर युवाहरु आईतवार मधेश आन्द्योलनको गितमा नृत्य गर्दै


जनकपुर -  
जाग जाग जाग रे
निन्द आव त्याग रे

 
आइतवार सांझ जनकपुरको जनक चौकमा युवाहरुको जमातले यो गित धन्काईरहदा वरपरको माहौल नै अर्कौ देखिन्थयो । जनकपुर क्षेत्रको प्राय जसो सार्वजनिक स्थलहरु अचेल लाउडस्पिकरहरु बजीरहेको देखिन्छन, ती सवैमा यी यस्तै मधेश आन्द्योलनको वारेमा रचिएका विभिन्न गितहरु गुन्जिरहेका हुन्छन । गएको ८५ दिन भन्दा लामो समय देखि जारी मधेश आन्दोलनको मुख्य उर्जाको रुपमा देखिएको मधेशका युवा जमातहरु भन्छन, हामी मधेश राजनितीमा सशक्क्त तथा साकारात्मक हस्तक्षेप गर्न चाहन्छौ । जनकपुरको आन्द्योलनको उठानमा महत्वपुर्ण भुमिका खेलेका मधेश अधिकार संघर्ष समिती मासका एक जना अगुवा युवा रियाज साफि भन्छन, आन्द्योलनमा हरेक क्षेत्रका मधेशी युवाहरुको देखिएको सक्रियताले भविष्यको आकंलन गर्न अव गाहे चाही छैन । धनुषा मुस्लिम युवा समाजका अध्यक्ष समेत रहेका साफि भन्छन, आन्द्योलनको क्रममा मधेशी युवाहरुमा देखिएको जागरण अव मधेश राजनितीको मुख्य उर्जा हुने छ ।

युवा आन्द्योलनकारी तथा अभियानी रियाज साफि
 
जनकपुरमा युवा अभियान नामक संस्था मार्फत काम गरीरहेका स्थानिय युवा अशोक साहको बुझाईमा मधेश राजनिती भित्र अब युवाहरुको ठुलो हस्तक्षेपको सम्भावना वढदै गईरहेको छ । साह भन्छन, मधेशको ग्राउण्ड हिजो भन्दा आज आकाश जमिनले फरक देखिएका छन । उनी भन्छन, आजका क्याम्पसे पुस्ताको मधेश राजनिती र मधेशको अधिकार प्रति अत्यद्यिक झुकाव देखिन्छ ।   
जनकपुर स्थित मोडेल क्याम्पसमा स्नातक तह तेस्रो बर्षमा अध्यन गरीरहेकी सवनम प्रविन भन्छिन, जारी आन्द्योलनले झनै सवै तहका पुस्ताहरुलाई झकझकाई दिएका छन । जनकपुर उपमहानगरपालिका वडा नम्बर दुईका स्थानिय बासिन्दा समेत रहेकी सवनम मुस्लीम समुदायवाट प्रतिनिधित्व गर्छिन । सवनम भन्छिन, आजको हाम्रो पुस्ताको हाथमा सारा संसार हेर्छन र बुझछन, अनि यस्तो वेलामा हामीलाई वराबरीको अधिकार नदिएर देशमा चयन कसरी सम्भव हुन्छ ।
सवनम प्रविन
सवनम आफनो आमा र उनी पुस्तामा आकाश जमीनको् फरक आईरहेको भन्दै यसले राजनितीलाई अव प्रभावित पार्ने निश्चित छ । उनी भन्छन, अली सहज वातावरणको मात्रै पर्खाइ छ, यो बन्न वितिकै हामी मधेशका ठुलो संख्यामा युवा जमातहरु राजनितीमा प्रवेश गर्ने निश्चित छ ।

युवा नेतृत्वको खोजी 

संन्चारकर्मी गायत्री मिश्रा  


जनकपुर क्षेत्रमा गएको सात बर्ष देखि पत्रकारिता गर्दै आएकी सन्चारकर्मी गायत्री मिश्राको  बुझाईमा मधेशको ठुलो संख्यामा युवाहरु नया तथा स्तरीय राजनितीका लागी नयां नेतृत्वको खाजीमा छन । उनी भन्छन,  आन्द्योलनमा अहिले आम रुपमा अधिकारका लागी लडनु पर्छ भन्ने मान्यताका साथ मधेशका सवै तप्काहरु लडछन, तर मधेशी नेतृत्वहरु प्रति वितृष्ण पनि त्यतीकै छ । गायत्रीका अनुसार मधेशका आम युवा पुस्ताहरु वर्तमान नेतृत्वकै अन्र्तगत दिर्घकालिन राजनिती गर्न रुचाउदैनन, उनीहरु कुनै न कुनै रुपमा नयांपन खाजीरहेका छन । विगतमा मधेशी नेताहरुको क्रियाकलापका कारण आम मधेशी मनमा उनीहरु प्रति साकारात्मक भावना देखिएका छैन । त्यसो भए अहिले यत्रो आन्द्योलनमा सहभागीता किन छन त ? गायत्री भन्छिन, यसलाई फरक ढंगले हेर्नु पर्ने हुन्छ । उनी भन्छन, आम मधेशीहरु आफनो अधिकार नयां संविद्यानले सुनिश्चिता गरेनन भन्ने उदेश्यका साथ सडकमा उत्रेका छन । जनकपुर क्षेत्रमा आन्द्योलनको उठान चरणमा सक्रिय भुमिकामा समेत रहेकी गायत्री भन्छिन, युवा पुस्ताका महिलाहरु उचित वातावरणको खाजीमा छन, यो भेटने वितिकै महिलाहरु समेत ठुलो संख्यामा मधेशी राजनितीमा हस्तक्षेप गर्ने अवस्था आउछन ।  

युवा अभियानी रियाज साफीको बुझाईमा पनि सँन्चारकर्मी गायत्री भन्दा भिन्न छैन । सरयाज भन्छन, आन्द्योलनमा आम मधेशी एक जुट देखिएका छन र आम मधेशीहरुको मनमा आशंका पनि ठुलो छ, कतै मधेशी पार्टीका शिर्ष नेताहरु फेरी धोका देलान कि ? तर त्यसले अब फरक पार्दैन । 


1 comment: