Monday, September 14, 2015

३ असोजमा नयां संविद्यान जारी हुने । संविद्यान जारी पछिको अवस्थालाई मध्यनजर गर्दै मधेशमा व्यापक धरपकड

रौतहट प्रहरीको नियन्त्रणमा रहेका दुई जना मधेशी मोर्चाका नेताहरु

हिजो देखि मतदान प्रक्रिया वाट धमाधम पास गर्दै अघि वढेको संविद्यानसभाले अन्तह नयां संविद्यान आउदो आईतवार ३ असोजमा एक विशेष समारोहका विच घोषणा गर्ने जनाएको छ । आज आफनो कार्यतालिका सार्वजनिक गर्दै संविद्यानसभाले ३ असोज वेलुकी ५ बजे नयां संविद्यान जारी गर्ने जनाएको हो । यता एक महिना देखि आन्द्योलनमा रहेको मधेशी शक्तिहरुले जारी हुने नयां संविद्यान आफुहरुले नमान्ने घोषणा पनि गरीसकेका छन । मधेशी पार्टीहरुले प्रमुख तीन दलले संघियता, समानुपातिक प्रतिनिधित्तव लगायतको मधेशको मागहरुलाई पुर्ण वेवास्ता गर्दै संविद्यान ल्याउन लागेको बताएका छन । साथै मधेशी पार्टीहरुले पहिलो संविद्यानसभाको पुवी सन्धयामा भएको मधेश आन्द्योलनमा सरकार संग भएको ८ बुदे सम्झौतालाई पनि संविद्याँनमा समावेश नगरिएको भन्दै वर्तमान जारी सबै प्रक्रियावाट अलग छन । आन्दोलनरत मधेशमा नयां संविद्यान जारी पछि थप समस्याहरु उत्पन्न हुन सक्ने भन्दै सवै तिर चिन्ताहरु समेत व्यक्त भईरहेको पाईन्छ । मधेशी पार्टीहरुले त्यसलाई अस्विकार गर्ने सार्वजनिक गरेपछि सम्भावित स्थिती भयावह नहोस भन्ने मनसायले स्थानिय प्रहरीहरुले मधेशका जिल्लाहरुमा मधेशी नेताहरु माथी व्यापक धरपकड समेत सुरु गरेको देखिन्छ । आज मात्रै रौतहट, पर्सा लगायतका जिल्लाहरुमा प्रहरीहरुले स्थानिय प्रभावशाली मधेशी नेताहरुलाई छानी छानी समातेका छन ।

पर्सा प्रहरीले जिल्लाका फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष शशी कपुर मियाँ, नेकपा माओवादीका छोटेलाल यादव, राष्ट्रिय मधेश समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल, नन्दन यादव, संघीय समाजवादी फोरम नेपालका नेता किशोरी यादव, नेपाल सदभावना पार्टीका नेता अनिरुद्र सिंह, महिला नेतृ मुन्नि श्रीवास्तव पक्राउ परेका छन् । त्यस्तै नेताहरु नुर आलम अन्सारी, सीता पटेलसहित २५ जनालाई प्रहरीले पक्राउ गरेका छन । 

त्यसतै रोतहट प्रहरीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध विभिन्न दलका पाँच नेतालाई गौर नगरपालिका क्षेत्रबाट पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर प्रसाद यादव, नेता रामेश्वर यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष शेख जमशेद, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ता र तराई मधेस लोकतान्त्रिक पार्टीका अनिल सिंह रहेका छन् ।
 
उनीहरुलाई गौर नगरपालिका वडा नम्वर ५ स्थित जिल्ला विकास समितिका पूर्वसभापति राजेन्द्र पटेलको घरमा बसिरहेको अवस्थामा दिउँसो १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट तीनवटा भ्यानमा आएका प्रहरीले पाँच नेतालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पुर्याएका छन् । पक्राउ किन गरेको वारेमा स्थानिय प्रशासनहरुले केहि जनाएका छैनन ।
 
प्रहरीले पक्राउ गरेका अधिकांश नेताहरु स्थानिय स्तरमा प्रभावशालीहरु छन । यता पुर्वकै महोतरीमा समेत प्रहरीले स्थानिय प्रभावशाली नेताहरुलाई निगरानी गर्न थाले पछि उनीहरु सिमावर्ती भारतीय सहरहरु तीर पलायन भएका छन । महोतरीमा गएको साता एक प्रहरी अधिकारीलाई आन्द्योलनकारीहरुले मारे पछि स्थानिय प्रहरीहरुले जिल्लाका मधेशी नेताहरुलाई निगरानी राख्न थाले पछि उनी त्रासका कारण जलेश्वर छोडन वाध्य भएको बताएका छन ।
 
धनुषाका पनि मधेशी मोर्चामा आबद्ध केहि प्रभावशाली नेताहरु अर्धभुमिगत शैलीमा बस्न थालेको मधेशी पार्टी सम्बद्ध नेताहरुले बताएका छन । केहि त सिमापारी रहेको आफनो आफन्तहरु काहा गएर राती राती बस्न थालेका छन, एक नेता भन्छन, प्रहरी प्रशासन अत्यन्तै विभिन्न वाहानामा पक्राउ गरेर सार्वजनिक मुद्धाहरु चलाउन थाले पछि स्थानिय नेताहरु भयवित भएका छन । सप्तरी लगायतका जिल्लाहरुमा समेत आन्दोलनको अगुवाको रुपमा देखिएका केहि स्थानिय नेताहरुलाइ प्रहरी प्रशासनले विभिन्न वाहानामा फसाउन थालेको मधेशी नेताहरुले बताएका छन ।
 
मधेशी पार्टीहरुका नेताहरु अनुसार प्रहरीहरुले केन्द्रकै योजनामा नयां संविद्यान जारी पछि मधेशमा आन्द्योलन थप सश्क्क्त रुपमा अगाडी नआओस भन्ने उदेश्यले यसरी व्यापक रुपमा मधेशी नेताहरुलाइ धमाधम प्रकाउ गर्न थालेका छन ।
 
पश्चिम मधेशमा यस अघि देखि नै टिकापुर घटना पश्चात प्रहरीले स्थानिय रुपमा व्यापक धरपकड गर्दै आएका छन । जसका कारण सयौको संख्यामा थारु अगुवाहरु अझै पनि भुमिगत शैलीमा बसीरहेका छन । यद्यपी प्रहरीले कैलाली, बर्दीया लगायतका जिल्लाहरुमा वाट कयौनलाई समातेका समेत छन ।

No comments:

Post a Comment