Friday, November 6, 2015

आन्दोलन संगै अराजकता वढदै - सचेतताको खाचो


जनकपुर - 
 
अघिल्लो हप्ता जनकपुरको शिवचौकमा राती रोशन कुमार ठाकुरको टयाक्टर ठक्करले मृत्यू हुन गयो । मृतकका परिवारले टयाक्टर चालकले छोरालाइ ठक्कर दिएर छोराको मारेको भन्दै प्रहरीलाइ गुहार गरे । प्रहरीले घटनाको अनुसन्धान गर्दै जादा मृतक रोशन ठाकुर राती १२ बजेको समयमा शिव चौकमा इटा बोकेर गईरहेको टयाक्टर संगै आफु आन्द्योलनकारी हु भनेर पैसा असुल गर्ने धम्की दिएका थिए । टयाक्टर चालक संग भनाभन पछि उनी चालकलाई कुटने उदेश्यका साथ टयाक्र माथी हाम फालेको देखिन्छ, त्यतीकै चालकले टयाक्रलाइ अगाडी वढाए पछि उनको मृत्यू हुन गयो ।

यसैगरी अघिल्लो हप्ता नै धनुषाको वेला विर्ता गाउमा ललीत दास आफनो मोटरसाइलमा सिमापारीवाट तेल भराएर आइरहेको समयमा गाउमै जमुना दासले आफु आन्द्योलनकारी हु भनेर उनको वाइक वाट तेल झिके । यो घटनाले विवाद सिर्जना उक्त गाउमा दुई पक्ष विच खुकुरी हानाहान सम्म हुन गयो । एक जनाको हाथमा नराम्ररी धाउ लाग्न गएको छ । घटनालाई गाउ मै पन्चायत गरेर सुल्झाउने प्रयास भए पनि घटना साम्य हुन सकेको छैन । घटनामा धाइते भएका एक जना प्रहरी काहा धाईरहेको छ ।

माथीको यो दुई ओटा घटना प्रतिनिधिमुलुक घटना मात्रै हो । गएको ८३ दिन देखि आन्द्योलनयमय रहेको मधेशमा आनद्योलनकै आडमा अराजकता पनि त्यतीकै मौलाउन लागेको देखिन्छ । आन्दोलनको क्रममा प्रहरी माथी आम समाजीक स्तरमा फैलिएको वितृष्णाको फाइदा उठाउदै गतल काम गर्ने तत्वहरु पनि त्यतीकै सल्वलाइरहेको देखिनमा त्यतीकै आउछ । सरोकारवलाहरु यस प्रति सम्बन्धित पक्षहरु समयमै सचेत नभए समाज अराजकताको चपेठामा फसेर विभिन्न उपद्रोवाट परेशान नहोला भन्न सकिन्न ।


खासगरी मधेशमा आन्दोलन चर्किए पछि विस्तारै विस्तारै दैनिक उपभोग्यको समानहरुको अभाव हुन थाले पछि तस्करहरुको कालावजारी यस क्षेत्रमा ह्वातै वढन गएको देखिन्छन । त्यसमा पनि नाकावन्दी सुरु भए पनि सिमापारी वाट पेटोलियम पदार्थको तस्करी त हबातै वढन गयो । आन्द्योलनको सुरुमै सिमा क्षेत्रमा रहेको अधिकांशप्रहरी चौकीहरु विस्थापित भइसकेका छन ।

आन्द्योलनको आडमा अराजकता 

जनकपुर क्षेत्र भित्र दशै पछि एकाएक एउटा व्यानर आन्द्योलनको समुहमा देखिन थालियो । मधेश क्रान्ति संघर्ष समितीको नाममा जनकपुरमा जताजतै व्यानर मात्रै देखिएन वरु उनीहरुको गतिविधी पनि संकास्पद देखिन थालियो । गएको सोमवार विरगंज नाकामा घटना भए पछि मधेशका प्रायजसो सवै ठाउमा त्यसको प्रतिक्रिया स्वरुप कडा विरोध कार्यक्रमहरु भएको देखियो । तर जनकपुरको क्षेत्रमा मोटरसाइकल मार्फत तस्करी वढेको भन्दै स्थानिय मधेशी मोर्चाले मोटरसाइकल समेतमा रोक लगाउने निणर्य गरे । तर क्रान्ति संघर्ष समितीको व्यानरमा उत्रिएका युवाहरु जताजतै तोडफोड गर्दै नारावाजी गरेर नगर क्षेत्र भित्र आन्द्योलनको नाममा आतंक नै सिर्जना गरि दिए । तर रोचक त के छ भने  मोर्चा विहिवार आफनो उक्त निर्णय वाट पछि हटने निर्णय गरे संगै उक्त समितीले एक विज्ञिप्ती जारी गर्दै पछिल्लो आन्द्योलनमा घुसपैठ भएको भन्दै तोडफोडका घटनाहरुको निन्दा गरेका छन ।

आनद्योलनको नाया व्यानरका साथ उत्रिएको मधेश क्रान्ति संघर्ष समितीका जनकपुर संयोजक हुन नवीन यादव । उनी कुनै वेला याहाका चर्चीत डन संजय साहले सुरु गरेको मधेश क्रान्ति फोरमका स्थानिय नेता पनि हुन । संजय साह जनकपुर बम काण्डमा फसेपछि हाल उनी जेल भित्र छन । उनका केहि स्थानिय हाथहरु त्यही वेला एमाओवादीमा प्रवेश गरेका थिए भने वाकी रहेका केहि तितिर वितिर भएका थिए । आन्द्योलन सुरु भए लगतै प्रशासनले उनको सम्भावित चलखेलको मध्यनजर गर्दै साहलाई सिरहा वाट काठमाडौ लगेका थिए ।
जनकपुर क्षेत्रान पछिल्लो समयमा साहकै नजिकका केहि युवाहरु आन्द्योलनमा छुटै व्यानरका साथ उत्रिए पछि जनकपुर क्षेत्र भित्र विभिन्न अडकलवाजी गर्न थालिएको छ ।

उच्च स्रोतका अनुसार साहको जनकपुर क्षेत्रमा स्टेशन एरीया केदि कदम चौक एरीयामा राम्रो पकड थियो । र क्रान्ति संघर्ष समितीको व्यानरमा भईरहेको विभिन्न गतिविधिहरु पनि अहिले त्यही क्षेत्रमा वढी भईरहेको देखिन्छ । स्रोतका अनुसार दशै लगतै त्यसमा क्षेत्रमा ठुला ठुला एग्रोभेटका पसलहरु छन । जुन पसलहरु प्रतिवन्धित औषधीहरुको व्यापार गर्छन । र उनीहरु  स्थानिय स्तरमा साहका केटाहरु विच बैठक गरेर त्यस क्षेत्रमा आन्द्योलन चर्किए पछि उक्त क्षेत्रमा रहेको प्रहरीहरुलाइृ त्याहा वाट लखेटेको खण्डमा प्रतिवन्धित औषधी आन्द्योलनको अधेरी रातमा पास गराउन सजिलो हुने दाउ थियो । त्यही डिजाईन अनुरुप साहका केटाहरु स्टेशन एरीया तर्फ आफनो आन्द्योलनलाई लक्षित गर्न पुगेका छन । पछिल्लो विरगंज घटना पश्चात जनकपुरमा भएको प्रर्दशनमा उनीहरुको देखिएको गतिविधीले स्थानिय मोर्चाका नेताहरु समेत समेत सशंकित छन । त्यही भएर दुई दिन आन्द्योलनको अवस्था पुर्ववत स्थितीमा पुर्याउने निचोड निकाले ।

सचेतताको खाचो

केहि दिन अघि मात्रै जनकपुरको आन्दोलनमा युवाहरुको नेतृत्वमा देखिएका सरोज मिश्राले त आफनो फेसवुकमै लेख्न भ्याए, जनकपुर नगरक्षेत्र भित्र यदी कसैले ग्यासको सन्दर्भमा कालोवजारी गर्छन वा वढी पैसामा बेच्ने गरेको पाइएमा हामीलाई गोप्य रुपमा सुचना दिनुस । हामी त्यसलाई कब्जामा लिएर नागरिकलाई वाडने छौ । मधेश अधिकार संघर्ष समितीका संयोजक रहेका मिश्राले कालोवजारी वढे पछि आफुहरुले त्यस्तो सार्वजनिक अपिल गर्नु परेको थियो बताए ।

स्थानिय जानकारहरुका अनुसार आन्दोलन संगै वढेको कालोवजारीले आन्द्योलनलाई अत्यन्तै असहज अवस्था तिर लगदै छन । आन्द्योलनकारीहरु पनि स्वयंम आफैमा अप्ठायारोमा छन । प्रहरी प्रशासन प्रति जनताको यती वितृष्ण वढी सकेको छ कि उनीहरुको नामले झन वढी समस्या सिर्जना गर्छन भन्ने आकंलन पनि एउटा पक्षको छ । स्वयंक प्रहरीहरु पनि अहिले मधेशमा प्रतिरक्षात्मक अवस्थामा देखिएका छन ।  र अर्को तर्फ कतिपय घटनामा स्वयंम स्थानिय मोर्चाका नेताहरु नै पैसाको लोभले संग्लन रहेको पाउन थालेको घटनाहरु पनि देखिनमा कतै कतै आउन थालेका छन ।

त्यसैलै अत्यन्तै असहज अवस्थावाट यती लामो आन्द्योलन गुज्रीरहेको सन्दर्भमा अत्यन्तै सचेतताको खाचो देखिनमा आउन थालेका छन । अन्यथा स्थितीको नराम्रो भडकाव संगै ठुलो अराजकता फैलिन पनि सक्ने प्रवल सम्भावनाहरु देखिन थालेका छ । त्यसैले सम्बन्धित पक्षहरुमा गहन जिम्मेवारवोधको खाचो देखिन्छ । ताकी सल्वलाइरहेको गलत तत्वहरुको हावी समाजमा नवढोस । जसले आन्द्योलनलाई समेत कमजोर बनाउने सक्ने आट पनि नआओस ।  


No comments:

Post a Comment