Sunday, November 29, 2015

विराटनगरमा मधेशी मोर्चाको विशाल सभा । इटहरी घटना पछि तातिए पुर्वका मधेशी पेशाकर्मीहरु

विराटनगरमा आज ओर्लिएका मधेशी मानव सागर

मधेशी मोर्चाले मोरडको विराटनगरमा आज विशाल आमसभा गरेका छन । दुई दिन अगाडी सुनसरीको इटहरीमा मोर्चाको कार्यक्रम विथोलिए पछि त्यसको चौतर्फी आलोचनाहरु भइरहदा मोर्चाले आज पुर्व घोषीत कार्यक्रम अनुसार नै विरागनगरमा वृहत शक्ति प्रर्दशन गरेका छन । मोर्चाले इटहरी, विराटनगर सहित पुर्व देखि पश्चिम सम्मको ११ ओटा ठाउहरु शक्ति प्रर्दशनहरु गर्न निर्णय छठ लगतै गरेका थिए । छठ पछि आन्दोलनलाई राजमार्ग केन्द्रित गरेका मोर्चाले आन्दोलनलाई कडा समेत बनाएका छन । विराटनगरमा आज आयोजना गरिएको विशाल आम सभालाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना अध्यक्ष राजेन्द्र महतो र तमसपाका अध्यक्ष महेन्द्र यादव सहितका नेताहरुले सम्बोधन गरेका थिए । नेताहरु ले प्रमुख दलहरु सुनियोजित रुपमा सम्प्रदायीकता फैलाउन लागेको भन्दै इटहरी घटनाको भत्सर्ना गरेका थिए ।

सभामा सहभागी मोर्चाका नेताहरु

गएको १ सय दिन भन्दा वढी देखि आन्दोलनमा रहेको मधेश यस पाली संवैद्यानिक रुपमै मधेश सरकारको ग्यारेन्टी विना नटुग्निे वताउदै नेताहरुले सतापक्षहरु सामु नझुक्ने बताए ।  नेताहरुले झापा, मोरड र सुनसरी तराई मधेशको भुभाग भएको भन्दै संघियतामा यी तीन जिल्लालाई कुनै पनि हालतमा नछोडने दावी गरे । सदभावना अध्यक्ष महतोले भने, यो मधेशको भुमि हो, याहा पहाडी समुदायका मानिसहरु छन, तर उहाहरु पहाडवाट आएर याहा बस्नु भएको छ, हामीले उहाहरुले पनि उचित सम्मान गर्छौ तर यो मधेश नै होईन भन्ने हो भने त्यो मान्य हुन सक्दैन । विराटनगरमा उर्लिएको विशाल मधेशी मानवसागरलाई इगित गर्दै नेताहरुले पुर्वमा मधेशीहरुले केहि गर्न सक्दैन भनेर भ्रम नपाल्न प्रमुख दलहरुलाई चुनौती दिए । उनीहरुले भने, हामी सम्प्रदायीकता फैलाउदैन तर मधेश प्रदेश यसलाई बनाई छाडछौ ।
 
इटहरी घटना पछि तातिए पेशाकर्मीहरु
 
दुई दिन अगाडी सुनसरीको इटहरीमा मधेशी मोर्चाको कार्यक्रम विथोले पछि विराटनगरमा रहेका मधेशी पेशाकर्मीहरु तातिएका छन । शुक्रवार इटहरीमा भएको घटनामा पश्चात हिजो शनिवार विराटनगरमा रहेका हजारौको संख्यामा मधेशी पेशाकर्मीहरुले जारी मधेश आन्दोलनको पक्षमा जुलुस निकालेका थिए । आजको आमसभामा समेत सहभागी भएका मधेशी पेशाकर्मीहरु भोली फेरी विराटनगरमा प्रर्दशन गर्दै छन । जारी आन्दोलनमा सुरु देखि नै समर्थन जनाउदै आएका मधेशका विभिन्न पेशाकर्मीहरु पनि लामो समय देखि जारी आन्दोलनमा सहभागी हुदै आएका छन । इटहरी घटनाको मधेशमा चौतर्फी आलोचना भईरहेको छ । मधेशका पेशाकर्मीहरुले प्रमुख दलहरु जारी आन्दोलनमा सम्प्रदायीकता फैलाएर मुद्धालाई ओझेलमा पार्न खोजेको भन्दै मधेशमै पनि थप सचेतताको खाचोहरु औल्याएका छन ।

No comments:

Post a Comment