Sunday, October 11, 2015

मधेश गम्भिर 'टर्निंग प्वाइन्ट' मा

शनिवार जनकपुरको वाह्विद्या मैदानमा आयोजना गरिएको श्रदान्जलीसभाको मन्चमा नक्कली वन्दुक सहित प्रतिकात्मक रुपमा मधेशी सेना हु भन्दै उभिएको मधेशी युवा


जनकपुर  - 

गएको १८ असोजमा आन्नदोलनरत मधेशी मोर्चाको धनुषा समितीको बैठकमा जनकपुरमा अगुवाई गरीरहेका युवा सरोज मिश्राले समानान्तर सरकार संचालन गर्न प्रस्ताव गरे । मिश्रा जनकपुर क्षेत्रमा आन्द्योलनको उठानमा महत्वपुर्ण भुमिका खेलेका मधेश अधिकार संघर्ष समिती मासका अध्यक्ष पनि हुन । सरोज मिश्राले १८ असोजको स्थानिय मधेशी मोर्चाको बैठकमा उक्त प्रस्ताव गर्दा उनको तर्क थियो, आन्द्योलनको दुई महिना हुन लाग्दा पनि सरकारले मधेशीहरुलाई वेवास्ता गरेको गर्यो छ, त्यसैले हामी छुटै आफना सवै निकायहरु संचालन गरौ । उनले सरकारी स्टाईलमा जिल्ला प्रशासन देखि प्रहरी सहित करदाता कार्यलयहरु मधेशी सरकारको नाउमा खोलेर मधेशमा सबै कुरा यही स्तरमा वाट संचालन गर्न सुझाए । उक्त बैठकमा धनुषाका मधेशी मोर्चामा संग्लन चार मधेशी पार्टीहरुका अध्यक्षहरु उपस्थिती थिए । सदभावनाका धनुषा अध्यक्ष संजय सिंह, तमलोपाका परमेश्वर साह, फोरम नेपालका शेष नारायण यादव, तमसपाका रुप नारायण यादव र वैद्य माओवादीका धनुषा अध्यक्ष श्रीनारायण प्रतिहस्त उक्त बैठकमा सहभागी थिए । बैठक स्रोतका अनुसार युवा अगुवा सरोज मिश्राले मधेशमा समानान्तर सरकार संचालन गर्न गरेको प्रस्ताव वारे नेताहरुले यसवारेमा छलफल गरेर थप कुरा अर्को बैठकमा गर्ने जनाएका थिए ।

तर २३ असोजमा मधेशी मोर्चा द्धारा जनकपुरको वाह्विद्या रंगभुमि मैदानमा आयोजना गरिएको श्रदान्जलीसभाको मन्चमा अचनाक दुई जना मधेशी युवालाई नक्कली वन्दुकका साथ आम मानिसहरु देखे पछि चकित परे । श्रद्धान्जलीसभाको अगाडी तिरै दुवै छेउमा एक एक जना नक्कली वन्दुक लिएर 'म मधेशी सेना हु' भनेको पोष्टर सहित उभिएका थिए । उक्त कार्यक्रममा मोर्चाका तर्फवाट शिर्ष नेतृत्वको रुपमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रमुख अतिथी थिए । महतोले आफनो मन्तव्य दिने वेलामा यी दुई नक्कली वन्दुक बोकेको् युवाहरुको वारेमा चर्चा गर्दा दर्शक दिर्घामा 'मधेशी सेना जिन्दावाद' भनेर नारा नै धन्कन पुग्यो । महतोले नेपाली सरकारले मधेशीहरुलाई यसै गरी सेना प्रहरीमा जान बन्देज लगाईरहे आफुहरुले छुटै सेना प्रहरी निर्माण गरेर समानान्तर सरकार चलाउने चेतावनी दिए ।

यो प्रस्ताव १८ असोजमा स्थानिय मधेशी मोर्चामा राखेका मासका अध्यक्ष मिश्रा भन्छन, मैलै सम्रग परिस्थितीको मुल्यांकन गरेरै उक्त प्रस्ताव गरेका थिए । उनी भन्छन, मधेशीहरु आफनो अधिकारका लागी ५० दिन भन्द्या वढी समय सम्म आन्दोलन गरीरहदा पनि सरकार त्यसलाई सुन्न तयार छैन भने हामीले त्यो सरकारको सटा छुटै आफनै सरकार नबनाएर के गर्ने ? माओवादी जनयुद्धको शैलीमा मिश्राले ल्याएको उक्त प्रस्ताव अन्र्तगत उनले विज्ञापन समेत निकाल्न सुझाएको बताए ।
 

मिश्राको उक्त प्रस्ताव र २३ असोजमा जनकपुरमा भएको श्रदान्जलीसभामा नक्कली वन्दुक सहित उपस्थित गराईएको मधेशी सेनाको शैलीलाई कतिपयले राजनितीक विरोधको शैलीको संज्ञा दिएका छन भने कतिपयले यसलाई गम्भिर भएर सोच्नु पर्ने विन्दूमा हामी पुगीसकेको अवस्थालाइ इगिंत गर्छन ।
 
जारी मधेश आन्द्योलनलाई नजिक वाट नियाल्दै आउनु भएका मैथलीका वरिष्ठ साहित्यकार राजेन्द्र विमल भन्छन, हामी त्यो टर्निंग प्वाईन्टमा पुगीसकेका छौ,  जाहावाट कता खस्छौ कुनै ठेगान छैन । विमलको तर्कमा मुलुक विषम मात्रै होईन कि समाज पनि कठोरतम कालखण्डवाट गुर्जन लागेको छ । उनी भन्छन, समय र यर्थातीय धरातललाइ कसैले रोकेर रोक्न्नि । उनी भन्छन, जारी आन्दोलनको उचित व्यवस्थापन भएन भने हामी अराजकता हुदै द्धन्द र अन्तमा विखण्डनको चरणमा प्रवेश गर्ने छौ । उनको अर्को तर्क छ, यदी हामी सवै अवस्था प्रति गम्भिर भएर अगाडी वढयौ भने देश समृद्ध निर्माणको चरणमा पनि प्रवेश गर्ने छ । त्यसका लागी विमल जिम्मेवार नेर्ततवको खाचो देख्छन । उनी भन्छन, यो काम जिम्मेवार नेतृत्वले मात्रै गर्न सक्छ । मधेशीहरुले माग गरीरहेको कुरालाई विमलले प्रजातन्त्रको समान्य आधारभुत कुराहरुको भन्दै यसलाई पनि सम्बोधन गर्न नसक्ने क्षमता भएको नेतृत्ववाट साकारात्मक आशा आफुमा नभएको बताए ।
 
जारुी आन्द्योलनने मधेशीहरुको एउटा पुरै पुस्तामा 'पहाडी समुदाय' माथी ठुलो घृणा फैलाएको विमलको विश्लेश्न छ । उनी भन्छ, ओली जस्ता निकृंष्ठ नेताहरुका कारण आम मधेशीहरुमा पहाडी भनिने समुदायमा ठुलो वितृष्णा फैलिसकेको म हेरिरहेको छू । यो त्यतीकै समाप्त भएर जादैन, एउटा पुस्ता त कम से कम यसलाई सजिलो विर्सन सक्दैन, विमलको बुझाई छ ।
 
जारी मधेश आन्द्योलनको ५७ दिन आज भईरहदा मधेशका सहर देखि गाउको कुना काप्चा सम्मा सरकारी पक्षहरु माथी व्यापक घृणाहरु फैलिरहेको त्यतिकै देखिन्छ । आम मधेशीहरुको बुझाईमा मुख्य गरी ओलीका कारण मधेश आन्द्योलनलाई सम्बोधन नगरेर थप समस्याहरु सिर्जना गर्न तर्फ अगाडी वढीएको छ ।
हालै विरगंजमा यो संवाददातासंग कुराकानी गर्ने क्रममा सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जारी आन्दोलनको उचाईलाई काठमाडौले गलत रुपमा व्याख्या गरीरहेको भन्द्यै यसले गम्भिर दुघंटना उत्पन्न गराउन सक्ने बताएका थिए । वार्ता प्रक्रियामा समेत सहभागी कर्णका अनुसार वार्ताको क्रममा सरकारी पक्ष संघियता प्रति पुरै अनुदार देखिएका छन ।
 
जनकपुरमा आन्द्योलनको नेतृत्वदायी भुमिकामा रहेका तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लालका अनुसार जारी आन्द्योलनलाई सम्बोधन गर्न जती जती राज्यपक्षले ढिला गर्दै जानेछ, त्यती नै अप्ठायाराहरु थपिदै जाने निश्चित छ । लाल भन्छन, मधेशका गाउ गाउका नागरिकहरुमा मधेशी अधिकार प्रति सचेत भईसकेका छन ।  यसलाई कुनै पनि शर्तमा वेवास्ता गर्ने अवस्था छैन, लाल भन्छन, यसप्रति राज्य पक्ष जन जिम्मेवारी देखाउनु पथ्र्यौ त्यसमा दिन प्रति दिन गैर जिम्मेवारीपनहरु वाहिर आईरहेका छन ।
 
मधेशी नेतृत्वलाई पनि चुनौति
 

जारी मधेश आन्द्योलनलाई मधेशमा नेतृत्व गरीरहेको नेताहरु देखि आम बुद्धजीवीहरु उत्कर्षमा पुगेको आन्द्योलन भनिरहेको छ । आन्द्योलनमा गाउ गाउ सम्म देखिएको व्यापक सहभागीता, आमहडतालको व्यापक प्रभाव र पछिल्लो समयमा नाका अवरुद्ध पार्ने काममा देखिएको जनसहभागीले मधेशी समाजका हरेक तप्काहरु भन्छन, यो आन्द्योलनको उत्कर्ष रुप हो । राज्य पक्ष वार्तामा देखाईरहेको उदासिनताले सरकारी पक्षहरु संगै पहाडी भनिने समुदाय माथी पनि याहा व्यापक आक्रोश देखिन्छ ।
 
लहान स्थित वुद्धजिवी डा महादे्व साह भन्छन, मधेशीहरु पहिलो पटक यसरी लडन सिकेका छन, यसलाई चानचुने तरीकाले व्याख्या विश्लेषण गनु मुर्खता हुनेछ । डा साह भन्छन, तपाइ मधेशका गाउ गाउ जानुस मधेशीहरु एउटै कुरा भनिरहेका छन, हामी आफना अधिकारका लागी आन्द्योलनमा छौ । स्वर्फुतरुपमा गाउ गाउका बजार देखि विद्यालयहरु आज दुई महिना देखि बन्द छ, कसैले चाहेर पनि खुल्न सक्ने अवस्था छैन, डा साहको बुझाई छ । उनी भन्छन, यो अवस्थामा पुगीसकेको आन्द्योलनलाई नेतृत्वहरुले कसरी व्यवस्थापन गर्छन, त्यो चाही महत्वपुर्ण कुरा हो ।
 
सदभावना पार्टीका केन्द्रिय सदस्य तथा सिरहामा आन्द्योलनका अगुवाको रुपमा देखिएका राजु गुप्ताको बुझाईमा नेतृत्वहरु वार्तामा तलमाथी गरेको खण्डमा मधेशी पार्टीहरुको अध्यक्ष विरुद्ध विद्रोह हुने सम्भावना मधेशका सहरहरु देखा परीसकेको छ ।
 
जनकपुरमा आन्द्योलनरत युवाहरुको संगठन मासका अध्यक्ष सरोज मिश्रा पनि यो कुरासंग सहमत छन । मिश्रा भन्छन, काठमाडौमा जेसेकै कुरामा सहमती गर्दामा जारी आन्दोलन समाप्त हुदैन । काठमाडौमा मधेशी मोर्चाका शिर्ष नेताहरु समान्य रुपमा सहमतीमा अली अली तलमाथी  गर्दैृमा के हुन्छ त ? मिश्रा भन्छन, मधेशका जिल्लहरुमा मधेशी पार्टीहरु त्यसतो अवस्थामा विघटन पनि हुन सक्छ । स्थानिय स्तरवाट नया नयां नेताहरु जन्मन सक्छ ।
 
कतिपय जानकारहरुको बुझाई यो अवस्थामा मधेश थप भयानक द्धन्द तिर लम्कन सक्छ । त्यसैलै सक्दो चाडो जारी आन्द्योलनलाई सवै पक्षहरु मिलेर उचित व्यवस्थापन गर्नु पर्ने हुन्छ । अन्यथा यो आगो भुसमा मधेशी संगै पहाडे भनिने यो राज्यसता पनि खरानी नबन्लान भन्न सकिन्न ।


2 comments:

  1. मधेसी क्रांति ३ को नेतृत्वमा मास? http://demrepubnepal.blogspot.com/2015/10/blog-post_56.html

    ReplyDelete
  2. Yadi samanantar sarkar banauna thalyo vane aru pani madhesi le jyan gumaunu parchha. baru desh tukriyos anahak ma yuba harule jyan gumaunu naparos. Manchheko life vanda thulo desh pani hoina samaj pani hoina.

    ReplyDelete