Wednesday, November 4, 2015

विरगंज घटना पछि मधेशमा फेरी कडा बन्द-हडताल

पछिल्लो समयमा चहलपहल वढेको जनकपुर बजार सोमवार दिउसो देखि पुर्णरुपमा ठप्प छन ।

पछिल्लो केहि समय यता शान्तीपुर्ण तर  आनद्योलनमय रहेको मधेशका विभिन्न सहरहरु सोमवारको विरगंज घटना पश्चात उग्र देखिन थालेका छन । सोमवार विहानै प्रहरीले विरगंज रक्सौल नाकामा हस्तक्षेप गरेपछि त्यसको विरुद्धमा प्रतिक्रिया स्वरुप पर्सा, वारा सहित मधेशका सवै जिल्लाहरु फेरी ठुला ठुला प्रर्दशनहरु हुन थालेका छन । पर्सा र वारा सोमवार देखि नै तनावग्रस्त छन भने मधेशका अन्य सहरहरुमा पनि पहिला भन्दा कडा रुपमा वन्द तथा विरोधजुलुसहरु हुन थालेका छन ।

गएको ८२ दिन देखि आन्द्योलनमय रहेको मधेशमा पछिल्ला एक महिना यता आनद्योलनकारीहरु नेपाल भारत नाकाहरु तथा राजमार्गहरुमा केन्द्रित भएका थिए । आन्द्योलनकारीहरुको आन्दोलन नाका र राजमार्गमा केन्द्रित भए पछि सहर वजारहरुमा आम मानिसहरुको जनजीवन समान्य रुपमा फर्केको थियो तर सोमवारको  विरगंज घटना पछि सदरमुकामहरु फेरी पुर्ण रुपमा बन्द हुन थालेका छन भने बजारहरु मोटरसाईकल समेत चल्नमा रोक लगाइएको छ ।

जनकपुरक्षेत्रमा आनद्योलनको नेतृत्वदायी भुमिकामा सुरु देखि नै सक्रिय तमलोपा उपाध्यक्ष वृषेश चन्द्र लाल भन्छन, सोमवारको विरगंज घटना मार्फत सरकारले आन्द्योलनकारी समकक्ष छापामार युद्धको घोषणा गरेको छ, यसको विरुद्धमा हामी शान्तिपुर्ण आफनो आन्दोलनलाई कडा बनाएका हौ ।
उनी भन्छन, एउटा छापामार शैलीमा युद्ध गर्न आउदा हामी चुप लगाए बस्न सक्दैनौ । उनका अनुसार आनद्योलनरत मधेशी मोर्चा शान्तिपुर्ण आन्द्योलनमा रहेकाले त्यसको जवाफ पनि शान्तिपुर्ण तरीकाले नै फर्काउन थालिएको हो ।
 
विरगंज आन्द्योलनको अगुवाको रुपमा देखिएका नेपाल सदभावना पार्टीका नेता शिव पटेल भन्छन, सोमवारको घटनाले शान्त मधेश फेरी उग्र भएकै हो । उनी भन्छन, आन्द्योलनलाई भडकाए पछि नभडकने कुरै आउदैन । हामी पछिल्लो समयमा शान्त्पिुर्वक नाकामा धर्ना बस्दै आएका थियौ, पटेल भन्छन, तर सरकारी पक्ष अनाचनक वल प्रयोग गरेर मधेशीहरुलाई जिस्काउने काम गरेको छ । उनका अनुसार पर्सा, वाराका गाउ गाउमा आन्द्योलन फेरी एक पटक चर्किएको छ ।

No comments:

Post a Comment