Sunday, September 6, 2015

काठमाडौले थप भडकाउदै मधेश

जारी आन्द्योलनको क्रममा विरगंजमा निकालिएको मसाल जुलुस

पछिल्लो तीन साता देखि आन्दोलनमा रहेको पुर्वी देखि पश्चिम मधेशलाई पुर्ण वेवास्ता गरेर सतारुढ दलहरुले शनिवार नयां संविद्याँनको निर्माणलाई अघि वढाए पछि मधेशलाई थप भडकाउन लागेको आरोप लग्न थालेका छन । आन्दोलनरत मधेशी मोर्चा संग सतारुढ दलहरुले वार्ता गर्नुको सटा उनीहरुलाई थप चिढाए पछि मधेशका जिल्लाहरुको आन्द्योलन पनि थप सशक्क्त बनाउने रणनितीमा मधेशी पार्टीहरु अघि वढेका छन । यस अघि नै मधेशी पार्टीका शिर्ष नेताहरुले शनिवार सम्ममा सतारुढ दलहरुले उचित वातावरण नबनाए त्यस पछि के हुन्छ त्यसको जिम्मा आफुहरुले नलिने बताएका थिए । त्यसैगरी दलहरुले वार्ताको सटा संविद्यान निर्माणको प्रक्रिया अघि वढाउने निर्णय गरे पछि आज जनकपुरमा पत्रकारहरु कुराकानी गर्दै तमलोपा अध्यक्ष्ाँ ठाकुरले अब वार्ताको औचित्य नै समाप्त भईसकेको भन्दै तीन दलको हटका कारण मुलुक गम्भिर दुर्घटनामा फस्न लागेको बताए । उनले मधेशी मोर्चाको आन्द्योलन कुनै पनि शर्तमा नरोकिने वरु थप सशक्क्त बनाउने चेतावनी दिए । त्यसैगरी विरगंजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलहरुले मधेशी जनतालाई अपमान गरेको भन्दै त्यसको मुल्य चुकाउनका लागी काठमाडौलाई तयार रहन चुनौती दिए । कपिलवस्तूमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन दलले शनिवार गरेको निर्णयलाइ एतिहासिक गल्ती भन्दै मधेश आन्दोलन जारी रहने उदघोष गरे ।


हिजो शनिवार मात्रै सतारुढ दलहरुले संघियतामा देखिएको विवाद आयोग वनाएर पछि समाधान गर्दै जाने वताएर संविद्यान निर्माणको प्रक्रिया अघि वढाउने सहमती गरेका थिए । तीन दलको उक्त निर्णय प्रति फोरम लोकतान्त्रिकले असहमती जनाउदै बैठक वहिष्कार गरेका थिए । १६ सहमतीका हस्ताक्षरकर्ता समेत रहेका गच्छदारले संविद्यान निर्माणको प्रक्रियामा आफुहरु पनि सहभागी नहुने बताउदै आन्द्योलनमा होमिएको जनाएका छन । १६ बुदेको हस्ताक्षर पछि प्रमुख चार दलले सघियताको सिमांकनमा सहमती गरेसंगै फा्ेरम लोकतान्त्रिकका थारु सभासदहरुले गच्छदारको चर्को आलोचना गर्दै पार्टीको निती विपरित आन्दोलनमा होमिएका थिए । ६ प्रदेशको सिमाकंनको घोषणा संगै पश्चिम मधेशमा थारुहरुको आन्द्योलन चर्किएको थियो । त्यस पछि पुर्वी मधेशमा पनि आन्द्योलन चर्कन गयो । तीन साता लामो आन्दोलनको क्रममा १ दर्जन मधेशीहरुले साहादत प्राप्त गरीसकेका छन भने २ सय भन्द्या वढी धाईते भएका छन । पश्चिमको थरुहटमा भएको प्रर्दहरुमा १० जना प्रहरीहरुको समेत मृत्यू भईसकेको छ । 

आज विरगंजमा पत्रकारहरु संग कुरा गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव

आन्द्योलन मधेशमा सुरु भए संगै मधेशी पार्टीका शिर्ष देखि सवै तहका नेताहरु मधेश झरीसकेका छन भने थरुहट केन्द्रित नेताहरु पनि आन्द्योलनको क्रममा पश्चिमका जिल्लाहरुमा छन । आन्द्योलनमा मान्छेहरुको मृत्यू हुन थाले पछि सतारुढ दलहरुको तर्फवाट प्रधानमन्त्रीले आन्द्योलन दलहरुलाई वार्ताका लागी पत्राचारहरु समेत गरे । तर आन्द्योलनरत मधेशी मोर्चा सहितका दलहरुले सरकारलाई विगतमा भएको सहमतीहरुको कार्यन्यवन गर्नु पर्ने प्रतिवद्धता सहितको शर्तहरु अघि सारेका थिए । तर अहिले सम्म  सतारुढ दलहरुले आन्दोलनरत पक्षको शर्त वारेमा कुनै धारणा बनाउन सकेका छैन । वरु सरकारी पक्ष पेलेरै अघि वढने मनसिथ्तीमा उत्रिएको जानकारहरु बताउछन । जसले भविष्यमा थप जटीलताहरु थप्दै जाने निश्च्ति देखिन्छ ।


आन्द्योलन चर्किए संगै ह्वातै वढे विदेशी चासो 

चार दलले ६ प्रदेशको सिमांकन गरेको घोषणा संगै पश्चिम मधेशमा थारुहट संघर्ष समितीको व्यानरमा आन्द्योलन सुरु भयो । आन्द्योलन सुरु भएकै दिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले औपचारिक रुपमै निर्णय गर्दै थरुहट सर्घष समितीको अाँन्दोलन प्रति एक्वद्धता मात्रै जनाएन वरु त्यसमा सक्रिय सहभागी हुने निर्याय गरे । त्यो संगै मोर्चाले पुर्व मधेशमा पनि आन्दोलनको आब्हान गर्दैमा सुरुमा २ दिने र त्यसपछि अनिश्चितकालिन मधेश बन्दको् घोषणा गरे । बन्दको पहिलो हप्तामै सप्तरीको भारदहमा प्रहरुीको गोलीवाट १ जना प्रर्दशनकारीको मृत्यु भएपछि मधेशी भरी त्यसको कडा प्रतिक्रियाहरु व्यक्त हुन थाले । र भारदह घटनाको अर्को हप्ताको पश्चिमको कैलालीको टिकापुरमा प्रर्दशनकारी र प्रहरुी विच भएको दाहोरो झडमा ८ जनाको प्रहरी अधिकारीहरु मारिए पछि संसारकै ध्यान तराइमधेशमा तानिए ।

उक्त घटनको भोली पल्ट न्युयोर्कवाट राष्टसंघका राजनितीक मामला हेर्ने उपमहासचिव जेफ्री ए फेल्टम्यानले तमलोपा अध्यक्ष महन्थ ठाकुरसंग फोनमा कुराकानी गरेका थिए । जेफ्रीले ठाकुरको साथै सरकारी पक्षहरु संग समेत यसवारेमा गम्भिर चासोहरु व्यक्त गरे । राष्टसंघ सहित युरोपीयन युनियनका साथै नेपाल स्थित विभिन्न कुटतिनिज्ञहरुको चासो तराईमधेशको सन्दर्भमा यती वढयो कि आन्द्योलनको क्रममा मधेशका जिल्लाहरुमा रहेका तमलोपा अध्यक्ष ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अघिल्लो मंगलवार दुई दिनका लागी काठमाडौ आए । दुई दिने काठमाडौमा रहदा ठाकुर र यादव संग नेपालमा सकिय्र रहेको लगभग सबै कुटनितिज्ञहरुले भेटघाट गर्न भ्याए । नेपाल स्थित संयुक्त राष्टियसंघिय आवासीय प्रतिनिधी जेमि म्याकगोल्डरिकले ठाकुर र यादव संयुक्त रुपमै भेटेर कुराकानी गरेका थिए । त्यसैगरी युरोपियन युनियनले पनि भेटेर मधेशमा जारी आन्द्योलनवारे गम्भिर चासोहरु देखाएका थिए ।

कन्फयुज भारत 

मधेशमा आन्द्योलन चर्के संगै आफनो गम्भिर सुरक्षा चासो व्यक्त गरेको दक्षिणी छिमेकी भारत अहिले सम्म मधेशमा जारी आन्द्योलनवारे कुनै ठोस धारणा वनाई नसकेको जानकारहरु बताउछन । नेपालको राजनितीमा प्रभावशाली मानिने दिल्ली पछिल्लो समयमा आफनो खुल्ला सिमामा रहेको मधेशमा उठेको आन्द्योलनलाई कसरी लिने वारेमा त्यही भएर सार्वजनिक मुख समेत खोल्न चाहेका छैन । तर आफहरुको यसप्रति गम्भिर चासो रहेको जनाइसकेको छ । हालै नेपाल स्थ्ति भारतीय राजदुतले एक नेपाली दैनिक पत्रिकामा दिएको अन्तर््वातामा भनेका छन, हाम्रो खुल्ला सिमाको क्षेत्रमा यत्रो आन्द्योलन चलीरहदा हाम्रो सरोकारै नहुने कुरै हुदैन । तर उनले आफहरुले नेपाली पक्षहरुलाई यसवारेमा केही नभन्ने बताएका थिए । राजदुत रेले आफु जारी आन्द्योलनको वारेमा दुवै पक्षहरु अर्थात आन्द्योलनरत दलहरु र सरकारी पक्षहरु संग निरन्तर संवादमा रहेको जनाएको थियो ।  अघिल्लो हप्ता दुई दिनका लागी तमलोपा अध्यक्ष ठाकुर र फोरम नेपालका अध्यक्ष यादव काठमाडौ आउदा दुवै अध्यक्षहरुलाइ राजदुत रेले उनीहरुकै निवासमा गएर भेटेका थिए । मधेशी पक्षहरुले विगतको आन्द्योलनमा भारतीय पक्षहरुले दबाब दिएर आफुहरुलाई सहमती गराएको र अहिले त्यसको सम्बोधनमा उदासिनता देखाएको आरोप लगाउने गरेका छन । यसरी प्रभावशाली छिमेकीको कन्फुज मनसिथ्ती बुझेरै होला फोरम नेपालका अध्यक्ष यादवले आफना एक निकटस्त नेतालाई आज दिल्ली पठाएका छन । यादवले दिल्लीमा राजनितीक तहमा हालको अवस्थावारे कुराकानी गर्न ती नेतालाई पठाएको बुझिएको छ ।

नागरिक अगुवाहरुले आपति 

काठमाडौमा आज नागरिक विरोधसभामा बोल्दै वरिष्ठ राजनितीक विश्लेषक सि के लाल


मधेशमा जारी आन्दोलनलाई वेवास्ता गरे सरकारी पक्ष नयां संविद्यान जारी गनए अघि वढन थालेको भन्दै नागरिक अगुवाहरुले तीव्र असन्तुष्टि पोखेका छन । काठमाडौमा आइतवार गरिएको नागरिक खवरदारी सभामा बोल्दै वरिष्ठ राजनितीक विश्लेषक सिके लाल, खगेन्द्र संग्रौला, अनुभव अजित, प्रदीय परियार लगायतले सतारुढ दलहरुले सिमान्तकृत समुदायहरुको हक अधिकारहरुलाई कुण्ठित हुने गरी नयां संविद्याँन जारी गर्न लागेको भन्दै आपति व्यक्त गरेका थिए । नागरिक अगुवाहरुले पश्चिगामी संविद्यान आफुहरु नमान्ने चेतावनी समेत दिएका छन ।

1 comment:

  1. क्रांति को रोडमैप http://demrepubnepal.blogspot.com/2015/09/blog-post_95.html

    ReplyDelete