Tuesday, September 29, 2015

वार्तामा आन्दोलनरत सवै पक्षविच सहकार्य


गएको डेढ महिना देखि मधेश तथा थरुहटमा आन्द्योलनरत पक्षहरु संग सरकार वार्ताको अनौपचारिक कुराकानी अघि वढाए पछि आन्दोलनरत सवै पक्ष एकै सहकार्य गरेर अघि वढने आन्तरिक रणनिती वनाएका छन । सरकारी पक्षले आन्दोलनरत पक्षहरु संग वार्ताको क्रममा रणनितीक चाल प्रयोग गर्दै आन्दोलनको मुद्धालाई कमजोर वनाउन सक्ने सकेंतको आधारमा मधेशी मोर्चा सहित गच्छदारको मोर्चा, थरुहट संघर्ष समिती, राष्टिय मुस्लिम सघर्ष समिती विच यस्तो तालमेल हुन थालेका हुन । सरकारी पक्षले एउटा संग कुरा गर्ने वितिकै त्यो सवै कुरा हामी एक आपसमा सेयर गर्छौ, अनौपचारिक कुराकानीमा संग्लन तमलोपा सहअध्यक्ष हृदेश त्रिपाठी भन्छन, आन्दोलनको मुद्धा र आन्दोलनरत समुहलाई छुटा छुटै फकाएर आन्द्योलनको कमजोर व्यवस्थापन हुन हामी दिने छैनौ । आज मात्रै सरकारी वार्ता समितीले समय मागे पछि फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले तमलोपा अध्यक्ष महन्थ ठाकुर संग संगै कुराकानी गर्ने जानकारी सता पक्षलाई दिएका थिए । त्यस पछि सरकारी टोलीले संयुक्त रुपमा गच्छदार र ठाकुर संग कुराकानी गरेका थिए । पछिल्लो समयमा जारी मधेश आन्द्योलनका कारण नेपाल भारत नाकाहरु ठप्प भए पछि सरकारी पक्ष वार्ताका लागी चासोहरु राख्न थालेका छन ।


आउदो १५ गते सरकारले संसदको अधिवेशन डाकेकाले त्यसवाट सरकारी पक्ष हालै जारी संविद्यान संशोधन गरेर मधेश आन्द्योलनलाई सम्बोधन गर्न तयार रहेको जानकारी आन्दोलनरत समुहहरुलाई दिएका छन । हिजो मात्रै तमलोपाका अध्यक्ष ठाकुर र सरकारी टोली विच भएको अनौपचारिक कुराकानीमा ठाकुरले नयां संविद्यानमा संशोधन गर्नु पर्ने बुदाहरु टिपाएका थिए । त्यस पछि सरकारी टोलीले त्यसलाई आफसमा छलफलहरु गरेर फेरी भेटन कुरा गरेका थिए । त्यही भएर आज फेरी सरकारी टोली ठाकुर, गच्छदार सहितका अन्य पक्षहरु संग अनौपचारिक कुराकानीहरु गरेका थिए । बैठक स्रोतका अनुसार सरकारी पक्ष अझै आन्दोलनरत समुहहरुको मागहरुको वारेमा स्पष्ट भईसकेका छैन । स्रोत भन्छन, हामी वार्ताका विरोधी नभएकाले उहाहरुले समय मागे पछि समय दिन्छौ तर यसको अर्थ यो छैन कि हामी आफनो मुद्धामा सम्झौत ागर्ने छौ । ठाकुरजीले दुई दिन अगाडी नै सरकारी पक्षलाई प्रष्ट रुपमा भनिसकेका छन, तपाईहरु पहिला मधेश आन्दोलनको मागहरुको वुदाहरुमा आफसमा छलफल गरेर ठोस अवधारणा ल्याउनु त्यस पछि मात्रै औपचारिक वाताृको टेवलमा हामी बस्ने छौ । अन्यथा हामी औपचारिक टेवलमा बस्ने छैनौ ।

स्रोतका अनुसार अहिले वार्ताका लागी धनिभुत रुपमा भईरहेको अनौपचारिक कुराकानीहरुमा मुख्य गरी तीन ओटा विषयमा छलफलहरु भइरहेको छ । प्रथम, संघियता सिमाकंन, दोस्रो समानुपातिक समावेशीता र तेस्रो जनसंख्याको आधारमा निर्वाचन क्षेत्र । बैठकमा सहभागी नेताहरुका अनुसार यी मुद्धामा सतारुढ दलहरु संग ठोस सहमतीको खाका नबने सम्म औपचारिक वार्ताको टेवलमा आन्दोलनरत पक्षहरु बस्ने छैन ।

No comments:

Post a Comment