Saturday, October 10, 2015

सरकार निर्माणको चक्करले मधेशी मोर्चासंगको वार्ता ओझेलमा



प्रमुख दलहरु नयां प्रधानमन्त्रीको चयनमा व्यवस्त भए पछि सरकारी पक्ष र आन्दोलनरत मधेशी मोर्चा विच हुने भनिएको वार्ता ओझेलमा परेको छ । गएको बुधवार बसेको दुवै पक्षको वार्ता टोलीको बैठकले हिजो शुक्रवार देखि नै ठोस वार्ता अगाडी वढाउने जनाएका थिए । तर हिजो शुक्रवार वार्ता हुन सकेन । वार्ता टोलीका सदस्य तथा तराई मधेश सदभावना पार्टीका नेता राम नरेश रायका अनुसार हिजो शुक्रवार सरकारी वार्ता टोलीका सदस्य तथा काग्रेस नेता महेश आचार्यले तमलोपा नेता सर्वेन्द्र नाथ सुक्लालाई फोन गरेर आज वार्ताको बैठक असम्भव रहेको भन्दै शनिवार बस्ने बताएका थिए । तर रायका अनुसार शनिवार पनि वार्ताको बैठक बस्ने सम्भावना छैन । उनी भन्छन, प्रमुख दलहरु सरकार निर्माणको लागी भईरहेको विभिन्न औपचारिक तथा अनौपचारिक बैठकहरुमा व्यवस्त रहेकाले वार्ताको कुनै सम्भावना देखिएको छैन ।

मधेशमा आन्द्योलन सुरु भएको ५६ दिन वितिसक्दा पनि सरकारी पक्ष वार्ताका लागी कुनै ठोस कदम नचालेको मधेशी मोर्चाका नेताहरुले बताउने गरेका छन । मोर्चाका वार्ता टोली संयोजक सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण भन्छन, अहिले सम्म पनि सरकारी मधेशीहरुमो मुद्धामा प्रवेश नै गर्न चाहेका छैन । कतिपय भित्रियाहरुका अनुसार विभिन्न तहमा मोर्चा सम्बद्ध उच्च नेतृत्व र सरकारी पक्षहरु विच भएको बैठकमा सरकारी पक्षहरुले संघियतालाई थाती राखेर अघि वढन सुझाइरहेका छन । जुन कुरालाई मधेशी मोर्चाले अहिले सम्म अस्विकार गर्दै आईरहेका छन ।

मधेशी मोर्चाले वार्ताका लागी वातावरण बनाउने उदेश्यले सरकारलाई दिएको ५ बुदे प्रस्तावका समेत कतिपय कामहरु पनि अहिले सम्म हुन नसकेको भन्दै मोर्चाका नेताहरु त्यसप्रति पनि असन्तुष्टि पोख्दै आएका छन । सरकारले मन्त्रीपरिषदको बैठकवाट जारी आँन्दोलनको क्रममा मृत्यू भएकाहरुलाई १० लाख र धाईतेहरुलाई निशूल्क उपचार गर्ने निर्णय गरेका थिए । तर धाइतेहरुले अहिले सम्म पनि आफनै पैसा वा मोर्चाको सहयोगमा अधिकांश ठाउमा उपचार गराईरहेका छन ।
 
अघिल्लो मंगलवार पहिलो पटक औपचारिक वार्तामा बसेको बेला मधेशी मोर्चाको वार्ता टोली २४ घण्टा भित्र यस्ता कामहरु गर्न सरकारी पक्षलाई अल्टीमेटन दिएका थिए । तर त्यसको भोली पल्ट देखि दुवै पक्ष विच औपचारिक बैठकहरु नै हुन सकेका छैन ।
 
मधेशी मोर्चाका वार्ता टोली संयोजक कर्णका अनुसार सरकारी पक्षले ठोस वातावरणको अवस्था निर्माण नगरे सम्म र मोर्चाले अघि सारेको  मुद्धाहरुलाई सम्बोधन गर्न तयार नहुन्जेल सम्म वार्ता साकारात्मक रुपमा अघि वढेको भन्न मिल्दैन । कतिपय भित्रियाहरुका अनुसार अव नयां प्रधानमन्त्री चयन पश्चात मात्रै वार्ताको कुनै सम्भावना देखिने छन । तर जानकारहरु भन्छन, एमालेको नेतृत्वमा नयां सरकार वने पछि वार्ताको प्रक्रिया थप जटील वन्न सक्छ । 

No comments:

Post a Comment