Saturday, September 12, 2015

ठाकुर र सरकारी पक्ष विच अनौपचारिक छलफल । ठाकुरद्धारा विगतको सहमती सम्बोधन गर्न सुझाव


आन्दोलनरत मधेशी मोर्चाको शिर्ष नेता र सरकारी पक्षको वार्ता टोली विच अनौपचारिक वार्ता आज भएको छ । हिजो मात्रै सरकारी पक्षले दुई दिनको लागी संविद्यान निर्माणको प्रक्रिया स्थगीत गरेर आन्द्योलन पक्षहरु संग वार्ता गर्ने निर्णय गरेका थिए । सरकारी पक्षको उक्त निर्णय पश्चात हिजो वेलुकि नै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौ आएका थिए । त्यसैगरी आज विहानै तमलोपा अध्यक्ष महन्थ ठाकुर पनि काठमाडौ आए । उनीहरु हिजो कपिलवस्तूमा आमसभामा सहभागी भएका थिए । हिजो बेलुकी काठमाडौ आए पश्चात फोरम नेपालका अध्यक्ष यादव हिजो राती नै काठमाडौ उच्चस्तरीय कुटतिनिज्ञ बैठकमा सहभागी भएर आजै विहानै फेरी उपत्यका वाहिर गएका छन । यता आज विहान काठमाडौ आएका तमलोपा अध्यक्ष ठाकुर संग सरकारको तर्फवाट काग्रेस नेता तथा मन्त्री महेश आचार्य, आनन्द प्रसाद ढुगांना र एमाले नेता विष्णू पौडेलले  संयुक्त रुपमा भेटेर वार्ताको वारेमा छलफल गरेका छन ।  आचार्य, ढुगांना र पौडेलले तमलोपा अध्यक्ष ठाकुरसंग भेटे लगतै धनुषावाट प्रतिनिधित्व गर्ने दुई प्रमुख काग्रेसका मधेशी सभासदहरु लाई लिएर प्रधानमन्त्रीसंग भेटन पुगेका थिए । ढुगांनाले विमलेन्द्र निधि र रामकृष्ण यादवलाई लिएर प्रधानमन्त्रीसंग भेटेर सक्दो लचिलो भएर मधेशी मोर्चासंग वार्ता गर्न सुझाएका थिए । साथै उनीहरु तीनै जनाले सरकारले दुई दिनका लागी स्थगीत गरेर संविद्यान निर्माणको प्रक्रिया कम भएको भन्दै केही लम्बियाउने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।

यता सरकारी पक्षको तर्फवाट तमलोपा अध्यक्ष ठाकुरसंग भेटन पुगेका आचार्य, ढुगांना र पौडेललाई ठाकुरले सरकारी पक्षहरु लाइ मधेशी मोर्चा संग विगतमा भएको सम्झौतालाई समबोधन हुने गरी सार्वजनिक आब्हान र सरकारले मधेशी प्रयोग गरीरहे्को अत्यद्यिक सुरक्षा वल नियन्त्रण गरेर पश्चात मात्रै आफुहरु वार्ताको टेवलमा बस्न सक्ने बताएका थिए । केहि भित्रियाहरुका अनुसार भोली विहान प्रधानमन्त्री र ठाकुर विच भेटवार्ताको समय मिलाइएको छ । आज अवेर राती सम्म ठाकुर विभिन्न पक्षहरु संग अनौपचारिक भेटवार्तामा व्यवस्तमा छन । अन्तराष्टिय स्तरमा समेत आन्द्योलन हिंसात्मक भन्दै गएको भन्दै गम्भिर चिन्ताहरु व्यक्त भईरहेको र वार्ता गरेर यसको निकास गर्न सुझावहरु आइरहेको सन्दर्भको ठाकुरको भेटवार्ताहरुलाई महत्वको साथ लिइएको छ ।

मधेशी मोर्चाको तर्फको तमलोपा अध्यक्ष ठाकुरलाई यस अघि नै वार्ताको संयोजन गर्ने अनौपचारिक रुपमा जिम्मेवारी तोकिएको थियो । यस अघि पनि प्रधानमन्त्रीसंग पटक पटक फोनमा जारी आन्द्योलनको वारेमा ठाकुरको कुराकानी नभएको होईन । तर स्रोत भन्छन, आज पनि ठाकुर वार्ता प्रति त्यती विश्वस्त देखिएका छैन । खासगरी सरकारी पक्ष विगतको सहमती कार्यन्यन गर्ने तर्फ कुनै सकंतहरु नदिएका कारण वार्ता नहुने सम्भावना पनि त्यतीकै छन । तर मधेश राजनितीका एक भित्रिया भन्छन, आज रातीको विकासक्रमम कसरी अगाडी वढछन र त्यसकै आधारमा भोली औपचारिक रुपमा सरकार संग ठाकुरको वार्ता हुने सम्भावना पनि निक्र्यौल गर्ने छन ।

No comments:

Post a Comment