Tuesday, September 15, 2015

३ गते सम्म मधेशी शिर्ष नेताहरु 'हेर र पर्ख' को मुडमा । मधेशका ठाउ ठाउमा विशाल प्रर्दशनहरु जारी



सतारुढ पक्षहरु संविद्यान जारी गर्ने मिती तोक्दै प्रक्रियालाई अगाडी वढाए पछि आन्द्योलनरत मधेशी मोर्चाका शिर्ष नेताहरु ३ गते सम्मको घटना क्रममलाइ लिएर हेर र पर्खको मुडमा छन । गएको एक महिना देखि मधेशमा जारी आन्दोलनले सतारुढ पक्षहरु मधेशको विगतको सम्झौताहरु कार्यवन्यनका लागी कुनै साकारात्मक संकेत नदिए पछि मधेशी मोर्चा सहित आन्दोलारत पक्षहरु अव आन्दोलनलाई थप सशक्क्त कसरी बनाउने वारेमा विभिन्न पक्षहरु संग आन्तरिक छलफलहरु समेत गरीरहेको बुझिएको छ । यद्यपी नेताहरुका अनुसार ३ गते संविद्यानसभा ले घोषणा गर्ने नयां संविद्यानको प्रक्रियालाई शिर्ष नेताहरु अत्यन्तै सुक्ष्म रुपमा नियालीरहेका छन ।  संविद्यानसभामा रहेका सबै मधेशी पार्टीहरुले संविद्यानसभा वहिष्कारमा छन । एक तिर आन्दोलनले मधेशमा दिनहू माननिय तथा भौतिक क्षतीहरु भइरहेको छ भने अर्को तर्फ सतापक्ष पेलेर अघि वढे पछि आन्दोलनरत पक्षका नेतृत्वकर्ता असहजतामा फसीसकेको महसुस गरीरहेका  छन । सबै मधेशी नेतृत्वहरु जारी आन्दोलनलाई कसरी सार्थक बनाउने वारेमा गम्भिर देखिएका छन, एक नेता भन्छन, तर ३ गते सम्मको केन्द्रिय राजनिती कसरी अगाडी वढछन त्यसलाइ हेरेर मात्रै अगामी रणनिती बनाउने  मुडमा छन । मोर्चाका प्राय जसो शिर्ष नेताहरु अहिले काठमाडौमै छन । मोर्चामा आबद्ध तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमसपाका महेन्द्र यादव काठमाडौमै छन भने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज जलेश्वरको शव यात्रामा सहभागी हुन त्याहा पुगेका छन ।

महतो काठमाडौ नआउदा मोर्चाको अगामी रणनिती वारेमा छलफल गर्नका लागी हिजो भनिएको मोर्चाको बैठक हुन सकेन । अन्य अध्यक्षहरुले हिजो काठमाडौमा मोर्चाको बैठक गर्न भनेर सदभावनाका अध्यक्ष महतो लाई जानकारी गराउदै काठमाडौ आउन सुचना पठाएका थिए । तर विरगंजवाट हिजो महतो काठमाडौ नआएर जनकपुर गए पछि काठमाडौमा मोर्चाको बैठक हुन सकेन । काठमाडौमा रहेका मधेशी पार्टीहरुका शिर्ष नेताहरुका अनुसार ३ गते सम्मका लागी हाल कुनै कार्यक्रम समेत तय गरिएको छैन । हामी आन्द्योलनको कार्यक्रम स्थगीत पनि गरेका छैनौ, तर ३ गते सम्म काठमाडौमा हुने राजनितीक घटनाक्रम पनि महत्वपुर्ण भएकाले यसलाई नियालीरहेका छौ, एक शिर्षले टिप्पणी गरे । स्थानिय स्तरको विभिन्न विरोध कार्यक्रमहरु आन्दोलनको रुपमा जारी रहेको मधेशी नेताहरुको भनाई छ ।

जनकपुरमा आज निकालिएको शव यात्राको दृश्य


आज मात्रै जनकपुर र जलेश्वरमा अघिल्लो साता प्रहरीको गोली लागी मृत्यू भएकाहरुले शब यात्राहरु निकालिएको थियो । हिजो मानव अधिकार आयोगको पहलमा स्थानिय आन्द्योलनकारी नेतृत्वहरु र प्रशासन विच सहमती भए पछि आज जनकपुर र जलेश्वरमा शव यात्राहरु निकालिएको थियो । जनकपुर र जलेश्वर दुवै ठाउमा निकालिएको शव यात्राहरुमा हजारौको भिड थियो ।

No comments:

Post a Comment