Friday, October 2, 2015

केपी ओली विरुद्ध "मैदान मधेश"

एमाले अध्यक्ष ओलीको पुतला बनाएर प्रर्दशन गर्दै आन्दोलनकारीहरु

विरगंज -
गएको ३ असोजमा संविद्यानसभाले नयां सविद्यान जारी गरे पछि काग्रेस एमाले र एमओवादीले दिपावली मनाउन आफना  सवै जिल्लाहरुमा निर्देशन दिएका थिए । संविद्यान जारी हुदा मधेश आन्दोलनमा होमिएको १ महिना नाघिसकेको थियो । काग्रेस र एमाओवादी स्थानिय मधेशी नेताहरु खुल्ला रुपमै आन्द्योलनमा सक्रिय देखिएकाले उनीहरुले पुर्व घोषणा नै गरे, हामी दिपावली मनाउने छैनौ भनेर । तर एमालेले मधेशका जिल्लाहरुमा झन वढी कडा निर्देशात्मक आदेश दिएका थिए, जसरी भए पनि दिपावली मनाउनु पर्छ भनेर । त्यही अनुरुप पर्साको विरगंज देखि परवानीपुर सम्मको क्षेत्रमा याहाका स्थानिय कमिटीले तीन ठाउमा दीपावली मनाउने गोप्य योजना बनाए । यता नयां सविद्यानको विरुद्धमा आन्दोलनमा रहेको मधेशी मोर्चाले फेरी त्यही दिन विरगंजमा ठुलो प्रर्दशन गरेका थिए । प्रहरीसंगको भिडन्तमा त्यही दिन पनि एक जनाको मृत्यु भएको थियो । नयां संविद्यान जारीको साझ मधेशी मोर्चाको निर्देशनमा व्लायक आटक गर्न तयारी गरीरहेको वेला स्यानिय क्ेहि एमालेजनहरु दिपावली मनाउनका लागी एक ठाउमा जम्मा भए । तर स्थिती केन्द्रले सोचेको जस्तो सहज भएन, वरु जम्मा भएका एमालेजनहरुले आफनै केन्द्रिय नेतृत्वको आलोचना गर्दैृ परिस्थितीको समिकक्षा गरेर विना दिपावली मनाएर घर फर्के । उक्त जमघटमा सहभागी एक स्थानिय एमाले भन्छन, हामीहरु जम्मा भए पछि खासगरी पार्टी अध्यक्ष केपी ओलीका कारण एमालेका स्थानिय मधेशी नेताहरुलाई याहा बस्न समेत अप्ठायारो भईसकेको निष्कर्ष निकाल्दै यो कुरा केन्द्रमा जस्ताको त्यस्तै रिर्पोटिंग गर्ने निर्णय गर्यो । ती नेता भन्छन, मधेशका पुरै जनता आन्दो्लित भइरहदा हाम्रो काठमाडौमा रहेका केन्द्रिय नेताहरुले त्यस विरुद्ध विभिन्न आलोचनात्मक टिकाटिप्पणीहरु गरीरहदा ग्राउण्डमा बस्ने एमालेहरुलाई निल्नु न ओकल्नु भएको छ । ती नेता भन्छन, काग्रेसीहरु वाठा छन, उनीहरुका सवै मधेशका साथीहरु आन्दोलनमा छन, कुनै अप्ठायारा महसुस गरेका छैन, हामी केन्द्रको निर्णय मानेर सूरुमा बस्यौ, हाम्रो त याहा राजनितीक ग्राउण्ड नै समाप्त हुने अवस्था आयो । स्वयम एमालेका मधेशमा रहेका नेताहरुका अनुसार अध्यक्ष ओलीका कारण मधेशमा एमाले र ओली दुवै आन्द्योलनकारीहरुको निशानाम छन ।  आन्द्योलन सुरु भए पछि रौतहटमा पुर्वप्रधानमन्त्री माधव नेपालको क्षेत्रमा एक स्थानिय नेता आन्दोलनमा सहभागी भए पछि पार्टीले उनलाई कारवाही नै गर्यो ।

एमालेका स्थानिय मधेशी नेताहरुका अनुसार रौतहटको उक्त घटना पश्चात अहिले सम्म मधेशका जिल्लाहरुमा जिल्ला र क्षेत्रीय स्तरका नेताहरु कम से कम आन्दोलनमा सहभागी भएन । गाउ कमिटी सम्म पनि हामीले निर्देशन दिएका छौ तर त्याहा सम्म हामी अनुगमन गर्न सकिरहेका छैनौ, एक एमालेका स्थानिय नेता भन्छन ।

किन निशानामा छन ओली ?


मधेशी मोर्चाले अघिल्लो हप्ता देखि नाकाहरु केन्द्रित आन्दोलन गर्न थाले पछि जारी मधेश आन्दोलन निष्कर्ष उन्मुख हुन थालेको स्थानिय सवै पक्षहरुको बुझाई छ । जसको स्थानिय स्तरमा सवै तप्काहरुको व्यापक सहभागीता देखिन्छ । विरगंज, रक्सौल नाकामा धर्नामा बसेका आन्द्योलनकारीहरुका माझ विरगंजका एक जना स्थानिय एमालेका कार्यकर्ता पनि देखिए । आन्दोलनकारीहरुले त्यसलाइ किन आईस भनेर हप्काउन थाले । धर्नामा सहभागी हुन पुगेका एमाले कार्यकर्ता विरगंजमा अली अली हुने खाने खालका भएकाले त्यस  विरुद्ध कडा रुपमा जाइ त लागेन तर उनलाई आन्द्योलनमा सहभागी हुन आन्द्योलनकारीहरु तीन ओटा शर्त तेर्साए । पहिलो सार्वजनिक रुपमा विज्ञप्ति निकालेर एमाले र पार्टी अध्यक्ष ओलीको विरोध गर्नु पर्ने, दोस्रो अव उपरान्त आफु मधेश आन्दोलनमा सहभागी हुने   र तेस्रो एमाले अध्यक्ष ओलीको विरुद्धमा एक पेज लामो पर्चा छपाएर गाउ गाउमा वाडने ।
यो घटनाले जारी मधेश आन्द्योलनले आन्दोलनयमय बनेको मधेशमा एमाले अध्यक्ष ओली प्रति कुन स्तरमा धारणा निर्माण बनिसकेको छ, त्यो बुझन गाहे छैन । हुनत संविद्यान जारी गर्ने प्रक्रियामा सहभागी प्रमुख तीनै दलका शिर्ष नेताहरुको यस क्षृेत्रमा कडा आलोचनाहरु हुने गर्छन । तर स्वंयम एमालेका स्थानिय नेताहरु भन्छन, हामी सवै भन्दा वलीको बोको बन्यो । स्थानिय स्तरमा आन्द्योलनकारीहरुको बैठकले एमालेका कतिपय नेताहरु विरुद्ध भौतिक कारवाही समेत गर्ने निर्णय गरेको देखिन्छ ।

विरगंजका एक जना चर्चीत एमालेका युवा नेता अरविन्द सिंह भन्छन, खास गरी एमाओले अध्यक्ष ओली प्रति मधेशमा आक्रोशको मुख्य रुपमा दुई तीन ओटा कारणहरु देखिएका छन । उनी भन्छन, यसलाई नकार्ने कुरा नै छैन, जे सत्य छ, त्यो त हामीले स्विकार गर्ने पर्छ । उनका अनुुसार खासगरी माघ ८ कै सेरोफोरो देखि ओलीले दिएको विभिन्न अभिव्यक्तिले आम मधेशी अपमानित भएको महसुस गरेको देखियो, दोस्रो संविद्यान निर्माणमा सबै उतिकै जिम्मेवार भए पनि ओलीका कारण मधेशीहरुलाई हक अधिकार दिइएनन भन्ने सन्देश काग्रेस र एमाओवादीको केन्द्रीय देखि स्थानिय स्तरका नेताहरुवाट मधेशमा प्रवाह भएको पाइयो र तेस्रो तथा सवै भन्दा महत्वपुर्ण कुरा मधेशी समाजलाई एमालेको केन्द्रिय नेतृत्वले अझै राम्ररी बुझन नसकेकै हो ।

स्थानिय स्तरमा विद्यार्थी नेताको रुपमा चर्चीत सिहं विरगंजमा राम्रो प्रभाव मानिएका पढे लेखेका युवा नेताहरुमा गनिन्छन, उनी भन्छन, काठमाडौले मधेशलाई बुझन नसकेको चाही साचो रैछ अन्यथा पटक पटक मधेशी समुदायहरु यसरी भडकने चाही होईन नि । उनले मधेशको भुराजनिती तथा अन्य कुरालाई दोष दिनु भन्दा पनि समस्याको सामाधान गर्ने हैसियत राजनितीक नेतृत्वले राखिनु पर्नेमा जोड दिन्छन । जारी आन्द्योलनका कारण फेरी एकचोटी एमालेले आफनो ग्राउण्ड गुमाएको यर्थात रहेको सिंह स्विकार्छन  ।  

No comments:

Post a Comment