Monday, November 2, 2015

विरगंजमा फेरी वितण्डा । अवस्था तनावग्रस्त

आज विहानै देखि पर्सा, वारा लगायतका क्षेत्र प्रर्दशनहरु फेरी उग्र बनेको छ ।

गएको ८० दिन देखि आनद्योलनमा रहेको मधेशी पक्षहरु माथी आज विहानै विरगंज रक्सौल नाकामा प्रहरीले हस्तक्षेप गरे पछि  स्थिती फेरी भडकिएको छ । प्रहरीले विरगंज रकसौल नाकामा पर्ने मितेरी पुलमा हस्तक्षेप गरे पछि विरगंजको अवस्था विहानै देखि तनावपुर्ण बनेको थियो । प्रर्दशनकारीहरुले आज विहानै वाट प्रहरी हस्तक्षेपको विरुद्धमा पर्सा र वाराका गाउ गाउमा नारावाजी गर्दै विरोध प्रर्दशनहरु गरीरहेको स्थानिय संचारकर्मीहरुले बताएका छन । स्थिती तनावपुर्ण भए पछि विरगंजमा दिउसो ३ बजे वाट अनिश्चितकालिन क्फुर्य लगाइएको छ ।


विरगंजमा सशस्त्र र नेपाल प्रहरीले सोमवार विहानै लाठी चार्ज गर्नुको साथै आनद्योलनकारीहरुको टेन्ट जलाए पछि विरगंज सहितको क्षेत्रहरुमा तनाव सिर्जना भएको थियो । प्रहरीको लाठीवाट विरगंजमा १ लर्जन भन्दा वढी धाईते समेत भएका थिए । त्यसैगरी सोमवार दिउसो विरगंज रक्सौल नाका क्षेत्रमै नेपाली सुरक्षा अधिकारीहरुले चलाएको गोली वाट एक भारतीय युवाको मृत्यू भएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन ।


मधेशी मोर्चाको आपति 

जनकपुरमा मोर्चाका शिर्ष नेताहरु

 
सरकार एकातर्फ वार्ताको टेवलमा पनि वोलाएको र अर्को तर्फ आनद्योलनमा वल प्रयोग गरेको भन्दै आन्द्योलनरत मधेशीले त्यस प्रति कडा आपति जनाएका छन । सोमवार विहान जनकपुरमा आयोजना गरिएको एउटा अन्त्क्रिया कार्यक्रममा मोर्चाका सवै शिर्ष नेताहरुले विरगंज घटनाले सरकारको नियत उदागं पारेको भन्दै आन्दोलनलाई थप सशक्क्त बनाउने चेतावनी दिएका छन । तमलोपा अधयक्ष महन्थ ठाकुरले सरकार वार्तालाई साकारात्मक बनाउनु भन्द्या पनि आन्दोलनलाई तुहाउन लागेको भन्दै यसले अवस्था अझै विग्रने चेतावनी दिएका थिए । 

विरगंज घटना लगतै काठमाडौमा मोर्चाको वार्ता टोलीको बैठक समेत बसेको छ । बैठकले सरकारी पक्ष वार्ता भंग गर्न उद्धत रहेको निष्कर्ष निकालेको सदभावना पार्टीका सहअध्यक्ष तथा वार्ताटोली सदस्य लक्ष्मणलाल कर्णले बताए । कर्णले भने, हामीले वार्ता प्क्रिया नै भंग त गरेका छैन तर सरकारको विरगंजमा देखिएको रवैया आपतिजनक भएको भन्दै यस्तै अवस्था फेरी दोह्रिए हामी कठोर निर्णयमा पनि पुग्न सक्छौ । हिजो मात्रै सरकारी पक्षसंग मोर्चाको वार्ता भएको थियो ।
 
विरगंज घटना लगतै मोर्चाका शिर्ष नेताहरु विरगंज आफनो शक्ति लगाउन थालेका छन । विहान प्रहरीले हस्तक्षेप गरेर खाली गराएको धर्ना स्थल पुन आन्दोलनकारीहरुले आफनो कब्जामा लिएका छन । तमलोपाका महामन्त्री जितेन्द्र सो्नल भन्छन, सरकारी पक्षको यो भ्रम वाहेक यो अरु केहि होईन, उनी भन्छन, आन्द्योलन कुनै पनि वल प्रयोगले समाप्त हुदैन । सोनलका अनुसार विरगंज घटनाले आनद्योलन थप उग्र लिने निश्चित देखिएको छ ।


No comments:

Post a Comment