Sunday, October 4, 2015

चन्द्रनिगाहपुरको "चटकन" - सचेत होउ



 चन्द्रनिगाहपुर (रौतहट) - 

गएको शुक्रवार रौतहटको चन्द्रनिगाहपुरमा थरुहट र मधेशी आन्दोलनकारीको प्रहरी संग झडप भयो । आन्द्योलनकारीहरुले पुर्व घोषणा गरेको राजमार्ग अवरुद्ध पार्ने कार्यक्रम अनुसार गएको शुक्रवार सदरमुकाम गौरवाट आन्द्योलनकारीहरुले जुलुस राजमार्ग आउनै लागेको चाल पाउदा प्रहरीहरुले १ किलोमिटर वरै छेकवार लगायो र आन्द्योलनकारीहरुलाई तितिरवितर पारेर उनीहरुलाई फर्काए । प्रहरीले रवर गोली तथा अश्यु ग्यास समेत चलाए । आन्द्योलनकारी तर्फ एक जना धाईते भएका छन भने केहि प्रहरीहरुलाई पनि समान्य चोटपटक लागेको छ । आखिर मधेशका सम्पुर्ण नाकाहरु ठप्प छन, आन्द्योलनकारीहरु ठाउठाउको राजमार्गहरु अवरुद्ध पार्दै आएका छन । तर रौतहटको चन्द्रनिगाहपुरमा मधेशी थारु आन्द्योलनकारीहरु प्रर्दशन गर्न जादा किन प्रहरीले अवरुद्ध पार्यो त ? चन्द्रनिगाहपुर इलाका प्रहरी कार्यलयका डिएसपी मनोज कुमार यादव स्वयंम भन्छन, हामीले पनि आन्द्योलनकारीहरुलाई १ घण्टा चक्काजाम गरेर विरोध कार्यक्रम गर्दा केहि फरक नपर्ने बताएका थियौ । तर म स्वयंम आन्द्योलनकारीहरुलाई राजमार्ग अवरुद्ध पार्ने दिन विहान ४र५ जनालाई समन्यवका लागी पठाई दिन भनेका थियौ । तर त्यसो भएन । आन्द्योलनकारीहरुलाई प्रहरीले शुक्रवार चन्द्रनिगाहपुर भन्दा १ किलोमिटर वरै रोकेर सुरुमा रोक्न खोजे नमाने पछि वल प्रयोग गर्ेर कार्यक्रम विथोले । चन्द्रनिगाहपुरका डिएसपी यादव भन्छन, हामीले आन्द्योलनकारीहरुलाई १ किलोमिटर वरैवाट फिर्ता नपठाएको भए त्यो दिन चन्द्रनिगाहपुरमा 'मधेशी पहाडीको दंगा' फैलिने निश्चित थियो ।  हामीले त्यही भएर १ किलोमिटर वरै उनीहरुलाई छेकवार गर्यौै । डिएसपी यादवले चन्द्रनिगाहपुरमा देखिएको सम्भावित 'मधेशी र पहाडी'  विचको भडकावको वर्णण गरेन । उनले खाली यती भन्या,े स्थिती हाम्रो नियन्त्रण भन्द्या वाहिर जान सक्ने अवस्था आउन सक्थ्यो, त्यसैले हामीले सम्भावित दुर्घटना रोक्यौ ।

सम्भावित दुर्घटनाको त्रास 


 
गएको शुक्रवार खासगरी थरुहट संघर्ष समितीको विरोध कार्यक्रम अन्र्तगत राजमार्ग अवरुद्ध पार्ने कार्यक्रम थियो । जुन विरोध कार्यक्रममा मधेशी मोर्चा सहित अन्दोलनरत सबै पक्षहरुको सहभागी थियो । यो विरोध कार्यक्रमको जानकारी स्थानिय प्रहरीलाई पुर्व नै गराइएको थियो । तर कार्यक्रम भन्दा एक दिन अगाडी गएको विहिवार एमाले नेता माधव नेपाल चन्द्रनिगाहपुर पुगेका थिए । उनी आफनो निर्वाचन क्षेत्र जान चाहेका थिए र जारी भएको नयां संविद्यानको वारेमा बोल्न चाहेका थिए । स्थानिय प्रशासनले उनले अवस्था अत्यन्तै खराव भएको र गए पछि सुरक्षा प्रदान गर्न नसकिने जानकारी गराएका थिए । त्यसपछि नेता नेपाल चन्द्रनिगाहपुर मै कार्यक्रमको आयोजना गरे । स्थानिय प्रशासनले त्यसमा अनुमती जनाए । चन्द्रनिगाहपुर क्षेत्रमा पनि एमालेकै नेता प्रत्यक्ष तर्फ जितेका छन । र चन्द्रनिगाहपुर पुर्ण रुपेण पहाडी समुदायको बाहुल्य भएको क्षेत्र हो । एमाले नेता नेपालले चन्द्रनिगाहपुुरको कार्यक्रममा बोल्दा जारी मधेश आन्दोलन केहि नेताहरुले मधेशी जनतालाइ गुमराहमा पारेर गरिएको भन्दै यसलाई चिर्न प्रतिकारको आवश्यक रहेको भन्दै स्थानियहरुलाई उस्काए । उता त्यही भन्दा एक दिन अगाडी आन्द्योलनरत मधेशी मोर्चाको शिर्ष नेताहरुको उपस्थितीमा रौतहट सदरमुकाम गौरमा बृहत आमसभा गरिएको थियो । मधेशी मोर्चाले गौरमा गएर कार्यक्रम गर्न पाउने तर आफु गौर जान समेत सक्ने अवस्था नभएको भन्दै नेपाल स्थानीय एमालेजनहरु संग गुनासाहरु गरेको चन्द्रनिगाहपुरका स्थानियहरु बताउछन ।

यसरी थरुहट आन्दोलनकारीहरुको पुर्व घोषीत विरोध कार्यक्रम जसमा स्थानिय प्रहरी पनि स्वयंम अनुमती दिएको थियो । तर स्थिती रातारात कसरी फेरियो त्यो अधिकारिक रुपमा कसैले खुलाउन चाहदैनन । तर घटनाक्रम प्रष्ट छ । रौतहटमा मधेश राजनितीका प्रभावशाली मानिने फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ता भन्छन, प्रहरी पनि हाम्रो तर्फ मात्रै किन छेकवार लगाउन आयो त्यो पनि राजमार्ग नछिर्दै १ किलोमिटर वरै ? गुप्ताले आफुहरु त्यसको आक्रोशमा प्रहरी माथी ढुगामुढा गरेको स्विकार गरे ।

स्थानिय स्रोतका अनुसार चन्द्रनिगाहपुरमा काठमाडौ सहित अन्य भागवाट आएका धेरै सवारी साधानहरु दिनभर पार्किग गरेर राखेका हुन्छ अनि वेलुकि तिर प्रहरी सुरक्षा घेरा त्यसलाई पास गराइन्छ । स्रोत भन्छन, आन्द्योलनकारीहरु तर्फ कसैलाई कुनै वाहानामा पनि दुढामुडा हुन सक्ने अवस्था थियो । यता माधव नेपाल फर्किए पछि स्थानिय 'पहाडे युवाहरु' को बैठक नै गरिएको् थियो र चन्द्रनिगाहपुरमा आन्द्योलनकारीहरु आए लखेटिने् गोप्य योजना बनाएका थिए । प्रहरीहरु दुवै सुचनावाट जानकार भईसकेका थिए । आन्द्योलनकारीहरु चन्द्रनिगाहपुर वजार नआउदै शुक्रवार विहानै देखि चन्द्रनिगाहपुर वजारमा आज मधेशीहरु बम लिएर याहा आउदै छन भने 'अज्ञात समुह' हल्ला फिजाई दिएका थिए । अली अली खुलेका पसलहरु पनि सवै बन्द भयो आम चपुरका बासिन्दाहरु आ आफना घर तिर लागी सकेको थियो ।

सचेत होउ

शनिवार विहानै चन्द्रनिगाहपुरमा स्थानिय चिया पसले सानी लामा भन्दै थिईन, 'हेर्नस हजुर हिजो त मधेशीहरु बम बोकेर याहा आउन थालेका थिए नि, प्रहरीले उतै रोके छन ।'  'नत्र के हुन्थयो के हुन्थयो हजुर हिजो', उनी भावुक मुद्रा यो संवादातासंग बोल्दै थिइन । ५० काटिसकेकी ती लामा आईमाईलाई आन्दोलन वा पहाडे मधेशी केहि संग सरोकार छैन । उनी भन्छन, खोई आफुहरु त याहा बसेको १५ बर्ष हुन लाग्यो, कहिले केहि महसुस गरिएनन । जारी मधेश आन्दोलन के का लागी हुन्छ, तपाई लाइृ कस्तो लागी रहेको छ, यो प्रश्न लामा संग गर्दा उनले भनिन, हेर्नु बाबु उनीहरुको के के कुरा संविद्यानमा मिल्या छैन रे, त्यसका लागी आन्दोलन गरीरहेका छन । हामीलाई अहिले सम्म केहि भनेका छैनन । हिजो त एक्कासी याही हल्ला आयो, हामीहरु त डर लगेपछि पसलहरु वन्द गरेर भित्र गयौ ।

केहि महिना अगाडी मात्रै सेवा केन्द्रको नाउमा रौतहटको गौरमा भएको आन्दोलनको इन्काउटरमा चन्द्रनिगाहपुरमा समेत आन्द्योलन भएको थियो । त्यस पछि गएको साउन २र ३ गते नयां सविद्यानको प्रारम्भिक खाकाको मस्यौदा माथी छलफलको क्रममा एमाले माधव नेपाल गौरवाट लखेटिएका थिए । यी र यस्ता ताजा विगतको कारण होला स्थानिय प्रहरी अधिकारीहरु भन्छन, स्थिती अत्यन्तै असहज भईसकेको छ । सवै पक्ष समयमै सचेत भएन भने कति वेला दुर्घटना होला भन्न सकिन्न ।

No comments:

Post a Comment