Friday, September 4, 2015

मधेशमा जारी आन्द्योलनमा अहिले सम्म १२ जना आन्दोलनकारी र १० प्रहरीको मृत्यू । २ सय भन्दा वढी धाईते

राजीव राउत

सिमांकन सहित नयां सविद्याँनको कयौन मुद्धाहरु प्रति तीव्र असन्तुष्टि पोख्दै मधेशमा जारी आन्द्योलनमा अहिले सम्म १२ जनाको मृत्यू भईसकेको छ भने २ सय भन्दा वढी धाईते हरु भएका छन । धाइतेहरु मध्ये ५० जनाको गम्भिर अवस्थामा रहेका छन । पछिल्लो आन्द्योलनको क्रममा सवै भन्दा पहिलो सप्तरीको भारदहमा राजीव राउतको मृत्यू भएको थियो । मधेशमा जारी आन्द्योलनको क्रममा प्रहरी प्रशासनले अत्यद्यिक वल प्रयोग गरीरहेको भन्दै चौतर्फी आलोचना समेत भईरहेको छ । सरकारले टिकापुर घटना पछि मधेशका कयौन जिल्लहरुलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै नेपाली सेना परिचालन गरीसकेका छन ।

जारी आन्द्योलनको क्रममा आन्दोलनकारी तर्फ सप्तरी भारदहका राउत संगै वाराका हफिजत मिया , पर्साका धर्मराज सिंह, दिनानाथ साह, भोला साह, सोहन साह, दिलीप चौरसिया, रौतहटका राजकिशोर ठाकुर, रुपन्देहीका दुर्गेस यादव, सुनिल यादव, सैलेन्द्र श्रीवास्तव, रामेश्वर पासीको मृत्य भईसकेका छन ।

पुर्वी मधेश देखि पश्चिमको थरुहट क्षेत्र सम्ममा जारी आन्द्योलन हिसंक्र बन्दै गइरहेको भन्दै चौतर्फी चिन्ताहरु व्यक्त भईरहेको छ । पश्चिमको कैलालीमा प्रर्दशनकारी र प्रहरुी विचको झडमा ८ जना प्रहरी र १ स्थानिय वालकको समेत मृत्यू भएको थियो ।  त्यसैगरी नवलपरासीको पनि स्थानिय वासी र प्रहरुी विच भएको झडपमा धाइते भएका १ प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको थियो । त्यसैगरी आज मात्रै  वर्दीया क्षेत्र क्षेत्रमा प्रर्दशनकारीको ढुगावाट धाईते भएका एक हवल्दारको मृत्यु भएको छ । नेपालगंजमा पनि आन्दोलनको ढुगाले एक मोटरसाइकलमा सवार सर्वसाधारणको मृत्यू भएको छ । अहिले सम्ममा १० जना प्रहरी अधिकारी र १२  जना आन्द्योलनकारीको मृत्यु भइसकेको जारी आन्द्योलनलाई संयमित बनाउनका लागी प्रहरी प्रशासन र आन्दोलनकारीहरु दुवै तर्फ संयमित अपनाउनु पर्ने खाचो देखिन्छ ।

No comments:

Post a Comment