Monday, October 19, 2015

बाबुरामको 'मधेश माहौल'

  


जनकपुर -

पार्टी तथा संसद सवै वाट राजिनामा दिएर नयां शक्तिको दौडमा उत्रेका पुर्वप्रधानमन्त्री डा बाबुराम भटराई धोती कुर्ता लगाएर पश्चिममा आन्द्योलनरत थारु होस वा पुर्वका मधेश सवै ठाउमा व्यापक दौडाहामा छन । व्यापक प्रतिकुलताका वावजुद पनि उनी पहिलो पटक जारी मधेश आन्द्योलनलाई सहि भन्दै गएको १२ असोजमा जनकपुर झरे । उनी पहिलो यस्ता शिर्ष तहका नेता थिए जो मधेश आन्दोलनमा समर्थन जनाउदै मधेश झरेका थिए । अत्यन्तै आक्रोशित रहेको मधेशमा उनको स्वागत पनि मौनता देखियो । कहि कतै आक्रोश पनि तर आम बौद्धिक स्तरमा भटराई प्रति व्यापक साहनभुति देखियो ।  भटराई जनकपुर आए पश्चात याहा बोल्ने क्रममा आफु जारी मधेश आन्द्योलनको व्यवस्थापनमा काठमाडौ संग पुलको भुमिका खोल्ने वचनवद्धता व्यक्त गरेका थिए । आम मधेशीहरुको अहिलेको बुझाईमा काठमाडौ अर्थात राज्यसताका हर्ताकर्ताहरु मुख्यगरी एमाले, काग्रेस र एमाओवादी मधेशीहरुको मागलाई सम्बोधन गर्न तयार छैन भन्ने देखिन्छ । यस्तो अवस्थामा भटराइको मुभलाई मधेशमा साकारातम्क रुपमा टिकाटिप्णीहरु भइरहेको पाइन्छ । यद्यपी उनले पनि जारी भएको नयां संविद्यानमा हस्ताक्षर गरेको भन्दै उनको कतिपय ठाउमा आलोचनाहरु समेत सुन्नमा पाइन्छ । तर हालै व्यवस्थापिका संसदमा भएको नयां प्रधानमन्त्रीको निर्वाचनमा आन्द्योलनरत मधेशी पार्टीहरु सहभागी भए पछि भटराईको पक्षको थप साकारात्मक टिकाटिप्पणीहरु हुन थालेको देखिन्छ ।


'मधेश माहौल'

गएको शनिवार विराटनगरमा आम मधेशी बुद्धजिवी तथा स्थानिय नेताहरु संग छलफल गरेका उनी कार्तिक महिना भरीमा मधेशका पुर्व देखि पश्चिम सम्मको २२ ओटै जिल्ला हुदै नेपालको ७५ ओटै जिल्लामा यस्ता छलफल तथा अन्तक्रिया कार्यक्रम गर्दै छन । जनकपुरमा आउदो १४ गते बृहत रुपमा याहाका स्थानियहरु संगको उनको छलफल तथा अन्तक्रिया कार्यक्रम छ । विराटनगर कार्यक्रममा सहभागी पुर्व कृषीमन्त्री समेत रहेका नन्दन दत्त भन्छन, उनको अन्तक्रियामा आम रुपमा स्थानिय वुद्धजिवी र समाजिक श्रेत्रमा काम गरीरहेको मानिसहरुको व्यापक रुझान देखिन्छ । उनका अनुसार साथै काग्रेस, एमाले, एमाओवादी संगै मधेशी पार्टीहरुका समेत ठुलो युवा तप्का उनको अभियान प्रति साकारात्मक देखिएका छन । एमाओवादी नेता तथा हाल भटराईको अभियानमा संग्लन राम कुमार शर्मा भन्छन, हामीले नयां शक्तिमा ५ ठाउ वाट मानिसहरुको व्यापक सहभागीता हुने आकंलन गरेका छौ । उनी भन्छन, पहिलो त एमाओवादी वाटै २० प्रतिशतको हराहरीमा विद्रोह गरेर हामी संग आउछ, दोस्रो काग्रस भित्र पनि मधेशको मुद्धा सहित अन्य कयौन मुद्धामा व्यापक असन्तुष्टहरुको जमात छ, उनीहरु पनि आउछन । तेस्रो मधेशी पार्टीहरुमा पनि नेतृत्वहरु प्रति व्यापक असन्तुष्टि छ, हाम्रो बुझाईमा त्याहावाट पनि ठुलो संख्यामा नयां शक्तिले वल पाउने छ । चौथौ समाजिक अगुवाहरुको झुकाव पनि भटराई प्रति अत्यद्यिक देखिएकाले उनीहरु आउने र पांचौमा नेपाल भित्र ठुलो संख्यामा रहेका वेरोजगार युवाहरुको जमात यता आउने लक्षणहरु देखिएको शर्माको विश्लेषण छ ।

बाबुरामको 'मधेश कार्ड' 

भटराइको नयां अभियानमा उनी संगै अत्यन्तै निकटतम भएर काम गरीरहेका झाका अनुसार पुर्वी मधेशका एमाओवादीका सवै केन्द्रीयतहका मधेशी नेताहरुको एउटा अर्को समिकक्षात्मक बैठक आउदो ७ गते महोतरीको बर्दीवासमा हुदै छन ।


मधेश तथा थारुहरुको आन्द्योलन १ महिना भन्दा वढी समय सम्म चलीरहदा पनि काठमाडौमा प्रमुख दलहरुले नयां सविद्यान जारी गर्न भ्याए । उनीहरुको माझमा कमै यस्ता नेताहरु देखिन्थे जो आन्दोलन लाई सम्बोधन गरेर मात्रै संविद्यान जारी गर्नु पर्ने सार्वजनिक अभिव्यक्ति दिए । तर उनको अभिव्यक्ति भाषण मै सिमित हुन पुग्यो । यता नयां संविद्यान जारी भए पछि मधेशमा थप स्थिती भयावह हुदै गयो, मधेशी मोर्चा नाकाहरुमा धर्ना दिने यस्ता कडा विरोधका कार्यक्रमहरु सार्वजनिक गर्न पुगे । आन्दोलनले स्थिती अत्यन्तै अवस्था भयावह हुन थाले पछि काठमाडौमा केहि बुद्धजिवी तथा नागरिक अगुवाहरुको भेला डाके भटराईले । र सवैले भटराईलाई स्थितीलाई उचित व्यवस्थापनको नेतृत्व लिन सुझाए । उनको त्यसको भोली पल्टै जनकपुर आउने सार्वजनिक उदघोष गरे । तर जनकपुरमा आन्द्योलनकारीहरुले उनलाई याहा आउन नदिने सार्वजनिक निर्णय गरे । त्यसपछि उनको तर्फ वाट नेता रामचन्द्र झा, राम कुमार शर्मा सहितका नेताहरु स्थानिय मोर्चा संग जनकपुरमा छलफल गरे । छलफलको क्रममा आन्दोलनकारीहरुले संसद तथा पार्टी परित्याग गरे आफु भटराइृलाई जनकपुर आउनमा रोक नलगाउने बताए । त्यही निर वैठक वाट रामचन्द्र झाले भटराईलाई उक्त कुराको जानकारी गराएका थिए ।

यता एमाओवादीमा रहेका सवै मधेशी नेताहरु आफनो असन्तुष्टि सार्वजनिक गर्न जनकपुरमा बैठक डाकेका थिए । बैठकमा बाबुराम आए उनको नेतृत्व अथवा उनी नआए रामचन्द्र झाको नेतृत्वमा छुटै पार्टी वनाउने निर्णय गरे । उनीहरु अव प्रचण्ड नेतृत्वको ए्रमाओवादीमा नजाने सार्वजनिक घोषणा पनि गरे । त्यसको भोली पल्ट सवै आ आफना कार्यक्रमहरुका साथ व्यस्थ थिए । अचनाक समाचार मार्फत धेरैले सुचना पाए काठमाडौमा बाबुरामको पत्रकार सम्मेलन हुदै छ भनेर । नेता रामचन्द्र झा भन्छन, म त सिरहाको एउटाको कार्यक्रममा थिए, एक जना स्थानिय नेताले मोवाइलमा कुनै अनलाईनको समाचार देखखाउन आए र सुचना दिए । झा भन्छन, उहां यती चाडो एक्सनमा आउनु हुन्छ भन्ने हामी सोचेका पनि थिएनौ, कम्तीमा पनि एक हप्ता त समय लिनु हुन्छ भन्ने मलाइ लागेको थियो तर उहा त भोली पल्टै एक्सनमा आउनु भयो, यसले हामीलाई समेत उत्साहित बनाए । त्यस पछि हामी फेरी भटराईको जनकपुर आउने कार्यक्रमको तय भयो । १२ असोजमा उनी जनकपुर उत्रेर व्यापक प्रतिकुलताका वावजुद पनि भाषण गर्न भ्याए ।

भटराइको नयां अभियानमा उनी संगै अत्यन्तै निकटतम भएर काम गरीरहेका झाका अनुसार पुर्वी मधेशका एमाओवादीका सवै केन्द्रीयतहका मधेशी नेताहरुको एउटा अर्को समिकक्षात्मक बैठक आउदो ७ गते महोतरीको बर्दीवासमा हुदै छन । जिल्ला स्तरीय अन्तक्रिया तथा छलफल कार्यक्रम मधेशका सवै जिल्ला सहित ७५ ओटा जिल्लामा कार्तिक महिना भरीमा सकाउने कार्यतालिका बनिसेकेको झाको कथन छ । उनी भन्छन, त्यस पछि हामी मंसीर वा पौस सम्ममा राष्टिय भेलाको आयोजना गर्दै छौ, त्यही वाट बाबुराम भटराइले आफनो नयां शक्तिको बृहत रुपमा घो्षणा गर्ने तयारी छ ।

दास्रो सविद्यानसभाको निर्वाचनमा एमाओवादी पराजित भए संगै भटराइले नयां शक्तिको वहस थालेका थिए । त्यही क्रममा उनले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहित मधेशी पार्टीहरुका दर्जनौ युवाहरु संग पटक पटक यस सन्दर्भमा विभिन्न खालका बैठकहरु गरेका थिए । त्यही भएर होला कतिपय जानकारहरु भन्छन, भटराईको मधेश माहौललाई सस्तो रुपमा आकंलन गर्नु हुन्न ।


No comments:

Post a Comment