Saturday, September 19, 2015

भारतीय विशेष दुत समकक्ष ओलीको गुनासो - 'मधेशमा हामीलाई मधेशीहरुले उठिवास गरायो ।'


हिजो मात्रै भारतीय प्रधानमन्त्रीको विशेष दुतको रुपमा काठमाडौमा आएका विदेश सचिव एस जयशंकर समकक्ष एमाले अध्यक्ष ओलीले जारी मधेश आन्द्योलनको क्रममा आफुहरु मधेशवाट उठिवास गराएको भन्दै गुनासाहरु राखेका थिए । जारी मधेश आन्द्योलनलाई सम्बोधन गरेर संविद्यान जारी गर्नु पर्ने पक्षमा देखिएका भारतीय पक्षले आफनो सन्देश सहित विदेश दुतलाई हिजो १ दिने काठमाडौ भ्रमणमा पठाएका थिए । काठमाडौ उत्रे पछि सबै भन्द्या पहिला एमाले अध्यक्ष ओली जयशंकरले भेटन गएका थिए । भेटमा जयशंकरले मधेशमा जारुी आन्द्योलनलाई वार्ता मार्फत सहमती गरेर अघि वढदा नयां संविद्यानको दिगोपन हुने बताए पछि ओलीले उनी समकक्ष मधेशी पार्टीहरुको नियतवस आफहरुलाई लक्षित गरेर मधेशमा आन्द्योलन गरीरहेको गुनासा पोखेका थिए । ओली संग दुई घण्टा लामो भेटवार्ता गरेर जयशंकर लैनचौर स्थित भारतीय राजदुतावासमा मधेशी मोर्चाका शिर्ष नेताहरु संग लन्च बैठक गरेका थिए । उक्त बैठक स्रोतले दिएको जानकारी अनुसार जयशंकरले सवै भन्द्या पहिला मधेशी नेताहरु सामु ओलीले उनी समकक्ष गरेको गुनासाहरु राखेका थिए । जयशंकरले एमाले अध्यक्ष ओलीले आफुलाई मधेशका जिल्लाहरु एमाले पार्टी कार्यलयमा आगजनी, एमाले सभासदहरुको घरमा तोडफोड र एमालेका नेताहरु माथी संघातिक हमला समेत गराउने काम भईरहेको भन्दै गुनासो पोखेको बताएका थिए ।


त्यसको प्रतिउत्तरमा मधेशी पार्टीहरुका नेताहरु मधेशमा वर्तमान सरकारको तर्फवाट अत्यद्यिक वल प्रयोग भइृरहेको र त्यसले आम नागरिकको स्तरमा आक्रोश अत्यद्यिक देखिएकाले यस्ता घटनाहरु भइरहेको बताएका थिए । मधेशी नेताहरुले ओलीलाई इगिंत गर्दै जयशंकरलाई भने, उनले मधेशमा ४ बर्ष देखि ७० बर्ष सम्मका निर्देाष नागरिकहरुलाई प्रहरीले गोली हानेर मारेको सुनाएनन, एउटा परिवारको नाती र वाजेको हत्या प्रहरीले गरेको कुरा ओलीले सुनाएनन । मधेशका जिल्लाहरुमा प्रहरीहरुले घर घरमा गएर आम मधेशीलाई कुटपिट गरेको घटनाहरु सुनाए कि सुनाएनन भनेर जयशंकरलाई जवाफ फर्काएका थिए । भारतीय विशेष दुत जयशंकरले मधेशमा नेपाल सरकारको तर्फवाट अत्यद्यिक सुरक्षा वल प्रयोग भईरहेको वारेमा भारतीय पक्ष जानकार रहेको बताएका थिए । ओलीले जयशंकर समकक्ष गरेको गुनासाहरुको प्रसंग सकिए पछि उनले मधेशी नेताहरुलाई जारी आन्द्योलनको एजेन्डाहरुको वारेमा भन्न सुझाएका थिए ।

बैठक स्रोतले दिएको जानकारी अनुसार मधेशी मोर्चाको तर्फवाट जयशंकर समकक्ष  मधेशको माग ७ बुदामा राखिएको थियो । स्रोत भन्छन, मधेशी नेतृत्व पहिला नै छलफल गरेर ७ ओटा बुदाहरु तयार पारेका थिए । ७ ओटा बुदामा पहिलो नम्बरमा संीघयता, दोस्रोमा समानुपातिक समावेशी, निर्वाचन प्रणाली, सुरक्षा निकायहरुमा मधेशीहरुको सहभागीता, न्याय प्रणली लगायतको थिए । मधेशी मोर्चाको तर्फवाट ७ बुदे माग सुने पछि जयशंकरले वार्ताको क्रममा जाहा पनि लेनदेन हुने भएकाले मधेशी नेताहरुलाई आफनो प्रमुख दुई वा तीन ओटा मागलाई त्यस वाट छान्न सुझाएका थिए । बैठक स्रोत भन्छन, मधेशी नेताहरु आफहरु पनि त्यसका लागी तयार रहेको र मधेशी पार्टीहरुको तर्फ वाट त्याहा प्रस्तुत गरिएको ७ बुदे मध्ये पहिलो र दोस्रो मागमा सरकारी पक्षहरु सहमती गर्न तयार भए आफहरु आन्द्योलन फिर्ता लिन सक्ने बताएका थिए ।

संविद्यानको सन्दर्भमा पनि ओलीले भनेको कुराहरु जयशंकरले मधेशी मोर्चाका नेताहरु समकक्ष राखेका थिए । स्रोतले ओलीले जयशंकरलाई संविद्यानसभाको ८३ प्रतिशत सहभागीतामा बन्न गईरहेको संविद्यानमा अझै सहमतीको के आवश्यकता भनेर भारतीइ पक्षको चाहनालाई मथ्थर पार्न खाजेका थिए । जयशंकरको भनाई उदृत गर्दै स्रोतले भन्यो, ओलीले ८३ प्रतिशतको सहभागीतामा संविद्यानसभाले लोकतान्त्रिक प्रक्रिया वाट नयां संविद्यान जारी गर्दै छन, त्यसको विरोध गर्ने नाउमा काग्रेस एमाले विरुद्ध मधेशमा मनोज्ञिान भडकाउन खोज्दै छन अनि त्इसलाई वार्ता वा सहमतीको नाउमा हामी कति लाग्ने भनेर प्रश्न गरेका थिए ।

झण्डै डेढ घण्टा मधेशी मोर्चाका शिर्ष नेताहरु संग विताएका जयशंकरले भारत सरकार मधेशीहरुको् सहभागीतामा नेपालमा संविद्यान जारी होस भन्ने पक्षमा रहेको कुरा राखेका थिए । जयशंकर र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार विच हिजो वेलुकि छुटै भेटवार्ता भएको थियो । आज विहान दिल्ली जानु अघि जयशंकरले काठमाडौ विमान स्थलमा पत्रकारहरु संगको कुराकानीमा भारत संविद्यान जारी पछि सबै क्षेत्रमा दिपावली होस भन्ने चाहना राखेको र आफहरु नेपालका प्रमुख दलहरुलाई मधेशमा जारी आन्द्योलनलाई समेटेर अघि वढन सुभाव दिएको बताएका थिए ।

No comments:

Post a Comment