Sunday, November 8, 2015

सरकार र मधेशी मोर्चा विचको वार्ता अन्योलमा



गएको ८६ दिन देखि आन्दोलनमा रहेको मधेशी मोर्चा र सरकारी पक्ष विचको वार्ता प्रक्रिया पछिल्लो हप्ता देखि अघोषीत रुपमा अवरुद्ध हुन पुगेको छ । गएको १५ गते सरकारी वार्ता टोली र मोर्चाको वार्ता टोली विच काठमाडौमा वार्ता भएको थियो । उक्त वार्तालाई दुवै पक्षले अत्यन्तै साकारात्मक भएको टिप्पणी गरेका थिए । तर त्यसको भोली पल्ट विहान १६ कार्तिकमा विरगंज स्थित नाकामा प्रहरीले हस्तक्षेप गर्न पुग्यो । विरगंज घटना पछि काठमाडौमा मोर्चाको वार्ता टोलीले पत्रकार सम्मेलन गरेर नै वार्ता प्रहरी हस्तक्षेपको विरोध गर्दे वार्ता भंग गर्ने चेतावनी दिएका थिए । यद्यपी वार्ता वाट आफुहरु तत्कालै नभागेको उनीहरुको कथन थियो । तर त्यस यता सरकारी पक्ष र आन्दोलनरत पक्ष विच कुनै संवाद नभएको वार्ता टोली सदस्यहरुको दावी छ ।



मोर्चाको वार्टा टोली सदस्य तथा फोरम नेपालका नेता लालबाबु राउतले विरगंज घटना पश्चात मोर्चाको वार्ता टोली संग सरकारी पक्षको कुनै संवाद नभएको बताए । हाल विरगंजमा रहेका राउतले भनृ, हामीले १५को वार्तामा उपल्बधीमुलुक ढंग नै वार्ता गरेका थियौ, उहाहरुले पनि चाडो पहल गरेर छिटै बस्ने भन्नु भएको थियो, तर त्यस पछि कुनै सम्पर्क समेत छैन । राउतका अनुसार १५ गतेको वार्तामा दुवै पक्षहरु राजनितीक तहमा शिर्ष नेताहरुको सहभागीतामा राजनितीक समिती बनाएर सिमांकन सहितको मुद्धालाई सम्बोधन गराउने प्रयास वारेमा छलफल गरेका थिए ।


मोर्चाका अर्का वार्ता टोली सदस्य तथा तराई मधेश सदभावना पार्टीका नेता राम नरेश रायले सरकारी पक्ष मधेश आनद्योलनलाई नजरअन्दाज गरेर अघि वढन खोजेका कारण वार्ता प्रक्रियामा अन्योल देखिएको आरोप लगाए । राय भन्छन, सरकार आफनो मधेशलाई हेर्न चाहदैनन वरु भारत संग भिडन्त गर्न रुचाउछन ।

कतिपय भित्रियाहरुका अनुसार ओली नेतृत्व वर्तमान सरकार पनि एकचोटी वल प्रयोग गरेर मधेशमा जारी आन्द्योलनलाई टेस्ट गर्ने रणनितीमा देखिन्छ । ती स्रोतहरु भन्छन, आन्दोलन यती लामो समय भईसक्दा जनता कतै थाकेर र सुरक्षा वल प्रयोग भएको खण्डमा कतै समाप्त भईहाल्छ कि भन्ने रणनितीमा छन ओली सरकार । त्यसमा पनि हाल सरकारी तह सेना परिचालन गर्ने वारेमा समेत आन्तरिक छलफलहरु व्यापक रुपमा भइरहेको बुझिएको छ । तर मधेशका कतिपय आन्दोलनका अगुवाहरु भन्छन, यो काठमाडौको अर्को गम्भिर गलत बुझाई हुने छन । मधेशका गाउ गाउ सम्म फैलिसकेको आन्द्योलन अर्को तीन महिना पनि यही रुपमा अघि वढन सक्ने सम्भावनालाई उनीहरु नर्कादैनन । 

त्यसमा पनि आज देखि व्यवस्थापिका संसद अवरुद्ध पार्ने रणनितीमा मोर्चा अघि वढे पछि सरकारी पक्ष संगको वार्तालाई यसले थप टाढा पुर्याउन सक्ने आकंलन कतिपयको छ ।

No comments:

Post a Comment