Saturday, November 7, 2015

डा भटराइृले जनकपुरमा भने - मधेशको माग मलाई थाहा छ । मधेशको माग के हो भन्न पाईदैन ।

आज विहान प्रधानमन्त्री ओलीलाई मधेशको माग सम्बोधन गर्ने वारेमा ज्ञापन पत्र बुझाउदै भटराई ।


नयां शक्ति निर्माणको अभियानमा जुटेका पुर्व प्रधानमन्त्री डा बाबुराम भटराईले शनिवार जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भनेका छन, आन्द्योलनरत मधेशीहरुको माग मलाई थाहा छ । मधेशीहरुको माग नै छैन वा जारी मधेश आन्द्योलनको माग के हो भन्न नपाईने उनले बताए ।  गएको तीन महिना देखि मधेशमा भईरहेको आन्दोलन प्रति आफनो पुर्ण समर्थन रहेको भन्दै भटराइले  प्रमुख दलका शिर्ष नेताहरुको तहमा चाडो भन्दा चाडो वार्ता गरेर मधेशको मुद्धालाई सम्बोधन गर्न समेत भने ।

शनिवार विहान मात्रै काठमाडौ ४५ जना नागरिक अगुवाहरुको हस्ताक्षर प्रधानमन्त्री केपी ओलीलाइृ वुझाएर जनकपुर आएका डा भटराईले भने, प्रधानमन्त्री ओलीलाई आज विहान पनि ज्ञापन पत्र दिन जादा उहाले मधेशीहरु कुन मागका लागी आनद्योलन गरीरहेको भन्ने कुरा आफुलाई थाहा नभएको बताएका थिए । उनले त्यस प्रति प्रश्न गर्दै भने, यो सरासर वइमानी हो, आफनो देशको आधा आवादी गएको तीन महिना देखि आन्द्योलन गरीरहदा त्याहाका  प्रधानमन्त्रीले आन्दोलन किन भईरहेको छ भनेर प्रश्न गरेर पन्छिन पाउदैन । भटराईले  जारी मधेश आन्दोलनको माग कुनै नया नभएको भन्दै विगतमा भएको सहमतीहरुवाट दलहरु पछि हटन नमिल्ने तर्क गरे ।


भटराईले भने, पहिलो र दोस्रो मधेश आन्द्योलनले एक मधेश एक प्रदेशको माग अघि सारेकै हुन । तर हामी सवै जनाले झापा देखि महाकाली सम्मको एक मधेश प्रदेश अव्यहवारिक हुने भन्दै नारायणी पश्चिम एउटा र नारायणी पुर्व एउटा प्रदेश गरी मधेशमा दुई प्रदेश वनाउन सहमती दिएकै थियौ । उनले भने, अहिले आएर त्यसमा बखेडा किन ? केहि सिमित शिर्ष नेताहरु आफनो चुनावी क्षेत्रको राजनितीका कारण मधेशलाई भारत संग जोडेर वदनाम गराउन लागेको भन्दै भटराईले आक्रोश पोखे । उनले भने, हामी आफनो समस्या सामाधान गर्दैनौ अनि अरु माथी औला उठाएर वहादुरी देखाउन खोज्छौ । उनले पहिला मधेश आन्दोलनलाई सम्बोधन गरे पछि पनि भारतले नाकाबन्दी जारी राखेको खण्डमा मात्रै भारत प्रति प्रश्न गर्न जायज हुने तर्क गरे ।

भटराईले आफुले संवाद समितीको सभापतिको रुपमा संविद्यानसभा अन्तिम समय सम्म पनि प्रमुख दलहरुलाई मधेशको मुद्धा सम्बोधन गर्न आग्रह गरेको प्रसंग निकाल्दै भने, म २३ भदौ मै पार्टी भित्र प्रष्ट रुपमा भनिसकेको थिए, अब हामी यो लाईनलाई समातेर अगाडी वढन सक्दैनौ । वर्तमान सता गठवन्धनको कडा आलोचना गरेका भटराईले केहि मुठि भर पहाडी नेताहरुका कारण मुलुक गम्भिर दुर्घटना तर्फ अघि वढेको जिकिर गरे । उनले भने, मधेशीहरुको माग जायज छ, यसको पक्षमा अब आम पहाडी समुदाय पनि उठनु पर्ने हुन्छ । उनले भने, म काठमाडौ गएर मधेश आन्द्योलनको सम्बोधनको लागी भोक हडताल देखि धर्ना सम्म बस्ने वारेमा सोचिरहेका छौ, राजमार्गमा रहेका पहाडी मधेशीहरुमो मिश्रीत बसोवास पनि अब यसको पक्षमा जोडदार रुपमा उठनु पर्यो अनि मात्रै देशले निकाश पाउछ । भटराईले मधेशीहरु विगतमा भएको सवै संघर्ष महत्वपुर्ण भुमिका खेलेको भए पनि उनीहरुलाई जहिले पनि सतावाट टाढा राख्ने काम पहाडी शासकहरुले गरेको देखिएको बताए । उनले आफनो नयां शक्तिको अभियानले मधेशीहरुको सतालाई सिंहदरवार देखि वालुवाटार सम्म स्थापित गर्न विश्वास व्यक्त गरे ।

जनकपुरमा विना व्यनर विशाल प्रर्दशन 

जनकपुरमा आज मधेश जनआन्द्योलन मात्रै लेखेर सवै पक्षको सहभागीतामा विहाल जुलुस निकालिएको छ ।


डा भटराई आफनो नयां शक्तिको वारेमा तथा जारी मधेश आन्द्योलनको वारेमा जनकपुरको गोपाल धर्मशालामा वोलीरहदा जनकपुरको जनक चौकवाट विना कसैको व्यानरमा संयुक्त रुपमा विशाल जुलुस आज निकालिएको थियो । चाडवाड पछि आन्द्योलनको रौनकलाई फेरी देखाउनका लागी जनकपुरमा सवै पक्षको सहभागीतामा विशाल जुलुस निकालिएको थियो । दुई अगाडी मात्रै जनकपुरमा सवै पक्षको भएको बैठकले यस्तो जुलुस निकाल्ने निर्णय गरेको थियो । मधेश जनआन्दोलन मात्रै लेखिएको व्यानरमा कुनै पार्टी वा मोर्चाको व्यानर र झण्डाहरु प्रयोग गरिएको थिएन । सवै पक्षहरु कालो झण्डा लिएर जुलुसमा सहभागी भएका थिए । स्थानिय आन्दोलनकारी अगुवाहरुका अनुसार जनकपुरमा दिपावली र छठको विचमा एक लाख जनसहभागीतामा प्रर्दशन गर्ने तयारी भईरहेको छ । उक्त प्रर्दशन पनि यसरी नै मधेश जनआन्द्योलनको संयुक्त व्यानरमा आयोजना गरिने छ । स्थानिय तहमा नेताहरु तथा पार्टीहरु विच आफनो मोर्चा र पार्टीको व्यानर वा झण्डाको वारेमा मनमुटाव नहोस र अन्य पक्षहरुलाई समेत सहभागीता हुन सजिलो होस भनेर आन्दोलनकारीहरुले यस्तो तरिका अपनाएको बताएका छन ।

No comments:

Post a Comment