Saturday, September 5, 2015

मधेशी शिर्ष नेताहरुको अगुवाईवा मधेशको ठाउ ठाउमा विशाल प्रर्दशनहरु

शनिवार विरगंजमा निकालिएको विशाल जुलुस


आन्द्योलनमय रहेको मधेशको ठाउ ठाउमा विशाल प्रर्दशनहरु भएको छ । मधेशी मोर्चाका शिर्ष नेताहरु पनि सहभागी त्यस्ता प्रर्दशनहरु पछिल्लो समयमा थप सशक्क्त बन्दै गएका छन । हिजो मात्रै विरगंजमा निकालिएको शब यात्रामा लाखैको सहभागीतामा विशाल प्रर्दशन गरिएको छ । उक्त प्रर्दशनमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । त्यसैगरी जनकपुर वाट जलेश्वर सम्म हिजो नै विशाल मोटरसाइकल जुलुस तमलोपा अध्यक्ष महन्थ ठाकुरको अगुवाईमा निकालिएको छ । सदभावनाका अध्यक्ष राजेन्द्र महतोका अगुवाईमा कपिलवस्तूमा विशाल विरोधसभाको आयोजना गरिएको छ ।

तमलोपा अध्यक्ष ठाकुरको नेतृत्वमा जनकपुरवाट जलेश्वर सम्म निकालिएको मोटरसाईकल जुलुस

गत हप्तामा प्रहरीको गोली लागी विरगंजमा मारिएकाहरुको निकालिएको विरगंजको शब जुलुसमा पर्साका गाउ गाउवाट मानिसहरुको आइरो लागेका थिए । प्रशासनले सम्भावित विशाल प्रर्दशनलाई लक्षित गरेर क्फुर्य लगाएको घोषणा गरे पनि प्रर्दशनकारीहरुले त्यसलाइृ कुनै वास्ता गरेका थिएन । त्यसैगरी बुक्रवार सिरहाको मिर्चैयामा मोर्चाका सशर्ष नेताहरुको उपस्थ्तिीमा गरिएको विशाल आमसभामा पनि लाखौको सहभागीता थिए । उक्त आमसभा गरेर तमलोपा अध्यक्ष ठाकुर जनकपुर क्षेत्रका गाउ गाउमा कार्यक्रमहरु गर्दै सहभागी भइरहेका छन भने फोरम नेपालका अध्यक्ष वारा पर्सा क्षेत्रमा । सदभावना अध्यक्ष महतो पश्चिम मधेशमा छन । तमलोपा अध्यक्ष ठाकुर आज महोतरीको भमरपुरा गाविसमा कार्यक्रम गर्दै छन । 
सिरहाको मिर्चैयामा गरिएको आमसभामा देखिएको विशाल  जनसहभागीता
प्रमुख दलहरुले हिजो मात्रै मधेशी मोर्चाको मागलाई वेवास्ता गर्दै अघि वढने निर्णय गरे पछि मधेशमा आन्दोलनको राप थप वढने संकेतहरु देखा पर्न थालेका छन ।

No comments:

Post a Comment