Sunday, September 13, 2015

संविद्यान जारी गर्ने प्रक्रिया अघि वढयो । मधेशले अस्विकार गर्ने

१ महिना देखि आन्दोलनमा रहेको मधेशलाई वेवास्ता गरेर प्रमुख तीन दलहरुले संविद्यान निर्माणको प्रक्रिया अघि वढाए पछि अवस्था थप भयावह तिर जाने चिन्ता सर्वत्र हुन थालेको छ ।

गएको ३० दिन देखि आन्दोलनरत मधेशलाई वेवास्ता गर्दै अन्नतह प्रमुख तीन पार्टीहरुले नयां संविद्यान जारी गर्ने प्रक्रियालाई अघि वढाएका छन । नयां संविद्यानको कयौन मुद्धाहरु तीव्र असन्तुष्टि राख्दै सबै मधेशी पार्टीहरु यो प्रक्रियालाइ वहिष्कार गरेका छन ।  विगतको मधेश आन्द्योलनको क्रममा भएको सहमतीहरुलाई प्रमुख दलहरुले अस्विकार गरेर अघि वढे पछि मधेशी पार्टीहरु आन्द्योलनमा होमिएका थिए । गएको १ महिना देखि आन्द्योलनमा रहेको मधेशमा कम्तीमा ३५ जना भन्दा वढीको मृत्यू भईसकेको छ । आन्दोलनको क्रममा प्रर्दशनकारीहरुले कतिपय ठाउहरुमा प्रहरी माथी पनि समेत धावा बोलेका छन । मधेशको स्थिती पुरै भयावह अवस्थामा गुज्रीरहदा पनि प्रमुख दलहरुले त्यसलाई सम्बोधन गर्नुको सटा संविद्यान जारी गर्ने प्रक्रियामा अघि वढे पछि मधेशमा झनै वढी स्थिती विग्रने सर्वत्र चर्चा भईरहेको पाइन्छ । यता आन्द्योलनरत मधेशी पार्टीहरुले प्रमुख दलहरुले जारी गर्न लागेको संविद्यालाई मधेशले अस्विकार गर्ने र आन्दोलन अगाडी वढाउने बताएका छन । मधेशी मोर्चाका एक घटक फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, तीन दलका नेताहरुले आफनो काम गरेका छन, त्यसैगरी हामी पनि आफनो काम गरीरहने छौ । यादवले मधेशलाई वेवास्ता गरेर जारी गर्ने संविद्यान कुनै शर्तमा मधेशले स्विकार नगर्ने बताए । यादव भन्छन, हामी आन्द्योलन मै छौ, आन्दोलन अगाडी वढछ, अब त्यही वाट सबै कुराको हिसावकिताव हुनेछ । काठमाडौमा चर्चा रहेको जस्तो वार्ताको कुनै सम्भावना नरहेको यादवको भनाई छ । उनले भने, प्रमुख दलहरु वार्ता गर्नका लागी केही गरेकै छैन, अनि कसरी वार्ता हुन्छ । मिडियाले वार्ताको वारे गलत अपवाह फैलाएको यादवको भनाई छ ।


मधेशी मोर्चाका अर्का घटक सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले पनि प्रमुख दलहरुले मधेशलाई गरीरहेको वेवास्ताको परिणती राम्रो नहुने चेतावनी दिए । विरगंजमा आन्द्योलनको अगुवाई गरीरहेका कर्णले भने, हामी संविद्यानकै लागी आन्द्योलनमा छौ, त्यसैले हाम्रो मुद्धालाई वेवास्ता गरेर ल्याइने संविद्याँनलाई मधेश स्विकार गर्ने कुरै आउदैन । पुरै मधेश आन्द्योलनको रापमा जलीरहेको छ, कर्ण भन्छन, सारा विश्व समुदायले यसलाई सहमती लिएर अगाडी वढन सुझाव दिईरहेका वेला पनि जसरी मधेशलाई वेवास्ता गरिदै छन, त्यसको परिणत भोलीको दिनमा भोग्नका लागी काठमाडौ तयार भए हुन्छ ।

मधेशमा आन्दोलन चर्किए पछि केही भारत सहितको अन्तराष्टिय समुदायको दबाब पछि प्रमुख तीन दलले  गएको शुक्रवार दुई दिनका लागी संविद्याननिर्माणको प्रक्रिया स्थगीत गरेर आन्दोलनरत मधेशी पक्ष तथा थरुहट नेताहरुलाई वार्तामा आउन आव्हान गरेका थिए । तर मधेशी नेताहरुका अनुसार प्रमुख दलहरुले वार्ताका लागी कुनै वातावरण निर्माण गर्नु भन्दा पनि सिधै सबै कुरा छोडेर यो प्रक्रियामा सामेल हुन खालको कुराहरु गरेका थिए । सतापक्षहरुले गएको शुक्रवार त्यस्तो आब्हान गरेपछि मधेशमै रहेका शिर्ष मधेशी नेताहरु काठमाडौ पनि आए तर वार्ताको कुनै साकारात्मक वातावरण निर्माण भएको देखिएन । थरुहट आन्द्योलनका केही पक्षहरुले वार्ता टोली नै वनाएर आज विहान प्रधानमन्त्री संग वार्ता गर्न वालुवाटार पुगेका थिए । तर त्याहा वाट निराश हुदै फर्केका थरुहट वार्ता टोली सदस्यहरुले प्रधानमन्त्रीले तत्काल केही नगर्ने र अब सबै कुरा संविद्याँन जारी भए पछि मात्रै गर्ने भनेको बताएका थिए । मधेशी पार्टीहरुका केहि नेताहरु पनि हिजो अनौपचारिक वार्ता गरेका थिए । तर नेताहरु भन्छन, सतापक्ष अहिले सम्म मुद्धाको वारेमा कुरै गर्न चाहदैन, सिधै प्रक्रियामा सामेल हुनस, सबै कुरा मिलि हाल्छ नि भन्छन, अनि कसरी वार्ता हुन्छ । मधेशी नेताहरुका अनुसार प्रमुख दलहरु नयां संविद्यान जारी गर्न अघि वढे पछि अब मोर्चाले आन्द्योलनलाई कसरी अगाडी वढाउने वारेमा आन्तरिक छलफलहरुलाई वढाएका छन । यद्यपी सबै नेताहरुले जारी आन्द्योलन नरोकिने बताउछन । 

No comments:

Post a Comment