Thursday, September 24, 2015

मधेश आन्द्योलनका कारण नेपाल भारत नाकाहरु ठप्प

विरगंज नाकामा मधेशी पार्टीका कार्यकर्ताहरु धर्नामा । आज देखि नाकाहरुमा २४ औ घण्टाहरु धर्ना दिने यीनीहरुले बताएका छन ।

हिजो मात्रै आन्दोलनलाई नाका र राजमार्गमा केन्द्रित गर्ने निर्णय गरेको मधेशी मोर्चाका कार्यकर्ताहरुले ठाउ ठाउका नाकाहरु धर्ना बसे पछि नेपाल र भारत विचको प्राय जसो सवै नाकाहरु आज देखि ठप्प भएका छन । मधेशी मोर्चाले प्रमुख तीनदलले आन्द्योलनलाई वेवास्ता गरेर अघि वढेको वढयै गरेको निष्कर्ष निकाल्दै काठमाडौलाई प्रभावित पार्ने गरी उक्त आन्दोलनको योजना बनाएको सार्वजनिक रुपमै टिप्पणी गरेका छन । गएको ४० दिन देखि मधेश आन्दोलनको राप जलीरहदा पनि शिर्ष नेताहरु वार्ता मार्फत त्यसलाई सम्बोधन गर्न गम्भिर नदेखिएको आरोप मधेशी नेताहरुले लगाएका छन । नयां संविद्यानमा मधेशको मुद्धालाइ नसमेटेर विगतको मध्ेश आन्द्योलनको क्रममा भएको सहमतीलाई प्रमुख दलहरुले नमाने पछि मधेशी पार्टीहरु चिडिएका छन । आन्दोलनमा रहेको मधेशी मोर्चा सहित अन्य सवै मधेशी पार्टीहरु आज विहानै देखि मधेशका विभिन्न सहरहरुमा वर्ने नाकाहरुमा गएर प्रर्दशनहरु केन्द्रित गरेका छन ।


विरगंजमा विहानै देखि मधेशी मोर्चा सहित अन्य सबै मधेशी पार्टीहरुका नेताहरु तथा सयौको संख्यामा जम्मा भएका कार्यकर्ताहरु नाका क्षेत्रमै धर्नामा बसे पछि देशकै प्रमुख नाका विरगंज आज देखि ठप्प भएका छन । प्रहरी र आन्दोलनकारी विच आज दिनै भरी तनावको वतावरण देखिए पछि प्रहरीले नाका खुलाउन सकेका छैन । त्यसैगरी विरगंज सहित अन्य जिल्लाहरुमा पनि आन्द्योलनकारीहरु नाकामा गएर धर्ना सहितको प्रर्दशनहरु गरेका छन । रौतहटको गौर नजिकैको नाकामा धर्नामा गएका आधा दर्जन स्थानिय नेताहरुलाई प्रहरुीले समातेका छन । त्यसैगरी वारामा पनि स्थानिय प्रहरीले केहि स्थनिय मधेशी नेताहरुलाई आज धरपकड गरेका छन । सर्लाही, धनुषा, महोतरी, सिरहा, सप्तरी, सुनसरी लगायतका जिल्लाहरुमा वातावरण शान्त देखिए पनि मोरडको विराटनगरमा पनि तनावको वातावरण देखिएको थियो । विराटनगर नाका पनि देशको प्रमुख नाकाहरु मध्येको एक हो । आन्दोलनकारीहरुको धर्नाका कारण विरागनगर नाका पनि पुर्ण रुपमा ठप्प रहेको स्थानिय मधेशी नेताहरुले बताएका छन ।

मधेशी मोर्चा सहित आन्द्योलनरत मधेशी पार्टीहरुमा नाका ठप्प पारे पछि काठमाडौ वार्ताका लागी झुकिने र मधेशको मुद्धा सम्बोधन गर्न तयार हुने विश्वास राख्छन । उनीहरु यसलाई निर्णयक दबाबको रुपमा लिने गर्छन ।

No comments:

Post a Comment