Sunday, November 22, 2015

राजमार्ग आन्दोलनको नेतृत्व गर्न मधेशी शिर्ष नेताहरु मधेश जादै । सप्तरीमा २४ घण्टा देखि तनाव जारी

राजमार्ग क्षेत्रमा हजारौको संख्यामा मधे्शी आन्दोलनकारीहरु अहिले पनि ठाउ ठाउमा प्रर्दशन गरीरहेका छन ।


छठ पछि तीन महिना लामो समय देखि जारी मधेश आन्दा्ेलनलाई राजमार्ग केन्द्रित गर्न पुगेका मधेशी मोर्चाका शिर्ष नेताहरु पुर्व देखि पश्चिम सम्मको राजमार्ग खण्डमा आन्दोलनको अगुवाई गर्न मधेश झर्दै छन । शनिवार राती सप्तरीको भारदह र रोपनी खण्डमा प्रहरी संग दाहोरो झडमा भिडन्त भए पछि मोर्चाले त्यस प्रति कडा आक्रोश पोखेका छन । मोर्चाका शिर्ष नेताहरुले आईतवार एक विज्ञप्ति निकाल्दै सप्तरीमा कम्तीमा चार जनाको मृत्यू भएको दावी गरेका छन । सप्तरीमो शनिवार अवेर राती देखि सुरु भएको दाहोरो भिडन्त आईतवार अवेर साझ सम्म जारी रहेको स्थानिय संचारकर्मीहरुले बताएका छन । शनिवार देखि नै मोर्चाले पुर्व पश्चिम राजमार्ग ठप्प पार्ने रणनिती अघि सारेका थिए ।

राजमार्ग केन्द्रित आन्द्योलनलाई थप प्रभावकारी बनाउन मोर्चाका शिर्ष नेताहरुको उपस्थितीमा आउदो ११ गते सुनसरीको इटहरी, १२ गते इनरवा, १३ गते विराटनगर, १६ गते धनुषाको ढल्केवर, १७ गते सर्लाहीको लालबन्दी, १८ गते वाराको निजगढ, १९ गते हेटौडा, २० गते नवलपरासी, २१ गते वुटवल, २२ गते दांग र २४ गते अतरीयाको राजमार्ग केन्द्रित आन्द्योलनमा सहभागी हुदै विशेष प्रर्दशनसभा गर्दै छन ।


पछिल्लो समयमा सरकारी पक्ष वार्ता प्रति खासै चासो नदिए पछि मोर्चाले छठ पछि आन्द्योलन चर्काएको जनाएका छन । गएको दुई महिना यता मोर्चाले नेपाल भारत नाकाहरुमा समेत धर्ना दिदै नाकाहरु अवरुद्ध पारेका छन । नाकामा जारी मोर्चाको प्रर्दशनलाई सरकारी पक्षले त्यसलाई भारत संग जोडेर आन्दोलनलाई अवमुल्यन गर्न खाजेको भन्दै मोर्चाले आन्द्योलनलाई राजमार्गमा समेत कडा बनाउन पुगेका हुन ।


सप्तरीमा प्रहरीले वल प्रयोग गरे पछि प्रर्दशनकारीहरुले प्रहरी विट जलाएका छन ।
राजमार्गमा आन्द्योलन केन्द्रित भएकै दिन हिजो शनिवार राती सप्तरीको भारदह र रोपनी खण्डमा प्रहरीले वल प्रयोग गरे पछि सप्तरीको अवस्था अत्यन्तै तनावपुर्ण बन्न पुगेको छ । स्थानिय संचारकर्मीहरुका अनुसार प्रहरीले स्थानिय आनद्योलनकारीहरु माथी अपशब्द प्रयोग गर्दै  वल प्रयोग गरेका छन । आक्रोशित आन्दोलनकारीहरुले प्रहरी विट सहित प्रहरीका भ्यानमा आगो लगाएका छन भने प्रहरी प्रशासन विरुद्ध प्रर्दशनमा उत्रिएका छन । प्रहरीको गोली वाट अहिले सम्म ४ जनाको मृत्यू भईसकेको मोर्चाको दावी छ भने कम्तीमा पनि दुई दर्जन धाईते भएका छन । ४ जना धाईतेहरुको अवस्था गम्भिर रहेको मोर्चाको विज्ञप्तिमा उल्लेख गरिएको छ । सप्तरीमा ४ जनाको मृत्यू भए पछि मोर्चाका शिर्ष नेताहरु सप्तरी पुग्ने सुरसारमा छन ।

No comments:

Post a Comment