Wednesday, October 7, 2015

भारदहका भारी मनहरु

देव नारायण विश्वास 

भारदह (सप्तरी)- 
 
भारदह सप्तरीका देव नारायण विश्वास गएको १० दिन देखि घर अगाडीको दलानमा २४ औ घण्टा विछिप्त रुपमा आराम गरीरहेका हुन्छन ।  विश्वास गएको १ भदौमा भारदहमा प्रहरीको गोली वाट सिकिस्त धाईते भएका थिए । त्यस पछिको १ महिना भन्दा वढी उनी विराटनगर र धरान अस्पतालमा थिए । १० दिन अगाडी धरानमा उनको् अपरेशन भए पछि उनी भारदह स्थित आफनो घरमा फर्किएका छन । घरमा दुई ओटा छोरी विवाह गर्ने जिम्मेवार काघमा भएको एउटा समान्य किसान विश्वासका लागी अहिले पहाड भन्द्या ठुलो समस्या आईपरेको जस्तो महसुस भईरहेको छ । मधेशको समाजमा अहिले पनि छोरीको विवाह ठुलो आर्थिक भारको कार्य मानिन्छन । गएको सोमवार दिउसो विश्वासको घरमा पुग्दा उनी अचेत अवस्थामा सुतिरहेको थियो । कुराको सुरुमै उनलाई सोधे उपचारको लागी कस कसले अहिले सम्म सहयोग गर्यो नि ? उनी भने, अहिले मेरो आफनै ४० हजार खर्च गरेर उपचार गराए, स्थानिय मधेशी मोर्चाका नेताहरु त्यस मध्ये १६ हजार रुपैया हामीलाई दिएका छन । त्यस वाहेक अरु कसैले केहि दिएको छैन । सरकारले तीन हप्ता अगाडी जारी मधेश आन्दोलनको क्रममा धाईते भएकाहरुको उपचार सरकारी पक्षले निशुल्क गरी दिने् निर्णय गरेका थिए । तर भारदह घटनाका सवै भन्दा सिकिस्त धाइते विश्वास भन्छन, अहिले सम्म कसैले सोध्न समेत आएन ।

जारी आन्दोलनमा सवै भन्दा पहिलो सहिद भएको राजीव राउतको भारदह सप्तरीमा अत्यद्यिक प्रहरी वल प्रयोग भएको भन्दै चौतर्फी आलोचना भए । त्यही घटनामा सवै भन्द्या सिकिस्त धाईते भएका देव नारायण विश्वास १ महिना लामो उपचार पश्चात घर फर्केका छन । उनी घटना सम्झदै भन्छन, म त एमालेको संगठित सदस्य, हेर्नुस प्रहरीको ज्यादती देखेर सहन नसके पछि सडकमा उत्रेका थियौ, प्रहरीको गोली खुटावाट झिरे पछि त्यही लडे । विश्वास एमालेका संगठित सदस्य भए पनि उनी भन्छन, प्रहरीको ज्यादती यसरी देखिएको पुरै गाउलेहरु सडकमा आए, प्रहरी जथाभावी गाली गर्दै हामी माथी गोली बर्षाए ।

दुई ओटा छोरी र दुई ओटा छोराको अभिवावक समेत रहेका ४० बर्षीय विश्वास जेठी दुवै छोरी विवाह गर्ने मनस्थितीमा थिए । छोराहरु कान्छा छन, एउटा ९ कक्षमा पढदै छन भने अर्को ६ कक्षामा । छोरीहरु ९ कक्षा सममको पढाई सिध्याएका छन । विश्वास भन्छन, गरिव मान्छे अगाडी पढाउने हैसियत मेरो छैन, त्यसैले विवाहका लागी जोहो गर्दै थिए । अब कसरी के हुन्छ, सवै कुरा वारेमा विश्वास परिवार अन्योलमा देखिन्छ ।
 
विश्वासका अनुसार गएको ३२ साउनमा भारदहको चौकमा मधेशी मोर्चाका स्थानिय नेता तथा कार्यकर्ताहरु सडक जाम गर्दै धर्नामा बसेको वेलामा प्रहरीसंग समान्य झडप भएको थियो । त्यही निहूमा स्थानिय प्रहरीले सडक देखि गाउका घर घरमा पसेर स्थानियहरुलाई कुटपिट तथा गाली गलौच गरे । एक जना महिलासंग दुव्र्यहवार तथा एक जना पुरुषलाई धिसारदै तान्दै कुटपिट गरे पछि पुरै गाउलेहरु प्रहरी विरुद्ध खनिएका थिए, उनी भन्छन, त्यही क्रममा हामी पनि गयो । उनका अनुसार प्रहरीका् अत्यद्यिक वल प्रयोगका कारण पुरै गाउलेहरु सडकमा उत्रे पछि भारदह घटना हुन पुग्यो । प्रहरीको चलाएको जथाभावी गोलीहरु स्थानिय वासीहरुको घरमा लागेको चिन्ह्हरु अझै देखिन्छ । वगैचामा रहेको बासहरुमा गोली लागेको चिन्ह् त्यतीकै देखिन्छ ।
 
दिलीप मंडल


त्यही घटनाका अर्को धाईते भएका दिलीप मंडल भन्छन, म त स्थानिय स्तरमा मेडिकल क्लिनिक चलाउने मान्छे, तर यसरी स्थितीलाई प्रहरीले असहज वनाई दिए कि हामी सवै जना सडकमा उनी विरुद्ध उत्रियौ । दिलीपको पेटमा गोली लागेको उनी दुई दिन पछि मात्रै थाहा पाए । उनी भन्छन, पहिला यसो छर्रा मात्रै लागेको हो कि भनेको ठानेका थियौ तर दुई दिन पछि स्वास लिन नै गाहे भयो, त्यस पछि विराटनगर गएर उपचार गराउदा पेट भित्र गोली छिरेको रैछ । दिलीप उपचार गराएर समान्य अवस्थामा फर्कन लागेको छ । तर उनी पनि उपचार वापत सरकारको तर्फवाट १ रुपैया समेत पाएका छैन । उनी भन्छन, स्थानिय मधेशी मोर्चाको केहि सहयोग तथा म आफनै रकमले उपचार गराएर फर्केको छू । सरकारले आन्दोलनमा धाईते भएकाहरुले उपचार रकम दिने वारेमा आफु पनि समाचारमा सुनेको बताउदै दिलीप भन्छन, तर अहिले सम्म त्यसको वारेमा कसैले केहि भनेको समेत सुचना हामीले पाएका छैन । मंगलवार मात्रै काठमाडौमा सरकार र आन्दोलनरत मधेशी मोर्चा विच पहिलो पटक औपचारिक वार्ता भएको छ ।  मधेशी मोर्चाले उक्त बैठकमा वातावरण  बनाउनका लागी सरकारले घोषणा गरेको वाचाहरु वास्तविक पात्रहरु सम्म पुर्याउन भनेका थिए ।

No comments:

Post a Comment