Friday, October 9, 2015

मधेशमा 'असहज' मिडिया

जनकपुरवाट प्रकाशित हुने द इक्सक्लुसिभभ साप्ताहिक पत्रिकाले ३ असोजमा नयां संविद्यानको विरोधमा आफनो सम्पादकिय ब्लायक आउट गरेर विरोध जनाएका थिए ।

जनकपुर -
  
समान्यतया पत्रकारहरु आफनो वाईलाइनमा समाचारहरु प्रकाशित भए पछि खुशी हुन्छन । तर हालै मधेशको एउटा जिल्लामा अन्नणपुर्ण पोष्ट दैनिकमा काम गरीरहेको पत्रकारले सुनाए, अचेल मेरो समाचार आएन भन्ने म अत्यद्यिक खुशी हुने गर्छूृ । उनले त्यसको कारण वारेमा भने, किनकी आन्दोलनको समाचार नै आउदैन भन्ने कुरा हामी बुझिसकेका छौ, समाचार आउने भन्ने आन्दोलनको वारेमा नाकारात्मक मात्रै हो, जसले स्थानिय स्तरमा थप तनाव वाहेक अरु केहि दिदैन । त्यसैले समाचार नै आएन भने, हामी ढुक्क हुन्छौ । स्थानिय एक पत्रकारको यो भनाईले मधेशमा ५३ दिन देखि जारी आन्द्योलनमा काम गरीरहेको काठमाडौ केन्द्रित मिडियाका स्थानिय संवाददाताहरुको मनोदशालाई राम्ररी उजागर गर्छन । हुनत मधेशमा हुने हरेक विरोध देखि अन्य गतिविधीमा काठमाडौ केन्द्रित राष्टिय मिडियाको आलोचना हुने गर्छन । तर हाल जारी आन्दोलनको क्रममा मिडिया प्रति अत्यद्यिक आक्रोश र निशाना बनाइएको छ ।


प्रमुख दैनिकपत्रिकाहरु पुर्वको सुनसरी देखि सर्लाही, रौतहट सम्मको बजारमा आउदैन । काठमाडौवाट प्रशारण हुने केहि प्रमुख टेलिभिजनहरु मधेशको सहरहरुमा रोक लगाइएको छ । सप्तरीका पत्रकारका श्यासुन्दर यादव भन्छन, स्थानिय पत्रपत्रिका र एफएमहरुले  काठमाडौको मिडियामा काम गर्नेहरुलाई स्थानिय स्तरमा हिडडुल गर्ने वातावरण बनाई दिएका छन । यादवका अनुसार स्थानिय नेताहरु र पत्रकारहरुको विचमा यस वारेमा एक प्रकारको अघोषीत समझदारी जस्तो नै देखिन्छ । उनी भन्छन, उनीहरुलाई हामीले पनि आफनो वास्तविकता वताई दिएका छौ, हाम्रो स्थानिय संचारमाध्यमहरुमा हामीले सकेको जती गरीरहेकै छौ । ३ असोजमा नयां संविद्यान जारी भए पछि मधेशका सहरहरुवाट प्रकाशित भएका अधिकांश पत्रिकाहरुले आफनो सम्पादकियमा ब्लायक आउट तथा एफएमहरु शोक धुन समेत बजाएका छन ।

सिरहा स्थित नागरिक दैनिकका मिथलेस यादवका अनुसार काठमाडौको केन्द्रित मिडियाले जारी आन्द्योलनलाई उचित स्थान नदिएका कारण स्थानिय स्तरमा जनता देखि वैद्धिक स्तर हुदै पत्रकारीता क्षेत्रमा समेत त्यसको आलोचना भईरहेको छ । उनी भन्छन, कतिपय अवस्थामा हामी पत्रकाहरुको पनि कमजोरी देखिएका छन , तर सम्रगमा काठमाडौको मनोविज्ञान चाही नाकारात्मक नै हो ।

नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य अजय अनुरागीका अनुसार काठमाडौको मिडियाहरु एक पक्षिय ढंगले प्रस्तुत हुन थाले पछि स्थानिय स्तरका पत्रकारहरु समेत आक्रोशित हुदै कहि कहि आफनो सिमा नाघेर अघि वढन खोजेको देखिन्छ । पुरै मधेशी समुदायहरु अधिकारका लागी आन्द्योलनमा होमिदा पत्रकारहरुको समर्थन हुनु नायज होइन तर अनुरागी भन्छन, समाचार लेख्दा वा सम्प््रेषण गर्दा सन्तुलन चाही कायम गर्नु पर्छ ।

स्थानिय स्तरमा कतिपय वुद्धजिवीहरु केन्द्रित मिडियाहरुको आलोचना गरीरहदा स्थानिय एफएम, स्थानिय टेलिभिजन र केहि अनलाईन पोर्टलहरुको समेत तीखो आलोचना गर्ने गर्छन ।

जनकपुरको एउटा टेलिभिजनमा एउटा अन्र्तवार्ताको क्रममा स्थानिय पत्रकार राम आशिष यादवले त नेपालको गैरमधेशी समुदाय अर्थात सिधा रुपमा पहाडी भनिने समुदायलाई होच्याउने गरी प्रश्न तेर्साएको प्रसंगलाई यो संवाददाता समकक्ष एउटा वुद्धजिवीले तेर्साए । केहि एफएमहरुको प्रस्तुतीहरु  पनि त्यतीकै असहज देखिएको टिप्पणीहरु भईरहेको देखिन्छ ।

जनकपुरमा कार्यरत महिला पत्रिकार मनिका झा भन्छिन, अवस्था दुवै तर्फवाट अत्यन्तै असहज देखिन्छ । उनी भन्छिन, काठमाडौ केन्द्रित मिडियाको एउटा तालले याहा एउटा आक्रोश उच्चतम विन्दूमा छ भने स्थानिय मिडियाहरुका कारण अर्कै अनेकन समस्याहरु आउने सम्भावनाहरु पनि देखिएका छन ।

No comments:

Post a Comment