Monday, October 5, 2015

वार्ता वारे मधेशको 'ग्राउन्ड' बुझाई - नेतृत्व सचेत नभए विद्रोह


लहान (सिरहा)- 
 
शनिवार सिरहाको लहानबजार स्थित एउटा चिया पसलमा दुई जना तरकारी व्यापारी एक आपसमा कुरा गर्दै थिए, 'काहादुन आई उपेन्द्र काठमाडू गेलइय,  वार्ता कर, उपेन्द्र कथि कहलकई अ से काहादुन जावेतोरी मेची स महाकाली तक के मधेश नई देतई तावे तोरी आन्द्योलन रहवे करतइ, अर्को ले त्यस पछि थपे, ठिके त कहलकई य, माओवादी जका १० वाजी खुचुर खुचुर कईला वन्द करतइ, जावे तोरी माग पुरा नई होई हई तावे तोरी रहदऊ आन्द्योलन, एक साल दशमी आ छठ नहीए होतई त कथि होतइ ।' अर्थात एउटाले भन्छन, उपेन्द्र आज वार्ताका लागी काठमाडौको छ भन्ने कुरा सुन्नमा आको छ, उनले मेचि देखि महाकाली सम्मको मधेश नदिए सम्म आन्दोलन जारी राख्ने वताएका छन रे नि । त्यस पछि अर्को त्यसमा थप्छन, ठिकै त भनेका छन, माओवादी जस्तो पटक पटक बन्द किन गर्नु, एकैचोटी जारी आन्द्योलनलाई निष्कर्षमा पुर्याएर आन्द्योलन रोक्नु पर्छ । एक बर्ष दर्श र छठ नमाउदैमा के नै जान्छन र ।
 
यो मधेशको आम प्रतिनिधीको आवाज हो । मधेशमा आज जारी आन्द्योलनको ५१ दिन भईसकेको छ । हिजो मात्रै मधेशी महिलाहरुले मनाउने जितिया पर्वलाई ध्यानमा राखेर स्थानिय मधेशी मोर्चाले आजका लागी लहान वजार विहान खुल्ला गर्न पाउने भनेर निर्णय गर्दै बजारमा माईकिंग गरेका थिए । तर आज लहान वजार खुलेन । पहिलो मधेश आन्दोलनको केन्द्र रहेको सिरहाको लहान अहिले शान्त देखिए पनि आन्दोलनको प्रभाव अत्यद्यिक देखिन्छ । लहान बजार आज नखुले पछि स्थानिय मोर्चाले आज वेलेकी याहा निकालेको मसाल जुलुसको क्रममा फेरी माईकिंग गर्दै आफुहरुको अनिश्तिकालिन बन्द भोली देखि फेरी यथावत रहेको जनाउदै थिए ।

हिजो मात्रै मधेशी मोर्चाले काठमाडौमा सरकारी पक्षसंग वार्ताका लागी चार सदस्यीय कार्यदल वनाए पछि वार्ताको चर्चा यत्रतत्र सुन्नमा पाईन्छ । चौक चौकमा भेला हुने मधेशीहरु त्यसवारेमा विभिन्न टिकाटिप्पणी हरु गरीरहेको देखिन्छ । अधिकाशंको एउटा स्वर सुनिन्छन, मधेशी पार्टीहरुका अध्यक्षहरु मधेशी मागसंग फेरी सताको सम्झौता नगरोस । किनकी काठमाडौमा अहिले नै नयां प्रधानमन्त्री संग नया सरकार गठनको प्रक्रिया अघि वढेको छ । आम मधेशीहरुमा त्यसलाई लिएर विभिन्न खालको टिकाटिप्पणीहरु सुन्नमा पाइन्छ । यद्यपी अहिले सम्म मधेशी मोर्चाका शिर्ष नेताहरुले मागमा तलमाथी नहुने भन्दै आन्दोलनको भावना प्रति प्रतिवद्ध रहेको भन्दै आएका छन ।

नेतृत्व चुके, नया नेतृत्व जन्मने 

सदभावना पार्टीका प्रभावशाली युवा नेता राजू गुप्ता भन्छन, आन्दोलन जुन उचाईमा पुगेको छ, यदी त्यसलाई सहि ढंदले व्यवस्थापन गरिएन भने मधेशी पार्टीहरुका अध्यक्षहरु विरुद्ध ठुलो विद्रोह हुने निश्चित छ ।

 
सदभावना पार्टीका केन्द्रिय सदस्य तथा सिरहामा प्रभावशाली मानिने सदभावना नेता राजू गुप्ता भन्छन, आन्दोलन जुन उचाईमा पुगेको छ, यदी त्यसलाई सहि ढंदले व्यवस्थापन गरिएन भने मधेशी पार्टीहरुका अध्यक्षहरु विरुद्ध ठुलो विद्रोह हुने निश्चित छ । गुप्ता भन्छन, यो आन्द्योलन जुन चरणहरु वाट पार गर्दै अगाडी वढीसकेको छ, त्यसले मधेशी नेतृत्वहरु लाई समेत चुनौती थपेकै हो । मधेशीहरु यसलाई आर कि पारको लडाई भन्छन, गुप्ता भन्छन, गएको ५० दिन भन्द्या वढी सम्म मधेशहरु यसरी आन्द्योलन गर्छन भन्ने कसले कल्पना गरेका थिए, त्यसैले मधेशको जमिनमा भईरहेको राजनितीक परिवर्तनलाई नेतृत्वहरुले आत्मसाथ गर्छ भन्नेमा म अहिले सम्म ढुक्क छू । गुप्ताका अनुसार आम मधेशीहरु अहिले सम्म पनि मधेशी पार्टीहरुकै अध्यक्षहरु माथी भरोसा गरीराखेका छन । वार्ताको माध्यमवाट कस्तो प्रतिफल आउछ, त्यसले मात्रै मधेशी नेतृत्वहरुको अगामी भविष्यको राजनितीक उचाईको आकंलन गर्न सकिने गुप्ताको विश्लेषण छ । 
 
तमलोपाका सिरहा स्थित एक नेता राकेश झाका अनुसार मधेशीहरु अहिले सम्म पनि वर्तमान नेतृत्वहरु वाट आशा मारिसकेका छैन । झा भन्छन, आम जनतस्तरवाट सहभागी आन्द्योलनकारीहरु अहिले पनि वर्तमान मधेशी पाटीहरु कै नेतृत्व माथी ताकेर बसीरहेको छ । उनी भन्छन, तर यसको अर्थ यो होईन कि उनीहरुले जे मा हस्ताक्षर गरे पनि मधेशी जनता त्यसलाई स्विकार गर्छन । झाका अनुसार आन्द्योलन प्रति काठमाडोको रवैयाले आन्दोलनकारीहरु थप आक्रोसित देखिएकाले यसले व्यवस्थापन केहि जटील हुने सम्भावना छ ।
 
सप्तरीको राजविराज स्थित साझा पुस्तक पसलका संचालक शिव नारायण साह भन्छन, वार्तामा नेतृत्व चुके पछि मधेशमा नयां नेतृत्व जारी आन्द्योलनले नै जन्माउने स्थिती आईसकेको छ । साह भन्छन, वर्तमान मधेशी पार्टीहरुको अध्यक्षहरुको विगतको कमजोरीका कारण मधेशीहरुमा अहिले पनि अत्यद्यिक शंका देखिन्छ , यदी वार्ताको नाममा फेरी सताको फोहरी खेलमा यीनीहरु लाग्यो भन्ने अव यीनीहरु यही आन्द्योलन वाटै समाप्त हुने छन । उनी भन्छन, वास्तवमा मधे्शको आन्द्योलन नयां नेतृत्व समेत जन्माउनु पर्ने थियो तर काठमाडौमा नयां सविद्यान यसरी हतार जारी गर्ने प्रकिया अघि वढाइयो कि मधेशीहरु सिधै आन्द्योलन होमियो । पुराना नेतृत्वहरुका लागी यो अवसर बन्न पुगेको छ, आफुहरु विगतको गल्तीहरुवाट पाठ सिक्ने, साह भन्छन । उनी भन्छन, त्यही भएर वार्ता कसरी भईरहेको छ, त्यसलाई आम मधेशका नागरिकहरुले वडो गम्भिर भएर हेरिरहेका छन । किनकी गएको ५० दिन भन्दा वढी देखि मधेश आन्दोलनमा होमिएको छ । यो चानचुने कुरा होईन ।

1 comment: