Saturday, September 26, 2015

बाबुराम भटराई सहित एमाओवादीका असन्तुष्ट मधेशी नेता संग मधेशी मोर्चाको छलफल हुने ।

आज एमाओवादी परित्याग गरेको घोषणा गर्दै पुर्वप्रधानमन्त्री बाबुराम भटराई । फोटो - अनलाइनखवर

आज मात्रै एमाओवादीको सम्पुर्ण पद परित्याग गरेका पुर्वप्रधानमन्त्री डा बाबुराम भटराई सहित एमाओवादीका असन्तुष्ट मधेशी नेताहरु संग आन्द्योलनरत मधेशी मोर्चाले छलफल गर्ने भएका छन । केहि दिन अघि मात्रै भटराई एक विज्ञप्ति निकाल्दै जारी मधेश आन्द्योलन प्रति एक्यवद्धता जनाएका थिए । तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठीका अनुसार एमाओवादीका मधेशी नेताहरु यस अघि देखि नै जारी मधेश आन्द्योलनमा सहभागी भईरहदा आज पुर्व प्रधानमन्त्री भटराईले चालेको कदम साकारात्मक छ । त्रिपाठी भन्छन, भटराईको कदमले जारी मधेश आन्द्योलनलाई थप सहयोग पुग्ने भएकाले आन्दोलनरत मधेशी मोर्चा उनीसहित एमाओवादीका असन्तुष्ट मधेशी नेताहरु संग छलफल गर्ने तयारी गरेका छन । एमाओवादीका मधेशी नेता प्रभु साह जारी आन्द्योलन प्रति एक्यवद्धता जनाउदै संविद्यान जारी गर्दा प्रक्रियामा समेत सहभागी भएका थिएन । त्रिपाठी भन्छन, आन्द्योलन प्रति एक्यवद्धता जनाउदै जाहा जाहा वाट कदमहरु चालिन्छ, त्यो सवैलाई समेटेर अघि वढने योजनामा मधेशी मोर्चा छ ।

गच्छदार सहित अन्य संग कार्यगत एकताको तयारी ।


मधेशमा आन्द्योलन चर्के संगै १६ बुदे सहमतीमा हस्ताक्षर गरेका फोरम लोकतान्त्रिकका विजग गच्छदार सहित आन्दोलनमै रहेका अन्य घटकहरु संग कार्यगत एकताको घोषणाको अन्तिम तयारीमा मधेशी मोर्चा पुग्न लागेको बताएका छन । आज मात्रै काठमाडौमा तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, सदभावनाका अध्यक्ष राजेन्द्र महतो विच छलफल भएको थियो । उक्त बैठकमा सहभागी तमलोपा सहअध्यक्ष त्रिपाठीका अनुसार कार्यगत एकता घोषणा गर्ने आज सहमती भएको छ । यसैगरी दुई मोर्चाले गठन गरेको कार्यदल विच पनि आज बैठक भएको छ । कार्यदलको बैठकले कार्यगत एकता घोषणा गर्ने आधारहरु तयार पार्न लागेको छ । भोली फेरी बैठक छ, कार्यदलका सदस्य राम नरेश राय भन्छन, अन्य पक्षहरु संग पनि एक चोटी बसेर त्यस पछि अन्त्मि टुगो लगाउने तयारीमा सवै पक्षहरु छन । रायका अनुसार एमाओवादीका असन्तुष्ट मधेशी नेताहरु पनि मोर्चा संग सहकार्य गर्दै अघि वढने अनौपचारिक कुराहरु अघि ल्याएका कारण मोर्चा सबै पक्षहरु संग छलफल गरेर सवै पक्ष विच एकै चोटी कार्यगत एकताको घोषणाको तयारी गरीरहेका छन ।

1 comment:

  1. प्रेस-वक्तव्य
    अबेर भए पनि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट जनताको मूल एजेण्डा फाली एकपक्षीय र प्रतिगामी संविधान निर्माण गर्न तम्सेर लागेको, मधेश र थारु बिरोधी अभिव्यक्तिमै रमेको नेकपा माओवादीको परित्याग र संसदबाट राजीनामा, सार्वजनिक आत्मआलोचना र गल्ती सुधार्ने प्रयास हो । म वहाँको यस कदमको सराहना गर्दछु । काँग्रेस, एमाले र एमाओवादीका अन्य सांसदहरु, खास गरेर मधेश-क्षेत्रबाट मधेशी जनतालाई अधिकार सम्पन्न स्वायत्त मधेश प्रदेशको लागि लड्ने वाचा दिएर निर्वाचित हुनेहरु यसबाट असल पाठ सिक्नु हुनेछ भन्ने आशा लिएको छु ।
    २०७२ आश्विन ९ गते
    बृषेश चन्द्र लाल
    उपाध्यक्ष, तमलोपा ।

    ReplyDelete