Thursday, October 1, 2015

जितेन्द्र सोनल रिहा


कलैया -
जिल्ला अदालत बाराले तराईमधेसमा जारी आन्दोलनको क्रममा पक्राउ परेका तराई मधेस लोकतान्त्रिक पार्टीका सह महामन्त्री जितेन्द्र सोनल र केन्द्रीय सदस्यसमेत रहेका जिल्ला अध्यक्ष नवलकिशोर सिंहलाई रिहा गर्ने अज आदेश दिएको छ । न्यायाधीश भोजराज शर्माको इजलासबाट बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएपछि उनीहरु रिहा भएका हुन् । अधिकार क्षेत्र नाघेर प्रमुख जिल्ला अधिकारीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएर कारागार पठाएको विरुद्धमा जिल्लाका बार एसोसिएसनका अध्यक्ष रामचन्द्र सिंहसहितका अधिवक्ताहरुले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । तीन दिनको बहसपछि यस्तो आदेश भएको हो । प्रजिअले गैर कानुनी रुपमा मुद्दा चलाएकोले मुद्दा खारेजसहित बन्दी रिहा गर्ने आदेश भएको छ,ु अधिवक्ता अरुण दुबेले भने, ुप्रजिअले संविधान र कानुन मिचेर अधिकार क्षेत्र भन्दा बाहिर गएर मुद्दा चलाएका थिए, त्यसैले मुद्दा खारेज भएको हो । बारापर्साका झन्डै ४० जना अधिवक्ताले बहस गरेका थिए ।


आन्लदालनको क्रममा तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि प्रजिअ बालकृष्ण पन्थीले विगोसहित गरी जनही १ लाख ४९ हजार तीन सय ७५ रुपैयाँ धरौटी माग माग गरेका थिए । पछि उक्त धरौटी आरोपीले बुझाउन नमानेपछि प्रजिअ पन्थीले दुबैलाई असो १० गते थुनामा राख्ने आदेश दिएका थिए । दुबै नेता भदौ २९ गते नितनपुरबाट पक्राउ परेका थिए ।

रिट परेपछि अदालतले मुद्दा चलाउनुको लिखित कारणसहित दुबै बन्दीलाई अदालतमा २४ घण्टा भित्र उपस्थित गराउन विपक्षी प्रजिअसहित प्रहरीप्रमुख को नाममा गरेको आदेश बमोजिम विपक्षी अर्थात प्रजिअ बालकृष्ण पन्थी, प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर मल्ल र प्रहरी निरीक्षक पुरुषोत्तम खड्कालाई आदेश गरेका थियो ।


No comments:

Post a Comment