Monday, November 23, 2015

जारी मधेश आन्दोलनको १०० दिन

काठमाडौमा मोर्चाका शिर्ष नेताहरु जारी आनद्योलनमा सहिद भएकाहरु प्रति सामुहिक मौन धारण गर्दे


नयां संविद्यानमा सिमाकंन सहित मधेशको अधिकारका लागी सुरु भएको आन्दोलनको सोमवार १ सय दिन पुरा भएको छ । गएको साउन ३१ गते देखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आब्हान गरेको मधेश बन्द सहितको विरोध कार्यक्रमहरु आज सम्म मधेशै भरी चलीरहदा पनि सरकारी पक्षले त्यसलाई सम्बोधन गर्ने छाटकाट देखाएका छैन । आन्दोलनरत मधेशी मोर्चाले संविद्यान जारी हुनु एक महिना पुर्व देखि नै आफना मागहरुलाई नयां संविद्यानमा सुनिश्चिता गर्नु पर्ने भन्दै आन्दोलन थालेका थिए । तर प्रमुख दलहरुले त्यसलाइ वेवास्ता गर्दै ३ असोजमा नयां सविद्यान जारी गर्न पुगे । नयां संविद्यान जारी भए पछि मधेशमा थप आक्रोश पैदा भएको देखिन्छ ।


जनकपुर - जानकी मन्दिरमा जारी आन्दोलनको १ सय दिन पुगेको अवरसरमा प्रर्दहनकारीहरु व्यानर लिएर

सरकारी पक्ष वाट जारी आन्दोलनमा भएको वल प्रयोग वाट अहिले सम्म कम्तीमा पनि ५० जनाको मृत्यू भईसकेको आन्दोलनरत मोर्चाको दावी छ । मधेशका जिल्लाहरुमा हजारौको संख्यामा मानिसहरु धाईते भएका छन । आन्दोलनकारहिरुको आक्रमणमा परेर अहिले सम्म १० जना प्रहरी अधिकारीहरुको समेत मृत्यू भईसकेको छ ।


विरगंजमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सहितका मधेशी नेताहरु सामुहिक मौन धारण गर्दे
जारी आन्द्योलनको पक्षमा अन्तराष्टिय पक्षहरु वाट आवाज उठा थाले पछि सरकारी पक्ष वार्ताको लागी आब्हान गरे पनि अहिले सम्म सरकार र आन्द्योलनरत पक्षहरु विच सार्थक वार्ताहरुको प्रयास भएको पाइदैनन । वार्ता मार्फत सरकारी पक्ष आन्दोलनलाई सम्बोधन गर्न गरीरहेको ढिलाईका कारण स्थिती अत्यन्तै असहजता तर्फ उन्मुख हुन थालेका छन ।

No comments:

Post a Comment