Friday, September 18, 2015

भारतीय विशेष दुत र गच्छदार/ठाकुर नेतृत्वको दुवै मधेशी मोर्चा विच छलफल । काठमाडौलाई दिल्लीको सन्देश सुनाउनमा व्यवस्त ।


संविद्यान जारी गर्ने अन्तिम समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश दुतको रुपमा आज विहान काठमाडौ आएका भारतीय विदेश सचिव एस जयशंकरले विजय गच्छदार तथा महन्थ ठाकुर नेतृत्वको मधेशी मोर्चा संग छुटा छुटै छलफलहरु गरेका छन । काठमाडौमा उत्रे संगै उच्च स्तरीय राजनितीक भेटघाटमा व्यवस्त जयशंकर दिउसो लैनचौर स्थिती भारतीय दुतावासमा लन्च सहित महन्थ ठाकुर नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेताहरु संग भेटघाट गरेका थिए भने वेलुकी फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छदार संग एक्लै भेटेका छन ।

मधेशी मोर्चाका नेताहरु संगको भेटमा विशेष दुत जयशंकरले मधेशमा जारी आन्द्योलन वारेमा मधेशी नेताहरु वाट जानकारी लिएका थिए । भेटमा भारतीय पक्षको तर्फवाट जयशंकरले मधेशी शक्तिहरुलाई के सन्देश दिएका छन भन्ने अहिले सम्म खुल्न सकेका छैन । भेट गरेका नेताहरु आफहरुले मधेशको आन्द्योलनवारेमा भेटमा कुरा राखेको वताए पनि उनले दिल्लीको के सन्देश दिए भन्ने खुलाएका छैन ।


नेपालमा संविद्यानसभाले नयां संविद्यानको निर्माण कार्य सकिए लगतै भारतीय पक्षले विशेष दुतको रुपमा जयशंकरलाई एक दिनका लागी आफना सन्देश लिएर काठमाडौ पठाएका हुन । भारत सार्वजनिक रुपमै मधेशमा जारी आन्द्योलनलाई समेटन आग्रह गरीसकेका छन । गएको सोमवार मात्रै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले एक वक्तव्य जारी गर्दै प्रमुख दलहरुलाई लचिलो भएर मधेशी शक्तिहरु संग सहमती गर्न सुझाएका थिए । आज अवेर राती सम्म काठमाडौमा उच्च स्तरीय भेटघाटमा व्यस्त जयशंकर भोली विहान १० बजे दिल्ली उडने छन । स्रोतका अनुसार अहिले जयशंकर सवै संग कुरा मात्रै गरीरहेको र सबै कुराकानी पछि भोली मात्रै कुनै निष्कर्षमा पुग्ने छन । यद्यपी काठमाडौमा आज भईरहेको सवै भेटघाट नेपालको पछिल्लो राजनितीक अवस्था, मधेशमा जारी आन्दोलन लगायतका विषयमा केन्द्रित छन ।

काठमाडौमा विहान ९ वजे उत्रे लगतै उनी सबै भन्द्या पहिला एमाले अध्यक्ष केपी ओली संग दुई घण्टा लामो छलफल गरेका थ्एि । जस क्रममा १ घण्टा दुई जना विच गोप्य छलफल भएको थियो । त्यस पछि लैनचौर स्थित भारतीय दुतावासमा मधेशी मोर्चाका नेताहरु संग उनले छलफल गरेका थिए । त्यस पछि राष्टपति, एमाओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री, गच्छदार लगायतका पक्षहरु सगं उनको छलफलहरु भएको थियो । नेपाली सेनाका प्रमुख लगायत संग पनि भारतीय विशेष दुतको भेटघाट अहिले अवेर राती सम्म चल्दै छन । 
नेपालमा प्रमुख दलहरु विच भएको १६ बुदे सहमतीको आधारमा अघि वढेको राजनितीक प्रक्रिया प्रति भारत असन्तुष्ट रहेको टिप्पणीहरु सार्वजनिक भइरहदा संविद्यान जारी हुने पुर्व सन्ध्यामा भारतीय प्रधानमन्त्रीको विशेष दुतको यो सक्रियता देखिएको हो । 

No comments:

Post a Comment