Wednesday, September 16, 2015

मधेशी मोर्चा द्धारा अगामी रणनिती वारे छलफल सुरु । ४ गते पछि थप सशक्क्त आन्दोलनको तयारी


मधेशमा आन्दोलनरत मधेशी मोर्चाको बैठक आज देखि सुरु भएको छ । आन्दालनको १ महिना भइसक्दा पनि सतापक्ष मुद्धालाई सम्बोधन गर्नुको सटा संविद्यान जारी गर्न अघि वढे पछि मोर्चा अगामी रणनिती वारे छलफलहरु सुरु गरेका छन । मोर्चाले जारी प्रक्रियावाट घोषणा हुने नयां संविद्यान आफुहरुले नमान्ने यस अघि नै घोषणा गरिसकेका छन । आज तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा भएको मार्चाको बैठकले अगामी ४ गते सम्म जारी आन्दोलन कायमै रहने र त्यस पछि ५ गते वाट थप सशक्क्त आन्दोलनको घोषणा गर्ने निचोड निकालेका छन । ३ गते संविद्यानसभाले संविद्यान जारी गर्ने भए पछि मोर्चाका शिर्ष नेताहरु हेर र पर्खको मुडमा छन । आज बसेको मोर्चाको बैठकमा जारी आन्दोलनको समिक्षा, धाईतेहरुको भईरहेको उपचार तथा अगामी आन्दोलनको रणनितीवारे नेताहरुले छलफल गरेका थिए । भोली विहान फेरी तमलोपाको पार्टी कार्यलयमा मोर्चाको बैठक बस्दै छन । ३ गते संविद्यानसभाले जारी गर्ने संविद्यानको विरोधमा मोर्चाले काठमाडौ सहितको आन्दोलनरत मधेशका सबै जिल्लाहरुमा व्यापक विरोध कार्यक्रमहरुको आयोजना गर्ने छन । ४ गते मधेशका गाउ गाउमा संविद्यान जलाउने कार्यक्रम पनि गर्ने मोर्चाको बैठकमा सहभागी सदभावना पार्टीका महसचिव मनिष सुमनले बताए ।


४ गते पछि यो आन्द्योलनरत विभिन्न पक्षहरुको बृहत सहकार्यको घोषणा गर्दै ५ गते वाट जारी आन्दोलनलाई थप सशक्क्त रुपमा घोषणा गर्ने योजनामा छन मोर्चा । मधेशमा जारी आमहडताल सहितको आन्द्योलनको कार्यक्रमहरु यथावत रहेको मोर्चाले जनाएको छ ।  मधेशमा मधेशी मोर्चा सहित अन्य कयौन पार्टीहरु तथा मोर्चाहरु पनि आन्दोलनमा छन । स्थानिय स्तरमा ठाउ ठाउमा सहकार्य भईरहदा पनि केन्द्रिय नेतृत्वहरु विच संयोजन नहुदा मधेशमा त्यसको व्यापक आलोचना भईरहेको छ । यस अघि नै भैरहवामा बसेको मोर्चाको बैठकले औपचारिक रुपमै आन्दोलनमा रहेको अन्य सवै संग सहकार्य गर्ने निर्णय गरेका थिए ।

गएको सोमवार नै मोर्चाको बैठक डाकिए पनि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौ नआउदा मोर्चाको बैठक हुन सकेका थिएन । महतो अझै पनि मधेशकै जिल्लाहरुमा भए पनि आजको मोर्चाकाृे बैठकमा उनको तर्फवाट सदभावना पार्टीका महासचिव सुमन सहभागी भएका थिए ।


No comments:

Post a Comment