Thursday, October 1, 2015

जारी मधेश आन्द्योलनको मनोविज्ञान - "...पहाड फोर्ने अभियान"

आज पुर्वको मेचि देखि पश्चिमको महाकाली सम्मको तराई मधेशको हुलाकी राजमार्गमा लाखौको संख्यामा मधेशीहरु विरोध प्रर्दशन गरेका छन । मधेशी मोर्चाले उक्त विरोध कार्यक्रमलाई मानव सांगलो नाम दिएका थिए ।

विरगंज -
विहिवार विहान विरजगंज रक्सौल नाकामा धर्नामा बसेका केहि वुढापाका उमेरका मधेशी आन्दोलनकारीहरु आफसमा कुरा गर्दै थिए, "यी काठमाडौ ह न, सरवा यी चटान जईसन पहाड ह, का, जव तक यी पहाडके नफोरी तबतक हमनी मधेशीके कल्यान नई खे ।" अर्थात उनीहरु भन्दै थिए, काठमाडौ चटान जस्तो एउटा पहाड छ, जसलाई नफोरुन्जेल मधेशीहरुको कल्याण हुदैन । जारी मधेश आन्द्योलनका कारण गएको ४७ दिन देखि मधेश बन्द छ । तर ती वुदा पाकाको अनुहारमा रती पनि त्यसले उदासिन पारेको देखिएनन । वरु उनीहरु एक आपसमा यसलाई जती दिन आन्द्योलन गर्नु परे पनि यसलाई निर्णयक वनाउनु पर्ने भन्दै थिए । कतिपय मधेशी नेताहरुले जारी आन्द्योलनको क्रममा आर कि पारको नाराहरु दिए पछि आन्द्योलनकारीहरुको मुखवाट जताजतै अचेल यो सुन्न पाईन्छ । आखिर गएको ४७ दिन देखि जारी आन्द्योलनमा यत्रो जनसहभागी देखिन्छ, विरगंजका पत्रकार चन्द्रकिशोरलाई मैलै सोधे, के छ आन्दोलनमा सहभागी जनताहरुको मनोविज्ञान ? उनले उत्तर दिनु भन्दा पहिला सम्झाए, "यो आन्दोलन होईन, यो मधेश जनआन्दोलन हो ।" यसलाई यसरी वुझनुस । जनसहभागीता को आधारमा उनको दावी छ, "यसलाई आन्द्योलन मात्रै भन्न मिल्दैन," उनी भन्छन, "यो जनआन्द्योलन हो भन्ने मेरो दाबी छ ।"

पत्रकार चन्द्रकिशोरको बुझाईमा जारी मधेश आन्द्योलनमा सहभागी मधेशी जनताहरुको मनोविज्ञानलाई दुई तरीकाले वुझनु पर्ने हुन्छ । उनी भन्छन, एउटा अहिले मधेशका गाउ गाउमा रहेको मधेशीहरुको मुखवाट सुनिएका आवाज चाही के हो भने, पहाडीहरुले हामी मधेशीलाई अधिकार दिन तयार छैन । उनी अर्को रुपमा यसलाई राज्यको व्यहवार संग जोडिएर हेर्छन, भन्छन, यसको मुख्य आशय राज्यले मधेशीहरुलाई आफनो बनाउन प्रयास नगरेको हो । उनी भन्छन, मधेशीहरुलाई काठमाडौ संग जोडिने प्रयास नहुनु र जारी नयां सविद्यानमा मधेशीहरु असन्तुष्टि जारी आन्द्योलनको् मनोविज्ञान देखिन्छ । स्थानिय एफएमहरुमा गाउ गाउवाट मानिसहरु फोन गर्दा उनीहरुको कुरा सुन्नुस, अनी पो मधेशमा कती आक्रोश छ भन्ने कुराहरु बुझिन्छ, चन्द्रकिशोर भन्छन । उनी भन्छन, जारी आन्द्योलनमा प्रहरीवाट भएको अत्यद्यिक दममका कारण पनि आन्द्योलनको स्वरुप यो उचाईमा पुगेको छ ।

उचित व्यवस्थापनको खाचो 


 
आज मात्रै ४७ दिनमा रहेको मधेश आन्द्योलनको क्रममा पुर्वको मेचि देखि पश्चिमको महाकाली सम्मको तराई मधेशलाई जोडने हुलाकी राजमार्गमा एक साथ लाखौको संख्यामा मधेशीहरु उपस्थित भएर मानव संगालो बनाएर विरोध गरेका छन । काठमाडौमा कतिपय प्रमुख नेताहरुकै मुखवाट जारी मधेश आन्दोलनको कुनै माग नै नभएको टिपपणीहरु पनि सार्वजनिक नभएका होईन । कतिपयले जारी आनन्दोलन आफै सकिने समेत दावी गरे । विरगंजमा आन्द्योलनको अग्रपंक्तिमा देखिने संघिय सदभावनाका नेता शिव पटेल भन्छन, यो काठमाडौको भ्रम हो , पटेल भन्छन, आज ४७ दिन आन्द्योलनको भईसक्यो तपाई कल्पना गर्नुस मानिसहरु किन एकनासले गाउ गाउ वाट अन्द्योलनमा होमिएका छन । आन्द्योलनमा याहा कसैलाई निर्देशन वा कार्यक्रम दिनै पर्दैन, पटेल भन्छन, जताजतै स्वफुर्तत रुपमा मानिसहरु विभिन्न विरोधात्मक कार्यक्रमहरु गरीरहेको देखिन्छ । उनी भन्छन, गाउ गाउमा हामीलाई सुचना आउछ आज यो चौकमा यस्तो विरोध कार्यक्रम भयो त आज यो चौकमा फलानो विरोध कार्यक्रम भइरहेको छ ।

हाल विरगंजमा रहेका सदभावना पार्टीका सहअध्यक्ष  लक्ष्मण लाल कर्ण भन्छन, जारी आन्दोलन यती उचाईमा पुगीसकेको छ कि यसलाई उचित व्यवस्थापन भएन भए यो मुलुक र हामी दुवैको कुनै खैरीयत रहने छैन । कर्ण भन्छन, आन्द्योलन यो उचाईमा पुग्छ भन्ने हामी आकंलन नै गरेका थिएनौ । तर मधेशी जनताको यो प्रगट भएको राजनितीक लडाईलाई उचित व्यवस्थापनको सवालमा हामी ढुड छौ । उनी भन्छन, आन्द्योलनको उचाईले हामी अर्थात आन्द्योलनको आव्हान गर्ने मधेशी मोर्चाका नेतृत्वहरुलाई पनि ललकार दिईरहेको छ । कर्णका अनुसार आन्द्योलनकारीहरुले ठाउ ठाउमा नेताहरुलाई नयां सविद्यानमा मधेशीहरुको अधिकार ठिक ढंगले लेखाउनु पर्ने चेतावनीहरु दिने गरेका छन । उनी भन्छन, कुरा प्रष्ट छ, यदी हामीले यसलाई सहि ढंगले गराउन सकेनौ भन्ने जनता हाम्रो विरुद्धमा पनि जान्छ ।

काठमाडौमा प्रमुख दलका नेताहरुले नयां संविद्यानमा मधेशीहरुको अधिकारहरु पनि प्राय जसो सवै सम्बोधन गरिएको भनेर दिईरहेको अभिव्यक्तिलाई कर्णले राजनितीक वईमानीको संज्ञा दिए । हालै काठमाडौमा वार्ताको विभिन्न अनौपचारिक कुराकानीमा समेत सहभागी भएका कर्णले दलानलाई तीन पेजको एउटा दस्तावेज देखाउदै भने, हेर्नुृस यो ३५ ओटा कुराहरुमा मधेशीहरुसंग यो संविद्यानले वईमानी गरेका छन, अनि आन्द्योलन किन मधेशीहरुले गरीरहेका छन भनेर गलगफती गर्नुको कुनै तुक छैन । हालै काठमाडौमा सतारुढ पक्षहरु संग अनौपचारिक वार्ताहरुको पहलमा आफुले यो ३५ बुदे कुरालाई नयां संविद्यानमा संशोधन गर्न उनीहरुलाई सुझाएका छु । यो दस्तावेज सवै पक्षहरु समकक्ष पुगीसकेको उनको भनाई छ । तर कर्ण भन्छन, विभिन्न पक्षहरु संगको कुराकानीले हामी अझै विशवस्त हुन सकेका छैनौ । तमलोपा अध्यक्ष ठाकुर र सरकारी वार्ता टोली विच आज मात्रै अनौपचारिक वार्ता काठमाडौमा भयो, कर्ण भन्छन, तर सरकार पक्ष अझै इमान्दारीता पुर्वक मधेशलाई सम्बोधन गर्लान जस्तो हामीलाई लाग्दैन । उनी भन्छन, काठमाडौमा भएको विभिन्न अनौपचारिक कुराकानीको सम्रग मधेशी मोर्चाले निकालेको  अहिले सम्मको अन्तिम निष्कर्ष के हो भने, काठमाडौ संघियतामा जान चाही रहेका छैन । अनौपचारिक कुराकानीमा सतापक्षहरुले मधेशी मोर्चाको सवै मागहरु सम्बोधन गर्न तयार रहेको जनाउ दिदै तर संघियतालाई थाती राखेर आयोगको जिम्मा दिए पछि हामीहरु नमानेको कर्णले बताए । उनी भन्छन, संघियता मात्रै होईन तर यो मधेशीहरुको एउटा प्रमुख माग हो, यसलाई नै छाडेर वार्ता गर्नुको कुनै तुक नै छैन ।  उनी भन्छन, यो उचाईमा पुगेको आनद्योलनलाई सहि र उचित ढंगले व्यवस्थापन भएन भने यसले मुलुककै लागी गम्भिर दुघंटनाहरु निमत्याउन सक्छ, जुन नत यो राष्टका लागी हितकार छ नत हामीहरुका लागी ।


No comments:

Post a Comment