Wednesday, October 14, 2015

राजेन्द्र महतो र जयकृष्ण गोईत विच सिमापारी बैठक

गएको शनिवार जनकपुरमा आयोजना गरिएको श्रदान्जलीसभामा सहभागी महतो,  साथमा मोर्चाका अन्य नेताहरु



जनकपुर

गएको दुई महिना देखि आनद्योलनमा अरु मधेशी नेतृत्वहरु भन्दा आफुलाई भिन्न शैलीमा प्रस्तुत गर्दै आएका सदभावना अध्यक्ष राजेन्द्र महतो जनकपुर वाट सुटुक्क सिमापारी छिर्दै अखिर तराई मुक्ति मोर्चाका संयोजक जय कृष्ण गोईतसंग बैठक गरेका छन । गएको शनिवार जनकपुरमा आयोजना गरिएको श्रदान्जलीसभामा उनी प्रमुख अतिथीको रुपमा सहभागी हुन याहा आईपुगेका थिए । उनी प्रमुख अतिथी रहेको उक्त श्रदान्ज्लीसभामा प्रतिकात्मक रुपमा उनको दुवै तीर 'मधेशी सेना' समेत राखिएको थियो । पछिल्लो समयमा आनद्योलनको क्रममा पुर्व देखि पश्चिम सम्मको दौडाहामा रहेको उनी उत्तेजक भाषणहरु गरीरहेका कारण मोर्चा भित्रै पनि उनको विषयमा विभिन्न टिकाटिप्पणीहरु भईरहेको देखिन्छ ।
 
गएको शनिवार जनकपुर आएका महतो आईतवार अस्वस्थ भएको भन्दै यही निर बसेका थिए । महतो याहा निर आफना आसेपासेहरुलाई दिएको पुर्व सुचना अनुसार उनको जनकपुरवाट विराटनगर जाने कार्यक्रम थियो । तर उनी आईतवार जनकपुरमै पुरै दिन रेस्ट गरेर सोमवार दिउसो चार वजे याहा वाट सितामढीका लागी हिडेका थिए । महतो जनकपुरको वेलकम होटलमा बसेका थिए । होटलवाट उनी दिउसो ४ बजे मात्रै निस्केको रेकर्ड देखिन्छ । स्रोत भन्छन, होटलवाट उनी निस्के पछि मोटरसाईकलको माध्यमवाट अवेर सांझ महोतरीको भिठामोड हुदै सितामढी पुगेका थिए । जनकपुरवाट सिमावर्ती भारतीय सहर भिठामोड पुग्न कमत्ीमा पनि अढाई देखि तीन घण्टा लाग्छ ।


उता गएको १० बर्ष देखि छुटै राष्टका लागी सशस्त्र आन्द्योलन गर्दै आएका जयकृष्ण गोईत पनि महतोसंग कुराकानी गर्न सिमावर्ती सहर सितामढी पुगेका थिए । स्रोत भन्छन, सोमवार अवेर राती सम्म महतो र गोईत विच पछिल्लो तराई मधेशको अवसथा वारेमा कुराकानी भएको थियो । महतो अझै पनि भारत तीरै छन । उनी निकटस्तहरुले महतो विरगंजमै रहेको  बताए पनि उनको मोवाईल अmै स्विच अफ देखाएरहेका छन । गएको शनिवार महतो जनकपुरको बाह्विद्या मैदान ओयोजना गरिएको श्रदान्जलीसभाको मन्चमा बसीरहदा उनका एक निकटस्तले यो संवाददातासंग कुराकानीको क्रममा उनी अत्यद्यिक तनावमा रहेको बताएका थिए । उनी संगै आन्द्योलनमा घुमिरहेका ती निकटस्तले महतो माथी भारतीय दबाब अत्यद्यिक रहेको र पार्टी फुटाउन सम्मको चेतावनी काठमाडौ स्थित भारतीय दुतावासवाट आईरहेको बताएका थिए । ती निकटस्तले बताए अनुसार महतो र काठमाडौ स्थित भारतीय दुतावासका कर्मचारीहरु विच दाहोरो कुराकानी लागातार भईरहेको छ । 
 
महतो १ भदौमा काठमाडौमा पत्रकार सम्मेलन गरेर आफुहरु संविद्यानसभा छोडेको सार्वजनिक घोषणा गरेका थिए । तर गएको आईतवार भएको प्रधानमन्त्री निर्वाचन स्वयंक महतोको पत्नी सभासद शैलोदेवी महतोले पनि भोट खसालेका थिए ।
 
उता आन्द्योलन चर्के संगै शक्तिविहिन रहेका गोईतले विभिन्न तीन ओटा समुहहरु संग कार्यगत एकताको घोषणा गरेको प्रेस विज्ञप्ति निकालेका थिए । त्यस लगतै यही आन्द्योलनकै विचमा सिरहाको मिर्चैया नजिकै पर्ने एउटा पुलमा शक्तिशाली वम विष्फोटको प्रयास ती भुमिगत समुहहरुले गरेका थिए । प्रहरीले नष्ट गरेको उक्त शक्तिशाली वम संगै उक्त पुलमा उनीहरुको पम्पलेट समेत छरिएको थियो ।
 
अघिल्लो हप्ता मात्रै राजविराज स्थित एक एफएमवाट प्रसारण भएको गोईतको अन्र्तवार्तामा उनले मधेशमा नेताहरुका कारण आन्द्योलन थप भ्रमिण हुदै गएको भन्दै सश्क्क्त मधेशी सेनाको निर्माण गरेर राज्यसंग लडनका लागी आफुहरु गम्भिर गृहकार्यमा लागीपरेको बताएका थिए ।
 
आन्द्योलन दुई महिना देखि उत्कर्षमा रहिरहदा सदभावना पार्टीका अध्यक्ष महतो र जयकृष्ण गोईत विच के कुराकानी भयो त्यसको कुनै विस्तृत सुचनाहरु वाहिर आएका छैन । तर स्वयंम आफनै सहयात्रीहरु प्रति तीव्र असन्तुष्टि पोख्दै आएका महतोले गोईतलाई भेटेर कुराकानी गर्नुलाई वर्तमान सन्दर्भमा कतिपयले महत्वका साथ हेरेका छन । 

No comments:

Post a Comment