Monday, September 7, 2015

यो राज्यसत्ताको अन्तय अब निश्चित छ - महन्थ ठाकुर

नयां संविद्यानको जारी प्रक्रिया प्रति असन्तुष्टि रहदै आएको मधेश गएको २४ दिन देखि आन्द्योलनको रापमा चल्दै छन । सबै मधेशी पार्टीहरुका शिर्ष नेताहरु आन्द्योलनमा सहभागी हुदै मधेशमै छन । अघिल्लो साता मात्रै आन्दोलनको कार्यक्रमहरु वाट दुई दिनका लागी तमलोपा अध्यक्ष महन्थ  ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादव काठमाडौ आउदा याहा हल्ला खल्ला नै मच्चियो । उनीहरु फेरी मधेश झरे । हिजो वेलुकी फेरी तमलोपा अध्यक्ष जनकपुर वाट काठमाठौ आइपुगे । उनी पर्सी देखि पश्चिम मधेश जादै छन । आन्दोलनमा दिनरात खटीरहदा ठाकुरको वुढो शरीर तंग्रीएको देखिन्थ्यो । आज विहान उनीसंग गरिएको कुराकानीको सम्पादित अंश -


हिजो वेलुकी मात्रै मधेशवाट काठमाठडौ आइपुग्नु भएको छ, पछिल्लो तीन साता देखि आन्द्योलनको क्रममा मधेश तीरै हुनुहुन्थ्यो, अहिले को अवस्था के छ ?

- हेर्नुस, मधेशका सहर देखि गाउ सम्मका पुरै जनताहरु आन्द्योलित छन । मधेशमा रहेका सबै संघ संस्थाहरु आन्द्योलन प्रति एक्यवद्धता जनाउदै आन्दोलनमा होमिसकेको छ । सहर वा सदरमुकाममा मात्रै अव आन्द्योलन समिती छैन । तपाई गाउ गाउ जानु भयो भने जनताहरु त्याहाका सडकहरु अवरुद्ध गरेर प्रर्दशन गरीरहेको पाउनुहुन्छ । गाउ गाउमा जय मधेशको नारा गुन्जिदै छन । एका तर्फ यो अवस्था छ भने अर्को तर्फ सरकारी पक्ष अत्यद्यिक दमनमा उत्रेका छन । सरकारको प्रहरी प्रशासन अत्याचार गर्दै छन मधेशीहरु संग । मधेशीहरुको घर घरमा गएर कुटपिट गरिएका छन । उनीहरुलाई सम्प्रदायिकता नै भडकाउने गरी गालीगलौजहरु गरिरहेका छन । त्यसैले एका तर्फ जनता आफनो अधिकारका लागी आन्द्यँोलित छन भने अर्को तर्फ सरकारी अत्याचारका कारण प्रताडित पनि देखिन्छ ।

तपाईले पनि भन्नु भयो कि तीन साता लामो आन्द्योलनवाट मधेश गुज्रीरहेको छ । वार्ताको पनि खासै सफल प्रयासहरु देखिएका छैन । अब के हुन्छ त ?

- हेर्नुस । वार्ताको ढोका त अब सरकारी पक्षहरुले बन्द गरीसके । त्यसैले अब के का लागी वार्ता ? र म त यो पनि भन्छू कि किन वार्ता ? किनकी मधेशीहरु कुनै नयां चिज मागेका छैन । उनीहरुले यो सताले विगतमा मधेशसंग गरेको सम्झौता लागु गर्न मात्रै भनेका छन । त्यसैले विगतको सहमतीहरु लागु गरे किन चाहियो वार्ता ।

र जाहा सम्मको अब के हुन्छ भन्ने प्रश्न छ, हेर्नुस मधेशीहरु आन्द्योलनमा छन । उनीहरु यो राज्यसत्तामा आफनो सहभागीता खाजेको हो, जो कुरा विगतको अन्तरिम संविद्यानले पनि स्विकार गरीसकेको विषय हो । तर अहिले सताधारीहरु त विगत भन्द्या पनि पछि फर्केने काम गरेको छ । मधेशी सहितको सिमात्कृतकृत समुदायलाई कसरी छेक्न सकिन्छ भन्ने तर्फ पो लाग्यो । त्यसैले जनताले त्यसलाई मान्दैनन । र जनताको अगाडी कहिल्यै पनि सताधारी टिक्न सकेको छैन । इतिहास साक्षी छन, जित जहिले पनि जनताकै हुन्छ । काहा गयो निर्वाचनमा जितेका सभासदहरु । उनलाई जिताएका जनताहरु आज के भन्दै छन, एक चोटी आफनो क्षेत्रमा गएर जनता कुरा सुन्न म आग्रह गर्छु ।


तीन साता लामो बन्द लगायतका आन्द्योलन र वार्ता पनि हुन नसकिरहेको अवस्थामा  अब तपाईहरुको रणनिती के हुन्छ ?

- अहिले त आउदो २५ गते सम्मको हाम्रो पुर्ववत कार्यक्रमहरु नै छन । त्यसैले २५ गते सम्म त यही चल्छ । त्यस पछि हामी के गर्ने वारेमा समिकक्षा गरेर अघि वढने छौ । यद्यपी हाम्रो आन्द्योलन रोकिदैनन । हामी अहिले विभिन्न काणहरु वाट आन्तरिक छलफलहरु गरीरहेका छौ । २५ गते पछि मोर्चाको बैठक गरेर हामी त्यस वारेमा ठोस निर्णय गर्छौ ।

मधेशमा आन्द्योलन चर्किए संगै तराई मधेशको सन्दर्भमा विदेशी चासोहरु पनि व्यापक रुपमा वढेको पाइन्छ, उनीहरु खासमा कस्तो सरोकारका विषयहरु राख्ने गरेको छ ?

- हेर्नुस । अन्तराष्टीय समुदायहरु नेपालमा नयां संविद्यान चाडो आओस भन्न पक्षमा अभिमत राँख्छन । जुन एक किसिम ठिकै पनि हो । तर हरेक देशको आ आफनै आन्तरिक बनौटहरु हुन्छन । त्यसैले नेपाल भित्रको आन्तरिक असन्तुष्टिलाई सम्बोधन नगरे यो मुलुक अगाडी वढन सक्दैन । आजको मितीमा सबै प्रष्ट छन कि मधेशीहरुलाई सम्बोधन नगरेर ल्याउने संविद्यान याहा काम गर्न सक्दैनन । देहको त्यत्रो ठुलो हिस्सा यो जारी प्रक्रियाको विरोधमा छन । यसलाई नजरअन्दाज गरेर अघि वढनु याहाका सताधारीका लागी गम्भिर गल्ती हो ।

अहिले मधेश राजनितीमा तपाई जारी आन्दोलनको अघोषीत कमाण्डरको रुपमा देखिनु भाको छ । तपाईलाई के लाग्छ, यो कसरी निष्कर्षमा पुग्छ ?

- हेर्नुस । याहाका सताधारीहरुको इतिहास  नै हिसामा बनेको छ । यनीहरु याहा नाक कान काटेर आफनो सत्ता स्थापना गरेका छन । त्यसैले उनीहरु मधेशमा पनि हिंसा र सम्प्रदायिकता फैलाउन खोजीरहेका छन । तर यीनीहरुले बिर्सीरहेका छन कि मधेशमा एक/दुइ हजार मान्छे मार्दै त्याहा केही हुने वाला छैन । करोडौको संख्यामा रहेका मधेशीहरु मध्ये दुई हजार मर्दैमा मधेश खाली हुदैन । तर जनता अब आफनो अधिकार नलिई छोडछ जस्तो मलाई लाग्दैन । आन्द्योलन अली लम्बिएला तर जित जनताको हुन्छ हुन्छ, त्यसलाई कसैले रोक्न सक्दैन । अव यो राज्य सत्ताको अन्तय निश्चित छ ।


1 comment:

  1. क्रांति को रोडमैप http://demrepubnepal.blogspot.com/2015/09/blog-post_95.html

    ReplyDelete