Monday, November 30, 2015

बालुवाटार वैठक साकारात्मक । बुधवार सहमतीय प्याकेज बन्ने सम्भावना अत्यद्यिक

प्रधानमन्त्री निवास वालुवाटारमा आज प्रधानमन्त्री ओली सहित प्रमुख दलहरु र मधेशी मोर्चाका नेताहरु छलफल गर्दै ।


पहिलो पटक प्रधानमन्त्री केपी ओली सहित प्रमुख दलहरु र आन्दोलनरत मधेशी मोर्चा विच सोमवार वालुवाटारमा भएको बैठकले गएको १०७ दिन देखि जारी आन्दोलनलाई सम्बोधन गर्ने ठोस निष्कर्ष आन्तरिक रुपमा निकालेका छन । आज बैठक पश्चात प्रमुख दलहरु र मोर्चा पर्सी बुधवार ठोस वार्ता हुने भन्दै निस्कीएका थिए । आजको बैठकलाई सवैले अहिले सम्मकै सौभाद्रपुर्ण भएको बताए पनि राजनितीक एजेन्डामा खासै छलफल नै नभएको र अनौपचारिक कुराकानी गरेर पर्सी वुधवार अर्को बैठक निर्णयक ढंगले गर्ने बताएका थिए । तर सरकार, प्रमुख दलहरु र मधेशी मोर्चाको साइड टकमा सहभागी उच्च स्रोतले दलानलाई बताए अनुसार प्रमुख तीन दल र मधेशी मोर्चा सहमतीको अन्तिम विन्दूमा पुगीसकेको छ । पछिल्लो हप्ता देखि धनिभुत अनौपचारिक सम्वादमा रहेको प्रधानमन्त्री, मोर्चाको तर्फ वाट तमलोपा अध्यक्ष महन्थ ठाकुुर, तमलोपा नेता हृदेश त्रिपाठी र सदभावना सहअध्यक्ष लक्ष्मण लाल कर्ण विच सहित काग्रेस सभापति सुशिल कोईराला विच एकखाले विशेष आन्तरिक समझदारीमा पुगेकै कारण आजको बैठक डाकिएको थियो । गएको ३ असोजमा जारी भएको नयां संविद्यानको कयौन कुराहरु सहित मुख्यगरी संघियता प्रति असुन्तुष्टि जनाउदै मधेशी मोर्चा आन्दोलनमा होमिएका थिए । मोर्चा जारी भएको नयां संविद्यानको सम्पुर्ण प्रक्रियालाई वहिष्कार गरेका थिए ।

जारी आन्द्योलनको क्रममा सवै भन्दा वढी पेचिलो देखिएको संघियताको मुख्य मुद्धामा दलहरु हेरफेर गर्ने तयार भए पछि मोर्चा र प्रमुख दलहरु विच सहमती बन्न लागेका हुन । उच्च स्रोतका अनुसार प्रमुख दलहरु विच संघियताको सन्दर्भमा पर्सा देखि सप्तरी सम्मको् २ नम्बर प्रदेश पुर्वमा तन्काउने तथा नवलपारसी देखि वर्दीया सम्मको प्रदेशमा कैलालीको थारु भाग जोडने आन्तरिक सहमती भएको छ । पुर्वमा मधेशी मोर्चाले भन्दै आएको अनुसार सुनसरी र मोरड सम्मको मधेशी भाग जोडन तर्फ प्रमुख दलहरु अन्तोगत्वा साकारात्मक संकेतहरु दिएका छन भने पश्चिममा नवलपरासी देखि वर्दीया सम्मको प्रदेशमा कैलालीको थारु भाग जोडने तर हाल त्यस प्रदेशमा जोडिएको पहाडी भुभाग यथावत रहने छन । यसले पश्चिममा थारुको भावनालाई धेरै हद सम्म सम्बोधन गर्ने र पुर्वमा मोर्चाको अडानमा सुनसरी र मोरड भुभाग जोडन दलहरु तयार भएको बुझिएको छ ।

Sunday, November 29, 2015

विराटनगरमा मधेशी मोर्चाको विशाल सभा । इटहरी घटना पछि तातिए पुर्वका मधेशी पेशाकर्मीहरु

विराटनगरमा आज ओर्लिएका मधेशी मानव सागर

मधेशी मोर्चाले मोरडको विराटनगरमा आज विशाल आमसभा गरेका छन । दुई दिन अगाडी सुनसरीको इटहरीमा मोर्चाको कार्यक्रम विथोलिए पछि त्यसको चौतर्फी आलोचनाहरु भइरहदा मोर्चाले आज पुर्व घोषीत कार्यक्रम अनुसार नै विरागनगरमा वृहत शक्ति प्रर्दशन गरेका छन । मोर्चाले इटहरी, विराटनगर सहित पुर्व देखि पश्चिम सम्मको ११ ओटा ठाउहरु शक्ति प्रर्दशनहरु गर्न निर्णय छठ लगतै गरेका थिए । छठ पछि आन्दोलनलाई राजमार्ग केन्द्रित गरेका मोर्चाले आन्दोलनलाई कडा समेत बनाएका छन । विराटनगरमा आज आयोजना गरिएको विशाल आम सभालाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना अध्यक्ष राजेन्द्र महतो र तमसपाका अध्यक्ष महेन्द्र यादव सहितका नेताहरुले सम्बोधन गरेका थिए । नेताहरु ले प्रमुख दलहरु सुनियोजित रुपमा सम्प्रदायीकता फैलाउन लागेको भन्दै इटहरी घटनाको भत्सर्ना गरेका थिए ।

Saturday, November 28, 2015

मधेशलाई सम्बोधन गर भन्दै काठमाडौमा प्रर्दशन । जनकपुर र विरगंजमा विद्याँर्थीहरुको प्रार्थना सभा

मधेशलाई सम्बोधन गर भन्दै काठमाडौमा प्रर्दशन  गर्दै युवाहरु ।


गएको १ सय दिन भन्दा वढी देखि आन्दोलनरत मधेशीहरुको मागलाई राजनितीक रुपमा सम्बोधन गर्न माग गर्दै काठमाडौका युवाहरु शनिवार प्रर्दशन गरेका छन । नागरिक मार्च पास नाम दिइएको प्रर्दशन कार्यक्रम अन्र्तगत युवाहरुले काठमाडौको माइतीघरवाट नया वानेश्वर सम्म जुलुस निकाल्दै सरकार प्रति विभिन्न कटाक्ष समेत गरेका थिए । मार्चा पासमा नागरिक अगुवाहरु सहित पुर्व प्रधानमन्त्री बाबुराम भटराइ समेत सहभागी भएका थिए । युवा अधिकारकर्मीहरुको अगुवाइमा आयोजना गरिएको मार्चा पास कार्यक्रम नया वानेश्वरमा पुगेर कोणसभामा परिणत भएका भिए । कोणसभा लाई सम्बोधन गर्दै युवाहरुले लामो समय देखि मधेशमा जारी आनद्योलनलाई राजनितीक रुपमा सम्बोधन गर्न माग गर्दे देशमा देखि थालिएको संकटलाई सामाधान गर्न माग गरेका थिए ।

जनकपुर र विरगंजमा विद्याँर्थीहरुको प्रार्थना सभा 

Friday, November 27, 2015

के गर्न खोज्दै छन माधव नेपाल ? यसरी भयो इटहरी वितण्डा ।

सुनसरीको इटहरीमा मधेशी मोर्चाको कार्यक्रमका लागी बनाइएको मन्च जलाउदै

सुनसरीको इटहरीमा आज मधेशी मोर्चाको पुर्व निर्धारित विरोधसभाको कार्यक्रम विथोलिएको मात्रै छैन । त्यहा मोर्चाका शिर्ष नेताहरु सम्भावित स्थितीलाई मध्यनजर गर्दै पुग्नै सकेन ।  मोर्चाले विरोधसभाका लागी बनाएको कार्यक्रम मन्चमा शुक्रवार दिनभरीमा तीन पटक तोडफोड तथा आगजनी गरिएको छ भने दिउसो मोर्चाका केहि मधेशी पार्टी आबद्ध स्थानिय नेताहरुलाई कुटपिट समेत गरिएको छ । तमलोपाका स्थानिय नेता विनोद पाल, सदभावनाका वासुदेव साह लगायत दर्जनौ स्थानिय मधेशी नेताहरु गम्भिर धाईते भएको मधेशी पार्टीहरुले जनाएका छन ।
 
के गर्न खोज्दै छन एमाले नेता माधव नेपाल ? 

Thursday, November 26, 2015

यसरी खोजीदै छन मधेश आन्दोलनको व्यवस्थापन सुत्र ।

विजय जोली काठमाडौमा सक्रिय 

आन्दोलनको लामो समय भईसक्दा पनि सरकार गम्भिर नभएको भन्दै चौतर्फी दबाब पर्दै आएका छन ।
गएको १०० दिन भन्दा वढी देखि आन्दोलनमा रहेको मधेशी मोर्चा र सरकार विच सार्थक वार्ता गराएर जारी आन्दोलनको व्यवस्थापनका लागी यो हप्ताको सुरु देखि नै उच्च तह धनिभुत छलफलहरु भईरहेको उच्च स्रोतहरुको दावी छ । हाल सम्म कुनै ठास निष्कर्षमा नपुगे पनि उच्च तहमा भईरहेको साइड टकहरु साकारात्मक रुपमा अघि वढेको नेताहरुको भनाई छ । उच्च तहमा भईरहेको यस्तो धनिभुत साईड टकहरुमा प्रधानमन्त्री केपी ओली देखि मोर्चाका केहि शिर्ष नेताहरु, एमाओवादी अध्यक्ष प्रचण्ड र काग्रेसका केहि नेताहरु सहित नेपालका लागी भारतीय राजदुत रन्जित रे सामेल छन । यस सन्दर्भमा जारी आन्दोलनकै व्यवस्थापनमा मध्यस्ताको भुमिका निर्वाह गर्न पछिल्ला केहि दिन यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फवाट भाजपा नेता विजय जोली पनि काठमाडौमा सक्रिय रहेको स्रोतको भनाई छ ।

कसरी हुदै छ साईड टक

Wednesday, November 25, 2015

मधेशी मोर्चा भन्छन - जे सुकै होस, पछि हटने सवालै आउदैनन ।

प्रचण्ड संग छलफल गर्दै मोर्चाका नेताहरु

जारी मधेश आन्दोलनको १ सय दिन नाघी सक्दा पनि आन्दोलनरत मधेशी मोर्चा र सरकारी पक्ष विचको वार्ताको कुनै साकारात्मक छाटकाट नदेखिए पछि चौतर्फी चिन्ताहरु र चासोहरु व्यक्त भईरहेका छन । हिजो मात्रै एमाओवादी अध्यक्ष प्रचण्ड संग मोर्चाको शिर्ष तहमा तीन घण्टा लामो अनौपचारिक छलफल भएको थियो । उक्त छलफल पछि धेरैले चाडै नै सार्थक वार्ताको वातावरण बन्लान कि भनेर आश लिएका थिए । तर आज दिउसो मात्रै प्रधानमन्त्री ओलीले मोर्चाको बटम लाईन अनुसारको संघियतामा जान नसक्ने वताए पछि स्थितीमा सुधार नआएको आकंलन गरिएको छ । आज विहान मात्रै प्रचण्ड र प्रधानमन्त्री ओली विच हिजो मोर्चा संग भएको छलफलको सन्दर्भमा कुराकानी भएको थियो । तर मोर्चाका नेताहरु भन्छन, तत्कालै वार्ता हुन्छ जस्तो लाग्दैनन । फोरम नेपालका उपाध्यक्ष समेत रहेका वार्ता टोली सदस्य लालबाबु राउत भन्छन, प्रचण्डजी जता जानु हुन्छ त्यतैकै कुरा गर्नु हुन्छ, उहां संग त कम्तीमा २० औ पटक हामी छलफल गरी सक्यौ, त्यसले निकास निक्लान भनेमा हामीलाइ विश्वास छैन । राउतका अनुसार प्रमुख दलहरु खासगरी एमाले र काग्रेस दुवै संघियतलाई टुग्याउन चाहेका छैनन । उनी भन्छन, प्रचण्ड हामी संग कुरा गर्दा हुन्छ भनेर जान्छन तर एमाले र काग्रेस संग छलफल गरेपछि व्याक भएर आउनु हुन्छ, यसले कुरा प्रष्ट हुन्छ । यस्तो अवस्थामा अव मोर्चाले के रणनिती अख्तियार गर्लान त ?

Tuesday, November 24, 2015

वार्ता प्रक्रिया लम्बिदा वा नहुदा के हुन सक्छन ?

छलफलमा सरकारी वार्ता टोली र आन्दोलनरत मोर्चाका नेताहरु

गएको २ मंसीरमा सरकारी पक्षले निर्णयक भने वार्ता समान्य औपचारिकतामै सिमित हुन पुगे पश्चात आन्दोलनरत मधेशी मोर्चा र सरकारी पक्ष विचको वार्ता अनिश्चत देखिन थालेका छन । २ मंसीरको वार्ता पुर्व नै आन्दोलनरत मोर्चाले छठ पछि आन्द्योलनलाई थप सशक्क्त बनाउने घोषणा गरीरसकेका थिए । त्यही अनुरुप ३ मंसीरमा मोर्चाको बैठकले नाका संगै राजमार्ग केन्द्रित आन्दोलन लाई ५ मंसीर देखि कडा पार्ने निर्णय गरे । र भयो पनि त्यही, ५ मंसीर देखि नै राजमार्गमा कडा प्रतिरोधमा उत्रेका आन्द्योलनकारीहरु र प्रहरी विच सप्तरीमा दाहोरो भिडन्तको अवस्था सिर्जना भयो । प्रहरीले गरेको अत्यद्यिक वल प्रयोगका कारण ४ जनाको मृत्यु भएको मोर्चाको दावी छ । दर्जनौ धाईते छन । सप्तरीमा गएको शनिवार भएको उक्त घटना पश्चात पुर्वको विराटनगर देखि जनकपुर सम्मको राजमार्ग देखि सदरमुकाहरु फेरी उग्र आन्दोलनमा होमिएका छन ।

आन्द्योलन फेरी एक पटक नराम्ररी चर्किए पनि सरकारी पक्ष वार्ताका लागी कुुनै ठोस पहलकदमी चाडै लेला भन्ने संकेतहरु देखा परीरहेको छैन । सोमवार ओली सरकारका वार्ता टोली सदस्य अग्नि खरेलले सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई सम्पर्क गरेर मोर्चाले अघि सारेको ११ वुदे मागहरु मगाउनुले सरकारी पक्ष अहिले सम्म कति उदासिन छन भन्ने देखाउछन । वार्ता टेवलमै मोर्चा प्रस्तत गरीसकेको ११ बुदे वारे सरकारीका एक जना प्रभावशाली मन्त्रीले सरकारलाई उक्त ११ बुदे वारेमा अहिले सम्म कुनै जानकारी नै नभएको भन्दै उक्त डकुमेन्ट मगाउनुले सरकारी नियतलाई राम्ररी देखाउछन । अर्को तर्फ त्यही दिन भएको प्रमुख दिनको बैठकले आन्द्योलनरत मोर्चा संग छुटा छुटै छलफल गर्ने निर्णय गर्छन, यसले वार्ता प्रति उदासिनताको उचाईलाई अर्को तर्फ संकेत गर्छन ।

वार्ता नभए के हुन्छ ?

Monday, November 23, 2015

जारी मधेश आन्दोलनको १०० दिन

काठमाडौमा मोर्चाका शिर्ष नेताहरु जारी आनद्योलनमा सहिद भएकाहरु प्रति सामुहिक मौन धारण गर्दे


नयां संविद्यानमा सिमाकंन सहित मधेशको अधिकारका लागी सुरु भएको आन्दोलनको सोमवार १ सय दिन पुरा भएको छ । गएको साउन ३१ गते देखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आब्हान गरेको मधेश बन्द सहितको विरोध कार्यक्रमहरु आज सम्म मधेशै भरी चलीरहदा पनि सरकारी पक्षले त्यसलाई सम्बोधन गर्ने छाटकाट देखाएका छैन । आन्दोलनरत मधेशी मोर्चाले संविद्यान जारी हुनु एक महिना पुर्व देखि नै आफना मागहरुलाई नयां संविद्यानमा सुनिश्चिता गर्नु पर्ने भन्दै आन्दोलन थालेका थिए । तर प्रमुख दलहरुले त्यसलाइ वेवास्ता गर्दै ३ असोजमा नयां सविद्यान जारी गर्न पुगे । नयां संविद्यान जारी भए पछि मधेशमा थप आक्रोश पैदा भएको देखिन्छ ।

Sunday, November 22, 2015

राजमार्ग आन्दोलनको नेतृत्व गर्न मधेशी शिर्ष नेताहरु मधेश जादै । सप्तरीमा २४ घण्टा देखि तनाव जारी

राजमार्ग क्षेत्रमा हजारौको संख्यामा मधे्शी आन्दोलनकारीहरु अहिले पनि ठाउ ठाउमा प्रर्दशन गरीरहेका छन ।


छठ पछि तीन महिना लामो समय देखि जारी मधेश आन्दा्ेलनलाई राजमार्ग केन्द्रित गर्न पुगेका मधेशी मोर्चाका शिर्ष नेताहरु पुर्व देखि पश्चिम सम्मको राजमार्ग खण्डमा आन्दोलनको अगुवाई गर्न मधेश झर्दै छन । शनिवार राती सप्तरीको भारदह र रोपनी खण्डमा प्रहरी संग दाहोरो झडमा भिडन्त भए पछि मोर्चाले त्यस प्रति कडा आक्रोश पोखेका छन । मोर्चाका शिर्ष नेताहरुले आईतवार एक विज्ञप्ति निकाल्दै सप्तरीमा कम्तीमा चार जनाको मृत्यू भएको दावी गरेका छन । सप्तरीमो शनिवार अवेर राती देखि सुरु भएको दाहोरो भिडन्त आईतवार अवेर साझ सम्म जारी रहेको स्थानिय संचारकर्मीहरुले बताएका छन । शनिवार देखि नै मोर्चाले पुर्व पश्चिम राजमार्ग ठप्प पार्ने रणनिती अघि सारेका थिए ।

राजमार्ग केन्द्रित आन्द्योलनलाई थप प्रभावकारी बनाउन मोर्चाका शिर्ष नेताहरुको उपस्थितीमा आउदो ११ गते सुनसरीको इटहरी, १२ गते इनरवा, १३ गते विराटनगर, १६ गते धनुषाको ढल्केवर, १७ गते सर्लाहीको लालबन्दी, १८ गते वाराको निजगढ, १९ गते हेटौडा, २० गते नवलपरासी, २१ गते वुटवल, २२ गते दांग र २४ गते अतरीयाको राजमार्ग केन्द्रित आन्द्योलनमा सहभागी हुदै विशेष प्रर्दशनसभा गर्दै छन ।

Thursday, November 19, 2015

मधेशी मोर्चाको निष्कर्ष - आन्दोलन थप लम्बिने भयो, नाका संगै राजमार्ग कसौ ।




गएको ९७ दिन देखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार वार्ता मार्फत मधेशलाई सम्बोधन नगर्न तयार नरहेको निष्कर्ष निकाल्दै आन्दोलन थप लम्बिने आन्तिरक निष्कर्ष निकालेका छन । विहिवार काठमाडौमा मोर्चाको बसेको बैठकले गएको तीन महिना देखि जारी आन्दोलन तथा सरकारी पक्ष संग भएको अनौपचारिक तथा औपचारिक कुराकानीको वारेमा समिकक्षा गरेका थिए । बैठकमा मोर्चाले आन्दोलन लम्बिने निष्कर्ष निकाले पश्चात नै विद्यालय तथा क्याम्पसहरु विहान चलाउन दिने तथा औद्यषीका गाडीहरु विराटनगर नाकावाट भित्रिन दिने निर्णय गरेका थिए । विहिवारको मोर्चाको बैठकले सरकारी पक्ष वार्ता प्रति खासै गम्भिर नदेखिएको तथा जारी आन्दोलनलाई भारत संग जोडेर समाप्त पार्ने षडयन्त्रमा लागेको भन्दै नाका अवरुद्ध संगै राजमार्ग पनि कडा रुप अवरुद्ध पार्ने आन्तरिक तयारी गरेका छन । मोर्चाले निकालेको विज्ञप्तिमा भोली देखि अर्थात ५ मंसीर देखि राजमार्ग केन्द्रित आन्द्योलनहरु संचालन गर्ने उल्लेख गरिएको छ ।

आज देखि मधेशमा फेरी प्रर्दशनहरु सुरु । बजारहरु फेरी ठप्प

विरगंजमा आज विहानै आन्दोलनरत मधेशी मोर्चाले प्रर्दशन गर्दै

छठ पछि आन्दोलनमा फेरी होमिएको मधेशी आन्दोलनकारीहरुले विहिवार विहानै देखि मधेशका सहर बजारहरुमा प्रर्दशन गरीरहेका छन भने दिपावली देखि छठ सम्म खुलेको बजारहरु पुर्ण रुपमा बन्द गराएका छन ।  गएको ९७ दिन देखि आन्दोलनमय रहेको मधेशमा पछिल्लो केहि हप्ता यता चाडवाडका कारण बन्द, हडतालको प्रभाव कम देखिएका थिए । आनद्योलनकारीहरु  पुर्व नै घोषणा गरे अनुरुप छठ पछि आज देखि फेरी बजारहरु बन्द भएका छन भने आन्दोलनकारीहरुको तर्फ वाट ठाउ ठाउमा विभिन्न खालका जुलुसहरु फेरी निस्कन थालिएको छ ।

Wednesday, November 18, 2015

छठमा पनि घर आउन सकेनन प्रमुख दलका सभासदहरु । भोली देखि आन्द्योलन फेरि चर्कने

जनकपुरको भानु चौक स्थित काग्रेस नेता तथा सभासद आनन्द प्रसाद दुंगानाको घरमा मधेश अधिकार संघर्ष समिती, मासका  युवाहरु कालो झण्डा गाडेर प्रर्दशन गर्दै


मधेशमा गएको ९६ दिन देखि आन्दोलनरत रहेको मधेशी पार्टीहरुको अवरोधका कारण तराइ मधेशको महापर्व छठमा समेत प्रमुख पार्टीहरुका सभासदहरु आफनो गृहनगरहरुमा आउन सकेका छैन भने अर्को तर्फ आन्दोलनरत मोर्चाले भोली देखि आन्दोलन थप चर्काउने जनाएका छन । दिवावली तथा छठका लागी आन्दोलनलाई खुकुलो बनाएका मोर्चाले भोली देखि फेरी बजारहरु बन्द गराउनुको साथै नाका र राजमार्ग के्न्द्रित आन्दोलन सश्क्क्त बनाउने जनाएका छन । मधेशका जिल्लाहरुमा स्थानिय स्तरमा आन्दा्लनकारीहरुले दिपावली तथा छठका लागी बजारहरु खुल्लाहरु गर्न छुट दिएका थिए भने सवारी साधनको आवतजवातमा समेत केहि नजरअन्दाज गर्दै आएका थिए । वुधवार विहान छठ पर्व सकिए पछि मधेशका जिल्लाहरुमा स्थानिय मोर्चाले धमाधम विज्ञप्ति निकाल्दै भोली देखि आन्द्योलनमा जुटन सवै पक्षहरमा अपिल गर्न थालीसकेका छन । गएको तीन महिना भन्दा वढी देख मधेशमा जारी आन्द्योलनलाई सतापक्षले उचित सम्बोधन नगरेको भन्दै स्थानिय स्तरमा विस्तारै आक्रोश पनि वढदै गईरहेको देखिन्छ । स्थानिय आन्दोलनकारीहरुका अनुसार भोली देखि फेरी चर्कन आन्दोलन एक दुई दिन भित्रै राजमार्ग क्षेत्रहरु मा समेत सशक्क्त रुपमा प्रस्तुत हुन थालिने छन ।

प्रमुख दलका सभासदहरु घर आउन सकेनन

Monday, November 9, 2015

मधेश राजनितीमा हस्तक्षेपको भुमिका खोज्दै युवा जमात

जनकपुर युवाहरु आईतवार मधेश आन्द्योलनको गितमा नृत्य गर्दै


जनकपुर -  
जाग जाग जाग रे
निन्द आव त्याग रे

 
आइतवार सांझ जनकपुरको जनक चौकमा युवाहरुको जमातले यो गित धन्काईरहदा वरपरको माहौल नै अर्कौ देखिन्थयो । जनकपुर क्षेत्रको प्राय जसो सार्वजनिक स्थलहरु अचेल लाउडस्पिकरहरु बजीरहेको देखिन्छन, ती सवैमा यी यस्तै मधेश आन्द्योलनको वारेमा रचिएका विभिन्न गितहरु गुन्जिरहेका हुन्छन । गएको ८५ दिन भन्दा लामो समय देखि जारी मधेश आन्दोलनको मुख्य उर्जाको रुपमा देखिएको मधेशका युवा जमातहरु भन्छन, हामी मधेश राजनितीमा सशक्क्त तथा साकारात्मक हस्तक्षेप गर्न चाहन्छौ । जनकपुरको आन्द्योलनको उठानमा महत्वपुर्ण भुमिका खेलेका मधेश अधिकार संघर्ष समिती मासका एक जना अगुवा युवा रियाज साफि भन्छन, आन्द्योलनमा हरेक क्षेत्रका मधेशी युवाहरुको देखिएको सक्रियताले भविष्यको आकंलन गर्न अव गाहे चाही छैन । धनुषा मुस्लिम युवा समाजका अध्यक्ष समेत रहेका साफि भन्छन, आन्द्योलनको क्रममा मधेशी युवाहरुमा देखिएको जागरण अव मधेश राजनितीको मुख्य उर्जा हुने छ ।

Sunday, November 8, 2015

सरकार र मधेशी मोर्चा विचको वार्ता अन्योलमा



गएको ८६ दिन देखि आन्दोलनमा रहेको मधेशी मोर्चा र सरकारी पक्ष विचको वार्ता प्रक्रिया पछिल्लो हप्ता देखि अघोषीत रुपमा अवरुद्ध हुन पुगेको छ । गएको १५ गते सरकारी वार्ता टोली र मोर्चाको वार्ता टोली विच काठमाडौमा वार्ता भएको थियो । उक्त वार्तालाई दुवै पक्षले अत्यन्तै साकारात्मक भएको टिप्पणी गरेका थिए । तर त्यसको भोली पल्ट विहान १६ कार्तिकमा विरगंज स्थित नाकामा प्रहरीले हस्तक्षेप गर्न पुग्यो । विरगंज घटना पछि काठमाडौमा मोर्चाको वार्ता टोलीले पत्रकार सम्मेलन गरेर नै वार्ता प्रहरी हस्तक्षेपको विरोध गर्दे वार्ता भंग गर्ने चेतावनी दिएका थिए । यद्यपी वार्ता वाट आफुहरु तत्कालै नभागेको उनीहरुको कथन थियो । तर त्यस यता सरकारी पक्ष र आन्दोलनरत पक्ष विच कुनै संवाद नभएको वार्ता टोली सदस्यहरुको दावी छ ।

Saturday, November 7, 2015

डा भटराइृले जनकपुरमा भने - मधेशको माग मलाई थाहा छ । मधेशको माग के हो भन्न पाईदैन ।

आज विहान प्रधानमन्त्री ओलीलाई मधेशको माग सम्बोधन गर्ने वारेमा ज्ञापन पत्र बुझाउदै भटराई ।


नयां शक्ति निर्माणको अभियानमा जुटेका पुर्व प्रधानमन्त्री डा बाबुराम भटराईले शनिवार जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भनेका छन, आन्द्योलनरत मधेशीहरुको माग मलाई थाहा छ । मधेशीहरुको माग नै छैन वा जारी मधेश आन्द्योलनको माग के हो भन्न नपाईने उनले बताए ।  गएको तीन महिना देखि मधेशमा भईरहेको आन्दोलन प्रति आफनो पुर्ण समर्थन रहेको भन्दै भटराइले  प्रमुख दलका शिर्ष नेताहरुको तहमा चाडो भन्दा चाडो वार्ता गरेर मधेशको मुद्धालाई सम्बोधन गर्न समेत भने ।

शनिवार विहान मात्रै काठमाडौ ४५ जना नागरिक अगुवाहरुको हस्ताक्षर प्रधानमन्त्री केपी ओलीलाइृ वुझाएर जनकपुर आएका डा भटराईले भने, प्रधानमन्त्री ओलीलाई आज विहान पनि ज्ञापन पत्र दिन जादा उहाले मधेशीहरु कुन मागका लागी आनद्योलन गरीरहेको भन्ने कुरा आफुलाई थाहा नभएको बताएका थिए । उनले त्यस प्रति प्रश्न गर्दै भने, यो सरासर वइमानी हो, आफनो देशको आधा आवादी गएको तीन महिना देखि आन्द्योलन गरीरहदा त्याहाका  प्रधानमन्त्रीले आन्दोलन किन भईरहेको छ भनेर प्रश्न गरेर पन्छिन पाउदैन । भटराईले  जारी मधेश आन्दोलनको माग कुनै नया नभएको भन्दै विगतमा भएको सहमतीहरुवाट दलहरु पछि हटन नमिल्ने तर्क गरे ।

Friday, November 6, 2015

आन्दोलन संगै अराजकता वढदै - सचेतताको खाचो


जनकपुर - 
 
अघिल्लो हप्ता जनकपुरको शिवचौकमा राती रोशन कुमार ठाकुरको टयाक्टर ठक्करले मृत्यू हुन गयो । मृतकका परिवारले टयाक्टर चालकले छोरालाइ ठक्कर दिएर छोराको मारेको भन्दै प्रहरीलाइ गुहार गरे । प्रहरीले घटनाको अनुसन्धान गर्दै जादा मृतक रोशन ठाकुर राती १२ बजेको समयमा शिव चौकमा इटा बोकेर गईरहेको टयाक्टर संगै आफु आन्द्योलनकारी हु भनेर पैसा असुल गर्ने धम्की दिएका थिए । टयाक्टर चालक संग भनाभन पछि उनी चालकलाई कुटने उदेश्यका साथ टयाक्र माथी हाम फालेको देखिन्छ, त्यतीकै चालकले टयाक्रलाइ अगाडी वढाए पछि उनको मृत्यू हुन गयो ।

यसैगरी अघिल्लो हप्ता नै धनुषाको वेला विर्ता गाउमा ललीत दास आफनो मोटरसाइलमा सिमापारीवाट तेल भराएर आइरहेको समयमा गाउमै जमुना दासले आफु आन्द्योलनकारी हु भनेर उनको वाइक वाट तेल झिके । यो घटनाले विवाद सिर्जना उक्त गाउमा दुई पक्ष विच खुकुरी हानाहान सम्म हुन गयो । एक जनाको हाथमा नराम्ररी धाउ लाग्न गएको छ । घटनालाई गाउ मै पन्चायत गरेर सुल्झाउने प्रयास भए पनि घटना साम्य हुन सकेको छैन । घटनामा धाइते भएका एक जना प्रहरी काहा धाईरहेको छ ।

माथीको यो दुई ओटा घटना प्रतिनिधिमुलुक घटना मात्रै हो । गएको ८३ दिन देखि आन्द्योलनयमय रहेको मधेशमा आनद्योलनकै आडमा अराजकता पनि त्यतीकै मौलाउन लागेको देखिन्छ । आन्दोलनको क्रममा प्रहरी माथी आम समाजीक स्तरमा फैलिएको वितृष्णाको फाइदा उठाउदै गतल काम गर्ने तत्वहरु पनि त्यतीकै सल्वलाइरहेको देखिनमा त्यतीकै आउछ । सरोकारवलाहरु यस प्रति सम्बन्धित पक्षहरु समयमै सचेत नभए समाज अराजकताको चपेठामा फसेर विभिन्न उपद्रोवाट परेशान नहोला भन्न सकिन्न ।

Thursday, November 5, 2015

अन्तराष्टिय फौजदारी अदालतमा मुद्धा दायर गर्ने मधेशी मोर्चाको तयारी

जेनेभा पुगेका सदभावना नेता देवेन्द्र यादव त्याहा विरोध प्रर्दशन गर्दै

जारी मधेश आन्दोलनमा सरकारी सुरक्षा अधिकारीहरु द्धारा व्यापक वल प्रयोग भएको प्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा अन्तराष्टिय फौजदारी अदालतमा मुद्धा दायर गर्ने तयारीम जुटेका छन । सुरक्षाकर्मीहरुको वल प्रयोगमा जारी आन्द्योलनमा अहिले सम्म ४५ जनाको मृत्यू भईसकेको छ भने दुई हजारको हराहारीमा धाईतेहरु छन । अघिल्लो साता मात्रै मोर्चाको जनकपुरमा भएको बैठकमा यस वारेमा गम्भिर छलफल भएको तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लालले बताए । लालका अनुसार मोर्चाको बैठकमा यस वारेमा गम्भिर छलफल भए लगतै सदभावना पार्टीका नेता देवेन्द्र यादव जेनेभामा हाल भईरहेको अन्तराष्टिय मानवअधिकार सम्बन्धी सम्मेलनमा पठाइएको छ । यादवले त्याहा मधेशको् पक्षमा सांकेतिक विरोध गर्नुको साथै मधेशमा जारी आन्द्योलन वारेमा विभिन्न पक्षहरु संग कुरा गरीरहेका छन । सम्मेलनमा भाग लिन पुगेका अधिवक्ता दिपेन्द्र झाले मधेशमा भएको व्यापक मानव अधिकारको उल्लघंन वारेमा रिर्पोट नै पेश गरेका छन ।

Wednesday, November 4, 2015

विरगंज घटना पछि मधेशमा फेरी कडा बन्द-हडताल

पछिल्लो समयमा चहलपहल वढेको जनकपुर बजार सोमवार दिउसो देखि पुर्णरुपमा ठप्प छन ।

पछिल्लो केहि समय यता शान्तीपुर्ण तर  आनद्योलनमय रहेको मधेशका विभिन्न सहरहरु सोमवारको विरगंज घटना पश्चात उग्र देखिन थालेका छन । सोमवार विहानै प्रहरीले विरगंज रक्सौल नाकामा हस्तक्षेप गरेपछि त्यसको विरुद्धमा प्रतिक्रिया स्वरुप पर्सा, वारा सहित मधेशका सवै जिल्लाहरु फेरी ठुला ठुला प्रर्दशनहरु हुन थालेका छन । पर्सा र वारा सोमवार देखि नै तनावग्रस्त छन भने मधेशका अन्य सहरहरुमा पनि पहिला भन्दा कडा रुपमा वन्द तथा विरोधजुलुसहरु हुन थालेका छन ।

Tuesday, November 3, 2015

के गर्लान मधेशी मोर्चा ?




गएको ८० दिन देखि मधेशमा आन्दोलनमय छ । आन्दोलनको रापले मधेशका गाउ गाउ जलीरहेको देखिन्छन । तर सरकारी पक्ष यसलाई अझै ठोस रुपमा सम्बोधन गर्न तयार देखिएका छैनन । यस्तो अवस्थामा ठुलो प्रश्न आउन, अब के गर्छन त आन्दोलनको नेतृत्वकर्ता मधेशी मोर्चा ? मोर्चाका शिर्ष नेताहरु भन्छन, यो हाम्रो अस्तित्वसंग पनि  जोडिएकाले जे परे पनि आन्दोलन चलीरहन्छन । एक न एक दिन सरकारी पक्ष झुक्नै पर्छ । मोर्चाको आन्दोलन नाका र राजमार्गमा केन्द्रित  भए पछि मधेशमा हिंसात्मक घटनाहरु बन्द देखिएका थिए । तर अचानक सोमवार एक विहानै विरगंज नाकामा धर्नामा बसेका आन्द्योलनकारीहरु माथी प्रहरीले धावा वोले पछि स्थिती फेरि भडकावमय देखिएका छन । सोमवार दिउसो नेपाली सुरक्षा वलको गोली लागेर एक भारतीय नागरिकको मृत्यू भए पछि स्थिती थप तनावपुर्ण देखिएका छन । सोमवारको विरगंज घटना लगतै मधेशका प्रायजसो सवै सहरहरु तनावपुर्ण वातावरणके सिर्जना भएको छ । सोमवार दिउसो देखि नै ठाउ ठाउमा आन्द्योलनकारीहरुले टायर वालेर उग्र नारावाजीहरुमा उत्रिएका छन ।

मोर्चाको विश्लेषण 

Monday, November 2, 2015

विरगंजमा फेरी वितण्डा । अवस्था तनावग्रस्त

आज विहानै देखि पर्सा, वारा लगायतका क्षेत्र प्रर्दशनहरु फेरी उग्र बनेको छ ।

गएको ८० दिन देखि आनद्योलनमा रहेको मधेशी पक्षहरु माथी आज विहानै विरगंज रक्सौल नाकामा प्रहरीले हस्तक्षेप गरे पछि  स्थिती फेरी भडकिएको छ । प्रहरीले विरगंज रकसौल नाकामा पर्ने मितेरी पुलमा हस्तक्षेप गरे पछि विरगंजको अवस्था विहानै देखि तनावपुर्ण बनेको थियो । प्रर्दशनकारीहरुले आज विहानै वाट प्रहरी हस्तक्षेपको विरुद्धमा पर्सा र वाराका गाउ गाउमा नारावाजी गर्दै विरोध प्रर्दशनहरु गरीरहेको स्थानिय संचारकर्मीहरुले बताएका छन । स्थिती तनावपुर्ण भए पछि विरगंजमा दिउसो ३ बजे वाट अनिश्चितकालिन क्फुर्य लगाइएको छ ।