Monday, September 21, 2015

काठमाडौ देखि मधेश सम्म जलाइयो नयां संविद्यान । मधेशका ठाउ ठाउमा विशाल प्रर्दशनहरु

विरगंजमा जारी नयां संविद्यान जलाउदै सदभावना पार्टीका अधयक्ष राजेन्द्र महतो
आन्दोलनरत मधेशी मोर्चाले काठमाडौ देखि मधेशका गाउ गाउ सम्म नयां संविद्यानलाई जलाएका छन । यस अघि नै मधेशका मुद्धालाई सम्बोधन नगरेको भन्दै मधेशी मोर्चाले जारी हुने संविद्यान चलाउने औपचारिक निर्णय नै गरेका थिए । गएको १ महिना भन्दा वढी देखि पुर्व देखि पश्चिम सम्म मधेशी तथा थारु समुदायहरु आन्द्योलनमा छन । तर हिजो मात्रै यीनीहरुको वेवास्ता गर्दै प्रमुख दलहरुको सक्रियतामा संविद्यानसभा वाट नेपालको नयां संविद्यान २०७२ जारी गरिएको थियो । हिजो वेलुकि संविद्यानसभा वाट नयां संविद्यान जारी भए लगतै मधेशी पार्टीहरुले त्यसको विरोधमा व्लायक आउट गरेका थिए । व्लायक आउटको क्रमा ठाउ ठाउमा मधेशी युवाहरुले नयां संविद्यान समेत जलाएका थिए । मधेशी मोर्चाले आज ४ गते मधेशका गाउ गाउमा नयां संविद्यान जलाउने कार्यक्रम राखेका थिए । संविद्यान चलाउने विरोध कार्यक्रममा मधेशी मोर्चाका शिर्ष नेताहरु आफै देखिएका थिए । आन्द्योलनरत मधेशी पार्टीहरु हिजो संविद्यानसभावाट जारी भएको नेपालको संविद्यान २०७२ मा हस्ताक्षर समेत गरेका छैन । उनीहरु पछिल्लो प्रक्रिया प्रति असन्तुष्टि जनाउदै संविद्यानसभालाई १६ बुदे सहमती पश्चात वहिष्कार गर्दै आएका थिए ।

मधेशमा गाउ गाउमा युवाहरुले जारी नयां संविद्यान जलाएका छन ।

मधेशी मोर्चाले नयां संविद्यानमा मधेशीहरुले मुद्धा सम्बोधन नगरेको भन्दै आन्दोलनमा होमिए पछि प्रमुख दलहरुले हिजो नयां संविद्यान जारी गर्दा मधेशमा मधेशी कालो दिनको रुपमा विरोध मनाईरहेका थिए । मधेशीहरु आ आफना घर घरमा कालो झण्डा गाडेर नयां संविद्यानको विरोध गरेका छन । आन्दोलनकारीहरुले मधेशका जिल्लाहरुमा काग्रेस, एमाले र एमाओवादीका नेताहरुको घरमा समेत जर्वदस्ती विरोध स्वरुप कालो झण्डाहरु ठडयाएका छन । त्यस क्रममा कतिपय ठाउमा प्रर्दशनकारीहरुले काग्रेस एमालेका नेताहरुको घरमा तोडफोड समेत गरेको बताइएको छ । सिरहा, महोतरी, सर्लाही, वारा लगायतका ठाउहरुमा आज प्रर्दशनकारीहरु र प्रहरी विच त्यही क्रममा झडपहरु समेत भएको छ ।
विराटनगरमा निकालिएको जुलुसु

हिजो मात्रै पर्साको विरगंजमा गाउ गाउ वाट मधेशी नागरिकहरु सदरमुकाम विरगंजमा आएर नयां संविद्यानको विरोधमा प्रर्दशन गरेका थिए । त्यही क्रममा प्रहरी संग झडप हुदा एक जनाको मृत्यू समेत भएको थियो । आज पनि पर्साको विरगजं र वाराको कलैयामा ठुला ठुला प्रर्दशनहरु भएका छन । आन्द्योलनरत मधेशी समुदायहरुले रौतहटको गाउ गाउमा आज विहानै देखि नयां संविद्यान जलाउदै प्रर्दशनमा उत्रेपछि जिल्लहरु भरी नै तनाव देखिएका छन । सर्लाहीको मलंगवामा हजारौको भिड सडकमा उत्रेर नयां संविद्यान जलाउदै स्थानिय केहि काग्रेस, एमालेका नेताहरुको घरमा तोडफोडको प्रयास गरे पछि प्रहरीले गोली चलाएका छन ।

सप्तरीमा निकालिएको जुलुस
उता सप्तरीमा पनि आज आन्दोलनरत मधेशी समुदायहरुले कालो झण्डा सहित विशाल प्रर्दशनहरु गरेका छन । नयां संीवद्यानको विरोधमा विराटनगरमा विहानै देखि प्रर्दशकारीहरु सडकमा उत्रिए पछि आज दिनै भरी त्याहा तनाव देखिएका थिए । विराटनगरमा प्रहरीले चलाएको गोलीमा प्रर्दशनकारीहरु धाईते समेत भएका छन । विराटनगरमा पनि आज विशाल प्रर्दशनहरु भएको छ । मधेशमा जारी आन्द्योलन प्रति मधेशका सवै पक्षहरु एक्यवद्धता जनाउदै सहभागी हुदै आएका छन ।

No comments:

Post a Comment