राजनितीकशास्त्री प्राध्यापक कृष्ण हाछेतू भन्छन, जारी मधेश आन्दोलन अहिले राज्य विरुद्ध देखिए पनि यो चाडै ‘मधेशी भर्सेज पहाडी’ को जातीय हिंसामा परिणत लक्ष्णहरु देखिन थालेका छन ।
१ महिना देखि आन्दोलनरत मधेशमा अहिले सम्म कम्तीमा पनि ४४ जनाको ज्यान गइसकेको छ । संघियता सहितको नयां संविद्यानको मुद्धाहरु प्रति असन्तुष्टी पोख्दै आन्दोलनमा होमिएको मधेशमा जारी आन्दोलनको क्रममा प्रर्दशनकारीहरु संगै प्रहरीहरु पनि दर्जनौको संख्यामा मारिए । सप्तरीको भारदहवाट सुरु भएको हिंसात्मक घटनाहरु हिजो वुलेकी रुपन्देहीमा भएको ४ बर्षीय वालकको हत्या सम्म आइपुग्दा देश मात्रै होईन कि विदेशहरुको पनि सरोकारहरु प्रगट भईरहेको छ । आन्द्योलनमा अत्यद्यिक वल प्रयोग भइरहेको भन्दै राष्टिय मानव अधिकार आयोग देखि संयूक्त राष्ट संघ हुदै भारत, अमेरिका सबैले गम्भिर हुन सम्बन्धित पक्षहरुलाई आग्रह र सचेत गराउन थालेका छन । तर पनि नेपालको प्रमुख भनाउदा दलहरु यसलाई सम्बोधन गर्दै अघि वढने पक्षमा देखिएन । उनीहरु संविद्यान निर्माणको प्रक्रियालाई अगाडी वढाउदै आउदो आईतवार नेपालको नयां संविद्यान जारी गर्दै छन । आन्द्योलनरत पक्षहरुले यो संविद्यान नमान्ने सार्वजनिक घोषणा नै गरीसकेका छन । यस्तो अवस्था संविद्यान जारी भए पछि स्थिती झनै भयावह होला भन्ने त्रास मधेश देखि पहाड सम्मै छ । आखिर के छ त पछिल्लो अवस्था ?
राजनितीकशास्त्री प्राध्यापक कृष्ण हाछेतू भन्छन, जारी आन्द्योलनले नेपाललाइ दुई किता प्रष्ट रुपमा विभाजित गरी सके । यसलाई जती सम्बोधन गर्न ढिला हुन्छ, यसले त्यती नै विकराल रुप लिने निश्चित छ । हाछेतू भन्छन, मधेश र थारुको जारी आन्दोलन अहिले राज्य विरुद्ध देखिए पनि यो जातीय स्वरुप ग्रहण गर्छ, गर्छ, यसलाई रोक्न सकिदैन र केहि महिना भित्रै यो् मधेशी भर्सेज पहाडीको द्धन्दको भयानक रुपमा अगाडी आउछन । मधेश आन्दोलन माथी गहिरो अध्यन गरेका हाछेतू मधेशीहरुको राजनितीक मनोविज्ञानलाई सहि ढंगले नेपालको संस्थापन पक्षले बुझन नसक्दा र त्यसलाई व्यवस्थापनमा चासो नदिएका कारण परिस्थिती गम्भिर भविष्य तीर अगाडी लम्किरहेको बताउछन ।
मधेशको राजनितीक चेतनालाई काग्रेस, एमाले मात्रै होईन नेपाल राज्यको संस्थापनले बुझने र त्यसलाई आत्मसाथ गर्ने प्रयास कहिले गरेको देखिएन, उनी भन्छन, उनीहरुले खाली भोटको कसीमा तुलना गरेर गणितको खेलमा लाग्ने गर्छन । आज मधेशमा जुन परिस्थती आएको छ, त्यो पछिल्लो १६ वुदे पछि प्रगट भएको मात्रै हो, ग्राउण्डमा त दोस्रो संविद्यानसभाको निर्वाचनको परिणम लगतै देखिसकिएको उनको दावी छ । मधेशीहरु नेपाली संस्थापन पक्ष भन्दा पुर्ण रुपमा आफुहरु भिन्न छू भन्नेमा प्रष्ट छन तर त्यसलाई याहाको राज्यले स्विकार गर्न तयार देखिएको छैन, समस्या याहा निर भएको उनको भनाई छ ।
खतराका संकेतहरु
प्राध्यापक हाछेतूले भने झै मधेशमा जारी आन्दोलन अहिले राज्य विरुद्ध देखिए पनि यो जातीय स्वरुप ग्रहण गर्ने लगभग निश्चित जस्तै छ । जसको मुख्य कारण यसलाइ सम्बोधन गर्न भईरहेको ढिलाई नै हो । जारी आन्दो्लन सुरु भए संगै आन्द्योलनकारीहरुको निशानामा प्रहरी प्रशासनहरु देखिन्छ । पश्चिमको कैलालीमा ८ जना उच्च सुरक्षा अधिकारीहरुको हत्या नै भयो, नवलपरासीमा गाउले र प्रहरीहरु विच दुई दिन सम्म झडप नै भयो, झडपमा धाईते भएका १ प्रहरी अधिकारीको मृत्यू नै हुन गयो । आफनो प्रहरी जवानहरु आन्दोलनकारीहरुको निशानामा परेपछि प्रहरीहरुले प्रर्दशनहरुमा जथाभावी गोली चलाउन थालेको आभास त्यतीकै हुन्छ । महोतरीको जलेश्वरमा त्यही आक्रोशले प्रर्दशनकारीहरु फेरी एक प्रहरी अधिकारीहरुको निर्मम तरीकाले मार्न पुगे । प्रहरी र आन्द्योलनकारीहरु यती किताकाटको अवस्थामा देखिन्छ कि रौतहटमा स्थानिय मोर्चा र एउटा मुस्लीम मोर्चाले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै स्थानियहरुलाई प्रहरीहरु लाई घर भाडामा नदिने र प्रहरी परिवारहरुलाई जिल्ला नै छोडने अल्टीमेटन दिएको प्रेस विज्ञिप्त निकाले । यता प्रहरीहरुले असुरक्षित महसुस गर्दै मधेशका जिल्लाहरुमा गाउ गाउ वाट आफनो पोष्टहरुलाई सदरमुकामहरुमा केन्द्रित गर्न पुगे । सदरमुकामहरुमा सरकारले सेना परिचालन गरेर क्र्फयू जारी गरे संगै आन्दोलनकारीहरु गाउ गाउमा आफना अधियानलाई फैलाउदै लगीसकेको छ । त्यस क्रममा गाउ गाउमा रहेको प्रहरी पोष्टको कार्यलयहरुमा आगजनी देखि तोडफोड भएको तस्वीरहरु समाजिक सन्जालमा जतजतै देखिएका छन । यता प्रहरी अधिकारीहरु प्रतिशोधको भावनाले ग्रस्त भएर स्थानिय आन्द्योलनकारीहरुलाई व्यापक धरपकड गर्न थालेका छन । त्रासले कतिपय जिल्लाहरुका स्थानिय मधेशी नेताहरु सिमापारि गएर बस्न थालेका छन । यसले स्थिती कति भयावह बन्दै गएको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
राजनितीक सम्बोधनको खाचो
जानकारहरु जारी मधेशको आन्दोलन सक्दो राजनितीक सम्बोधन गर्न ढिला गर्नु हुदैन भन्छन । यद्यपी प्रमुख केहि दलहरु त्यसलाई आलटाल गर्दै सिध्याउन सकिन्छ भन्ने मुडमा देखिन्छ । नवलपरासीमा बस्ने मधेशका एक जना अगुवा बुद्धजिवी कौशलेन्द्र श्रीवास्तव भन्छन, मधेशको राजनितीक मनोविज्ञानलाई सम्बोधन गर्न काठमाडौ जती ढिला गर्छ, उसले यो देशमा त्यती नै समस्याहरु वढी सिर्जना गर्दै जान्छ । सदभावना पार्टीको स्थापना कालका एक सहयात्री समेत रहेका श्रीवास्तव हिन्दी आन्दोलनका एक जना अगुवा पनि हुन । उनी भन्छन, २०६३ मा भएको मधेश आन्दोलनले अघि सारेको मधेशीहरुको राजनिती चेतनालाई आलटाल गरेर सिध्याउछू भनेर सोच्नू काठमाडौको संस्थापनका लागी धेरै ठुलो भुल हुनेछ । उनी भन्छन, मधेशी नेताहरुलाई देखेर मधेशको राजनितीक महत्वलाई आकंलन गर्नु अर्को परम्परागत काठमाडौको कमजोरी हो । श्रीवास्तवका अनुसार मधेशको वढदै गएको राजनितीक चेतनाले यो देशको राज्यसतामा आफनो उचित हिस्सेदारी खोजेका छन । उनी भन्छन, यसलाई हिंसाको सकसमा राखेर जती गिज्याउछन, यो त्यती नै प्रतित्युपादक बन्ने छन । त्यही भएर होला राजनितीशास्त्री हाछेतू भन्छन, हामी जातीय हिंसाको वाटोमा अघि वढीसकेका छौ ।
No comments:
Post a Comment