Thursday, October 8, 2015

मधेशमा 'असहज' मिडिया

राष्टिय दैनिक अखवारहरु जारी आन्द्योलनको क्रममा जलाउदै प्रर्दशनकारीहरु

जनकपुर- 

गएको शनिवार दिउसो महोतरीको वर्दीवासमा यो संवादाता पुग्दा एक जनाले झोलामा पत्रिका झुण्डिएको देखे पछि  सोधे, काठमाडौ वाट पो आउनु भा को हो ? यसो पत्रिका हेर्न पाम न । किन पत्रिका काठमाडौवाट आउने  संग मात्रै हुन्छ कि क्या हो भनेर प्रतिप्रश्न गरे ? सिरहाका युगल किशोर साह यो संवादातालाइ त्यसरी प्रश्न गरे पछि मेरो प्रतिप्रश्नमा उनले फेरी फर्काए, हो त नि । याहा त आउदैनन नि पत्रिकाहरु । मैलै किन भनेर फेरी प्रतिप्रश्न गरे ? त्यस पछि उनले भन्यो, आन्द्योलन सुरु भए देखि  नै यता त पत्रिका आउदैनन नि । मेरो लागी समेत यो नयां सुचना थियो । किनकी आन्दोलन सुरु भए पछि मधेशका ठाउ ठाउमा राष्टिय पत्रिकाहरु जलाइएको समाचार पढेको र स्वयंम लेखेको पनि थिए । तर मधेशका पुर्वी क्षेत्रमा पत्रिकाहरु नै आउदैनन भनेर मेरो जानकारीमा थिएन । उक्त दिन  अर्थात गएको शनिवार म विहानै विरगंजवाट पुर्व तिर लागेको थिए । चन्द्रनिगाहमा केहि घण्टा विताए पछि वर्दीवास पुगेको थियो । वर्दीवास पुग्ने् वितिकै यो सुचनाले कानमा क्म्पन महसुस गरायो । त्यही दिन अवेर साझ सिरहाको लहानमा पुगे । भोली पल्ट विहानै लहानको पत्रिका पसलमा पत्रिका हेर्ने उदेश्यले पुगे तर त्याहा वास्तविक जानकारी पाइयो । लहानका पत्रिका पसलेले सुनायो, गएको भदौ १ गते पछि पुर्वको विराटनगरमा तराई मधेशको सर्लाही, रौतहट सम्म प्रमुख दैनिक पत्रिकाहरु पुगीरहेको छैन । मैलै कारण सोध्दा मेरो अनुमान झै उनले सुनाए, आन्द्योलनकारीहरुले ठाउ ठाउमा घोषीत रुपमै प्रमुख दैनिक पत्रिकाहरुलाई कारवाही गनेृ घोषणा गरेपछि उनीहरु त्रासका कारण बन्द नै गरीदिए । नागरिक दैनिकका सिरहा संवाददाताका मिथलेस यादवका अनुसार १ भदौमा विराटनगरमा प्रमुख दैनिक पत्रिकाहरुले बोकेर गाडीहरु निस्के पछि सिरहामा सवै गाडीहरु अडकेको थियो ।  २४ घण्टा ती गाडीहरु सैनिक क्याम्पमा राखे पछि हामीले विराटनगर नै फर्कायौ । त्यसपछि माथी वाट नपठाउने निष्कर्ष सहित पत्रिकाहरु पठाउन छाडिएको यादव बताउछन । 


असहज बन्दै मिडिया

विहिवार जनकपुरमा आयोजित एउटा पत्रकार सम्मेलनको क्रममा भेटिएका पत्रकार सुरेश यादव भन्दै थिए, हामीहरुलाई राष्टिय मिडियाको प्रतिनिधी भन्न पनि मन लाग्दैन । सुरेश यादव नागरिक दैनिकका जनकपुर संवाददाता हुन । सुरेशले प्रश्न गर्दै थिए, मधेश आज ५३ दिन बन्द भईरहदा याहाका अनेकन समस्या उत्पन्न भएको छ, आन्द्योलन उत्कर्षमा पुगेको देखिन्छ, धाईतेहरुका लागी २ हजार युवा खुन दान गरे तर ४ ओटा बोतलको पेटेलमा  मिसावट समाचार हाम्रो पत्रिकाले फ्रन्ट पेजमा छाप्छन तर २ हजार युवाको खुन दानको समाचार भित्री पनि आउदैन । यस्तो अवस्थामा हामीहरु कसरी राष्टिय मिडिया भयो ?
मधेशमा आन्द्योलन चर्के संगै विरगंजका पत्रकार रितेश त्रिपाठी देखि राजविराजका पत्रकार जितेन्द्र झा सम्मले आफना फेसबुकहरुमा स्टाटस लेखेर आफनै पत्रिकाहरुको समाचार प्रवाह गर्ने शैली प्रति तीव्र असन्तुष्टि पोखेका थिए ।

किन देखिन्छन समस्या ?

गएको साउन ३० र ३१ गतेको दुई दिन मधेश बन्द संगै ३२ साउन देखि मधेशी मोर्चाले अनिश्तिकालिन मधेश आम हडतालको घोषणा गरेका थिए । तर  ३२ साउनको अकंमा अन्नपुर्ण पोष्ट दैनिकले जनकपुरमा बन्दको विरुद्धमा प्रर्दशन शिर्षकमा समाचार छापियो । उक्त समाचारमा प्रयोग गरिएको फोटो मधेशी मोर्चाले जनकपुरमा बन्दको समर्थनमा निकालेको जुलुसको थियो । भोली पल्ट उक्त पत्रिकाले क्षमायाचना गरे । त्यसको केहि दिन नबित्दै नागरिक दैनिकले जनकपुरमा तीन बर्ष अगाडी भएको मिथिला आन्द्योलनको क्रममको एउटा फोटो प्रयोग गरेर जारी मधेश आन्दोलनको वारेमा नाकारात्मक टिप्पणी गरे । स्थानिय स्तरमा ३२ साउनमै अन्नपुर्ण पोष्टले बन्दको वारेमा गलत फोटो प्रयोग गरे पछि जनकपुर सहित मधेशका जिल्लाहरुमा सवै पत्रिकाहरु जलाईयो । त्यसको भोली पल्ट देखि विराटनगर वाट रौतहट सम्मको पुर्वी मधेशमा प्रमुख दैनिक अखवारहरु आउन छाडे ।

जनकपुरमा आन्द्योलनको अगुवाई गरीरहेका युवा सरोज मिश्रा भन्छन, आन्दोलनको वारेमा विभिन्न टिकाटिप्पणी मिडियाले गर्न पाउछ, तर मधेशी मोर्चाले अन्श्चिितकालिन आम हडतालको घोषण गरेको त्यत्रो महत्वपुर्ण समाचार कतै आउदैन अनि बन्दको विरोधमा हुदै नभएको प्रर्दशनको समाचार आउछन । उनी भन्छन, यसले हाम्रो निष्कर्ष के थियो भने राष्टिय मिडिया जारी मधेश आन्दोलनको वारेमा समाचार सम्प्रेषण गर्दैन र भयो पनि त्यही ।

लहान स्थित वुद्धजिवी डा महादेव साहले गत आईतवार यो संवादाता संगको एउटा कुराकानीको क्रममा प्रश्न तेर्साए, ५० दिन सम्म मधेश आन्दोलनको रापमा जलीरहा काठमाडौका  मिडियाकर्मीहरुले आज पनि प्रश्न गर्छन, मधेशीहरुको माग के हो ? यसले यी मिडियाहरुको स्तर कति छ भन्ने कुराको संकेत गर्छन । डा साह भन्छन, काठमाडौ केन्द्रित राष्टिय मिडियाहरु पुर्ण रुपेन सरकार नियन्त्रित मिडियाको रुपमा देन्छिन । 

No comments:

Post a Comment