Thursday, September 10, 2015

काग्रेसका मधेशी सभासदहरुले भोली सभामुखलाई प्रक्रियामा भाग नलिने वारे औपचारिक जानकारी गराउदै ।

भारत, अमेरिका, युरोपियन युनियनलाई मधेशमा दमन भईरहेको भन्दै ध्यानाकर्षण



नेपाली काग्रेसको तर्फवाट संविद्यानसभामा प्रतिनिधित्व गर्ने मधेशी, थारु, जनजाती सभासदहरुले भोली सभामुख सुवासचन्द्र नेम्बाडलाई औपचारिक रुपमा हस्ताक्षर बुझाउदै आफुहरु जारी प्रक्रियामा सहभागी नहुने जानकारी गराउने तयारीमा जुटेका छन । मधेशमा आन्दोलन चर्किए संगै पार्टी भित्र असन्तुष्टि पोख्दै आएका काग्रेसका मधेशी, थारु सभासदहरुले मधेशी मोर्चा संग वार्ता गर्न दबाब दिदै आएका छन । उनीहरुले सरकारी पक्ष वार्तामा जानुको सटा मधेशमा सुरक्षा निकाय मार्फत अत्यद्यिक वल प्रयोग गर्न थालेको भन्दै नेपाल स्थित कुटनितीक निकायहरुलाई पत्राचार समेत गरेका छन । संयुक्त राष्टिय संघिय प्रतिनिधी देखि नेपालमा रहेका भारतीय राजुदत, अमेरिकन राजदुत, युरोपियन युनियन सहितका राजदुतहरुलाई पत्र लेखेर सरकार मधेशमा अत्यद्यीक वल प्रयोग गरिरहेको भन्दै राष्ट संघ मार्फत हस्तक्षेप गर्न आग्रह गरेका छन । यस अघि मधेशी मोर्चाका एक घटक फोरम नेपालले पनि संयुक्त राष्ट संघलाई पत्र लेखेर मधेशमा अत्यद्यीक प्रहरी दमन भईरहेको भन्दै हस्तक्षेप गर्न आग्रह गरेका थिए ।
 
काग्रेसका एक मधेशी सभासदले दिएको जानकारीको अनुसार सभासदहरुको हस्ताक्षर सुरु गरिएको छ । भोली सभामुख सुवासचन्द्र नेम्बाडलाई दिउसो भेटेर काग्रेस मधेशी सभासदहरुले हस्ताक्षर बुझाउदै आफुहरु जारी प्रक्रियामा सहभागी नहुने औपचारिक जानकारी गराउने छन । त्यस पछि काग्रेसका ती मधेशी सभासदहरुले सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर आफनो धारणा समेत राख्ने कार्यक्रम रहेको छ । 


काग्रस स्रोतका अनुसार त्याहाका मधेशी, थारु तथा जनजाती गरेर झण्डै १ सय सभासदहरुको हस्ताक्षर संकलनको प्रयास भईरहेको छ । आज अवेर राती सम्म सभासदहरु हस्ताक्षर सकंलनको लागी खटीरहेको बुझिएको छ । 

1 comment:

  1. Non Violent Militancy http://demrepubnepal.blogspot.com/2015/09/non-violent-miltancy.html

    ReplyDelete