Monday, September 21, 2015

भोली राजविराजमा मधेशी मोर्चाको बैठक बस्दै


आन्दोलनरत मधेशी मोर्चाको बैठक भोली सप्तरीको राजविराजमा बस्दै छन । प्रमुख दलहरुले १ महिना भन्दा लामो समय देखि मधेशमा जारी आन्दोलनलाई वेवास्ता गर्दै हिजो संविद्यानसभावाट नयां संविद्यान जारी गरेका छन । आन्दोलनलाई वेवास्ता गरेर प्रमुख दलहरु अघि वढेको वढयै गर्दा मधेशी मोर्चाले अगामी रणनिती तय गर्ने वारेमा पछिल्लो केहि दिन यता आन्तरिक गृहकार्यहरु गर्दै आएका थिए । भोली सप्तरीको राजविराजमा मोर्चाको विरोध कार्यक्रममा समेत सहभागी हुन शिर्ष नेताहरु त्याहा पुग्ने भएकाले मोर्चाको बैठक राजविराज मै गर्ने निष्कर्ष मधेशी पार्टीहरुले निकालेका छन । सदभावना का राजेन्द्र महतो मधेशमा भएकाले र काठमाडौ वाट दुई दिन अगाडी मात्रै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव तथा तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव नयां संविद्यानको विरोध कार्यक्रममा सहभागी हुन मधेश झरेका थिए । भोली राजविराज कार्यक्रमका लागी तमलोपा अध्यक्ष महन्थ ठाकुर पनि त्यही जादै छन । मोर्चाका सबै शिर्ष नेताहरु राजविराज पुगे पछि मोर्चाको बैठक त्यही गर्ने भएको नेताहरुले बताएका छन । यस अघि काठमाडौ अघिल्लो साता भएको मोर्चाको बैठकले प्रमुख तीन दलहरु संविद्यान जारी गर्न अगाडी वढी सकेका कारण ३ गते सम्म स्थिती हेर्ने रणनिती वनाउदै त्यसलाई केन्द्रित गर्दै विरोधका कार्यक्रमहरु आज सम्मको लागी सार्वजनिक गरेका थिए । मोर्चाका शिर्ष नेताहरुले आन्द्योलनलाई निष्कर्षमा पुर्याउन थप सश्क्क्त आन्दोलन अगाडी वढाउनु पर्ने वताएका छन ।


जारी भएको नयां संविद्यानको प्रक्रिया देखि नै विरोध जनाउदै आएका मधेशी पार्टीहरु गएको १ महिना देखि मधेशमा अनिश्चिकालिन आमहडताल सहितको विरोध कार्यक्रमहरु संगै आन्दोलन गर्दै आएका छन । जारी आन्दोलनमा ४५ जनाको मृत्यू समेत भईसकेको छ । मोर्चा सम्बद्ध स्रोतहरुले बताए अनुसार अगामी रणनितीको स्वरुप मोर्चाले आन्द्योलनको केहि कार्यक्रमहरुमा परिमार्जन गर्न सक्ने वारेमा आन्तरिक छलफलहरु अघि वढाएका छन । काठमाडौलाई प्रभावित पार्ने गरी नाका केन्द्रित विरोध प्रर्दशाहरु सशक्क्त वनाउदै आम नागरिकहरुलाई सजिलो होस भन्ने उदेश्यले अघोषीत रुपमा बन्दलाई केहि खुकुलो पार्न सक्ने वारेमा छलफलहरु भईरहेको छ ।

पछिल्लो समयमा मधेशमा जारी आन्द्योलनमा प्रहरीहरु वाट अत्यद्यिक सुरक्ष वल प्रयोग भईरहेको भन्दै भारत सहितको अन्तराष्टीय शक्ति केन्द्रहरु समेत जारी आन्दोलनलाई सम्बोधन गर्न नेपाल सरकार माथी दबाब दिदै आएका छन । संविद्यान जारी हुने पुर्व सन्धयामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त आफनो विशेष दुत नै काठमाडौ पठाउदै सरकारी पक्षहरुलाई तत्काल मधेशलाई विश्वासमा लिन दबाब दिएका थिए । यद्यपी प्रमुख दलहरुले अझै पनि वार्ताको कुनै ठोस पहलहरु नगरेको मधेशी नेताहरु बताउछन । औपचारिकताका लागी सार्वजनिक रुपमा सरकारी पक्षहरुले वार्ताका लागी आब्हान गरे पनि आन्दोलनको व्यवस्थापन वारेमा कुनै कुराकानीहरु नगर्ने गरेको बुझिएको छ । मोर्चा वाहिर पनि रहेको सवै जसो मधेशशक्तिहरु आन्दोलनमै रहेकाले उनीहरुलाई पनि समेटेर संयुक्त रुपमा अघि वढन चौतर्फी आवाजहरु पनि जोडतोडका साथ उठीरहेको छ । यस परिक्ष्यमा भोली बस्ने मधेशी मोर्चाको बैठकलाई महत्वका साथ लिइएको छ ।

No comments:

Post a Comment