Friday, September 25, 2015

राजेन्द्र महतो काठमाडौमा । 'साइड टक' मा सहभागी नेताहरु भन्छन - दुईचार दिन अझै पख्नुस

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालासंग मधेशी मोर्चाको ०६४ फागुन १६ गते भएको ८ बुदे सम्झौताको क्षण ।


मधेशमा आन्दोलन चर्किए संगै १ भदौमा सप्तरीको भारदहमा राजीव राउको मृत्यू भए पछि राजेन्द्र महतो काठमाडौवाट सप्तरी हिडेका थिए । राजीव राउतको मृत्यू भएको दिन साझ उनले पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरेर सदभावना पार्टी संविद्यानसभा वाट वाहिरिएको घोषणा गरे । त्यस पछि मधेश झरेका उनी अव वार्ता पनि मधेशमै गर्ने भन्दै आन्द्योलन निष्कर्षमा नपुगे सम्म काठमाडौ नफर्कने घोषणा मात्रै गरेन । विच विचमा तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौ आउदा उनीहरुको कडा आलोचना पनि सार्वजनिक रुपमै गरे । तर आज उनी किन काठमाडौ आए भने कसैलाई पतो छैन । उनी निकटस्तहरुले भोली विरगंज जानका लागी आज विराटनगरवाट याहा आएको र भोली विरगंज जाने बताएका छन । तर पछिल्ले समयमा नाकाहरु बन्द भए पछि सरकारी पक्षहरु पनि वार्ताका लागी पनि विभिन्न प्रयासहरु गरीरहेको सन्दर्भमा कतिपय भित्रियाहरु यसलाई महत्वपुर्ण रुपमा लिएको बताउछन ।

के हुदै छ 'साईड टक' मा


मधेशमा आन्दोलन जारी भएको आज ४१ दिन वित्दै छन । सुरुमा खासै चासो नदिएको सरकारी पक्ष टिकापुर घटना लगतै आन्दोलनरत मधेशी मोर्चालाई वार्ताका लागीपत्राचार गरेका थिए । त्यस पछि मोर्चाका नेताहरुले वार्ताका लागी ४ ओटा सर्तहरु सरकारसामु राखेका थिए । त्यस पछि वार्ताका लागी सरकारी पक्षहरुवाट खासै चासो देखिएनन । आन्द्योलन चलीरहदा मधेशी नेताहरु अनौपचारिक रुपमा सरकारी पक्षको उदासिनता वारे आश्चर्य व्यक्त गर्थे  । उनी नयां सविद्यान जारी गर्न तीर लाग्े ।नयां सविद्यान त जारी भयो तर त्यस अभि नै भारतले समर्थन नगर्ने जनाउ दिईसकेका थिए । त्यस लगतै संयुक्त राष्ट संघले पनि स्वागत गर्नुको साटो आन्दोलनरत पक्षहरुलाई सहमतीमा ल्याउन सार्वजनिक अपिल गरे । अमेरिकाको पनि त्यसतै खालेको आशय प्रगट भयो । त्यस पछि दबाबमा परेको सतापक्ष वार्ताका हतारिए तर आन्दोलनरत मोर्चाका नेताहरुले उनीहरु प्रष्ट रुपमा भने, वातावरण तपाइृहरुले पुरै विगारि सक्नु भएको छ, पहिला वातावरण बनाउनुस ।

प्रधानमन्त्री सुशिल कोईराला तमलोपा अध्यक्ष ठाकुर र फोरम लोकतान्त्रिकका अध्यक्ष्ाँ गच्छदारलाई भेटन उनीहरुकै पार्टी कार्यलय गए । दुवै ठाउमा कोईराला लाई मधेशमा परिचालन गरिएको सेना फिर्ता गर्न र घोषणा गरिएको दंगाग्रस्त क्षेत्र फिर्ता गर्न सुझाए । त्यो संगै सरकारी पक्ष आन्तरिक रुपमा अनौपचारिक कुराकानीहरुलाई पनि तीव्र बनाए । जसलाई मधेशी नेताहरु साइड टक भन्न रुचाउछन । यस्ता साइड टकहरुमा सक्रिय भित्रियाहरुका अनुसार यसता हुने साईड टकमा अहिले सम्म एमाले खासे सक्रिय देखिएको छैन भने काग्रेस र एमाओवादीका नेताहरु लागी परेको देखिन्छ । काग्रेसको तर्फवाट प्रधानमन्त्रीका नजिक मानिएका आनन्द प्रसाद दुगांना, महेश आचार्य र नरहरी आचार्य लागी परेका छन भने एमाओवादी अध्यक्ष प्रचण्ड आफै सक्रिय हुदै विभिन्न तहहरुमा भेटघाट गरेर कुराकानीहरु गरिरहेका छन । एमाले नेता विष्णू पौडेल एक दुई यस्ता कुराकानीमा देखिए पनि त्यो वाहेक एमालेका कुनै तहका नेताहरु सक्रिय छैन ।

आज भातीय राजदुत रन्जित रे एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपाल संग गरेको भेटघाटलाई कतिपय भित्रियाहरुले त्यस संग पनि जोडिएर सुचनाहरु दिएका छन । भारतीय पक्ष लागातार नेपालका प्रमुख दलहरुलाई जारी मधेश आन्द्योलनलाई सम्बोधन गर्न भनीरहेका छन ।

मधेशी पार्टीहरुको तर्फवाट फोरम नेपालका राजेन्द्र श्रेष्ठ, तमलोपाका सहअध्यक्ष हृदेश त्रिपाठी, सदभावनाका लक्ष्मणलाल कर्ण र तमसपाक राम नरेश राय साइड टकहरुमा सहभागी रहेको नेताहरु बताउछन ।

सरकारी पक्षले हिजो मात्रै कैलालीको टिकापुरलाई घोषणा गरिएको दंगाग्रस्त क्षेत्र फिर्ता गरिएको र आज रौतहटमा घोषणा गरिएको दंगाग्रस्त क्षेत्र फिर्ता गरेको जनाएको छ ।

साईड ठकहरुमा सहभागी कतिपय नेताहरुले मधेशी पार्टीहरुको विगतको सम्झौतालाई नयां संविद्यानमा कसरी सम्बोधन गर्ने वारेमा कुराकानी अगाडी वढे पनि अझै औपचारिक रुपमा टेवलमा बस्न सक्ने अवस्थाको निर्माण भईसकेको छैन । साईड टकमा सहभागी नेताहरु भन्छन, दुई चार दिन अझै पख्नुस अनि ठोस कुरा भन्ने छौ । तर जारी आन्द्योलन अझै सशक्क्त बनाउदै अघि वढनु पर्ने उनीहरुको तर्क छ । उनीहरु भन्छन, हालै जारी गरिएको संविद्यान निर्माणको प्रक्रियामा मधेशी पार्टीहरुलाई यसरी ठगिएका छ कि अब अधुरा कुरामा विश्वास गर्न सकिन्न ।

No comments:

Post a Comment