Sunday, September 13, 2015

महोतरीका मधेशी नेताहरु भारत तिर पलायन । भारतमा शरणार्थी भएर आन्दोलन चलाउने

गाउ गाउमा रहेको रहेको प्रहरी चौकीहरु आन्दोनकारीहरुको निशानामा । महोतरीको भ्रमरपुरा स्थित प्रहरी चोकीको वोर्ड आन्दोलनकारीहरु जलाउदै
अघिले साता देखि अत्यद्यिक तनावमा रहेको महोतरी जिल्लाका मधेशी नेताहरु असुरक्षाको कारण देखाउदै सिमावर्ती भारतीय  पसेका छन । अघिल्लो साता देखि तनाव सुरु भए पछि महोतरीमा प्रहरीको गोली वाट ६ जनाको  मृत्यू भईसकेको छ भने आन्द्योलनकारीहरुले एक जना प्रहरी अधिकारीलाई पनि लखेटी लखेटी मारेका थिए । प्रहरी अधिकारीको मृत्यू भएसंगै प्रहरीहरुले  गाउ गाउ पसेर आम नागरिकलाई तर्साउनुको साथै स्थानिय नेताहरुको पछि गर्न थाले पछि स्थिती भयावह बन्दै गएको नेताहरुले बताएका छन । महोतरीको प्रायजसो सबै मधेशी पार्टीहरुका अगुवाहरु लगभग ३५ देखि ४० जना सम्म जलेश्वरको सिमावर्ती भारतीय सहर मधवापुरमा गएर दुई यता बस्न थालेका छन । संघिय फोरम नेपालका महोतरी अध्यक्ष राम नरेश रायले मधवापुरवाट टेलिफोनमा दलानसंग कुरा गर्दै भने, हामीलाइ प्रहरी प्रशासनले अत्यद्यिक रुपमा परेशान गर्न थाले पछि हामी याहा आएर बसेका छौ । राय भन्छन, दुई चार दिन भित्रै वातावरण सहज नभए आफुहरु भारत सरकार संग शरणार्थी  बनाउन माग गर्ने छौ । रायका अनुसार महोतरीको जलेश्वर नजिक गाउहरुमा प्रहरीहरुले अत्यद्यिब वातावरण असहज बनाइ दिएका छन । उनका अनुसार एक दुई दिन भित्रै प्रहरीले आफनो क्रियाकलापमा सुधार नगरे गाउ गाउ मानिसहरु भारत पस्ने वारेमा छलफल गरीरहेका छन । राय भन्छन, हामी अझै विभिन्न माध्यमवाट प्रशासनलाई वातावरण सहज बनाई दिन भनिरहेका छौ, तर आज विहान सम्म पनि प्रशासन आफनो अडान वाट तल झरेको छैन, हामीले गाउलेहरुले थामथुम पारीरहेका छौ, त्यो धेरै दिन गर्न सकिदैन, दुई चार दिन भित्र प्रहरीको व्यहवारमा सुधार नआए जलेश्वर आसपासका हजारौ मानिसहरु भारत पस्ने कुराकानी भईरहेको छ ।


राय संगै अहिले भारत पलायन हुनेमा तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्मा, सद्भावना पार्टीका जिल्ला अध्यक्ष रामबाबु यादव, महामन्त्री देवेन्द्र यादव, लालबाबु यादव, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र यादव, केन्द्रीय सदस्य सुरेश पाण्डे, केन्द्रीय उपाध्यक्ष रानी शर्मा, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश राय, केन्द्रीय सदस्य कृष्णशङ्कर साह, पूर्व मन्त्री हरिनारायण यादव, पूर्व सभासद कौशल यादव लगायत ३५ नेताहरु छन् ।

भारत पलायन भएका नेताहरु भन्छन, हामी यही बसेर मधेशका लागी आन्दोलन संचालन गर्ने तयारीमा छौ ।

1 comment:

  1. Nepal Is Burning, Madhesh Is Burning http://demrepubnepal.blogspot.com/2015/09/nepal-is-burning-madhesh-is-burning.html

    ReplyDelete