Thursday, September 10, 2015

पारीको स्थानिय स्तरको सहयोगमा प्रमुख नाकाहरु ठप्प ।

सरकारले सेना सहितको उच्च सुरक्षा घेरामा नाकाहरु वाट समान पास गराउन थाले पछि मधेशमा अवस्था थप भडकिएको थियो । पछिल्लो तीन दिन देखि भारतीय स्थानिय स्तरको सहयोगमा नाकाहरु पुर्ण रुपमा ठप्प छन ।
जारी आन्द्योलनको प्रभाव वढाउनका लागी मधेशी मोर्चाको स्थानिय नेताहरु सिमापारीको स्थानिय स्तरमा समन्यन गरेर नाकालाई पुर्ण बन्द गराउन थालेका छन । नाका भएको क्षेत्रमा सरकारी पक्षले उच्च सुरक्षा वल प्रयोग गरेर राती राती मालसमानहरु काठमाडौ ल्याईरहेका थिए । जसका कारण आन्द्योलन प्रभाव काठमाडौमा कम देखिएको निष्कर्ष मधेशी मोर्चाले निकाले पछि मधेशी नेताहरुले यस्तो उपाय निकालेका छन । अधिकांश प्रमुख नाका गएको दुई दिन देखि पुर्ण रुपमा ठप्प छन । हालै विरगंजको सिमावर्ती सहर रक्सौल, सुनौली नाकाको सिमावर्ती सहर गोरखपुर सहितका प्रमुख नाका पर्ने भारतीय सहरमा मधेशी मोर्चाका केही नेताहरु पुगेर उता तर्फ समन्य गर्न थालेका छन । गएको २६ दिन देखि मधेशको पुर्व देखि पश्चिम सम्म पुर्ण रुपमा आन्द्योलिन रहदा पनि काठमाडौमा देखिएको उदासिनताका कारण मधेशमा थप आक्रोशहरु देखिन थालेका छन ।


सतापक्षको तर्फवाट हिजो मात्रै तिन दलले मधेशी मोर्चालाई संयुक्त रुपमा वार्ताका लागी आब्हान गरेका थिए । तर आज पश्चिम मधेशको एउटा नाका भएको सहर भैरहवामा मधेशी मोर्चाको बैठक बसेको थियो । मोर्चाले यथास्थितीमा सरकारी पक्षहरु संग वार्तामा नबस्ने निर्णय गरेका छन ।साथै मोर्चाले जारी आन्द्योलनलाई थप सश्क्क्त पार्दै नाकाहरु पुर्ण रुप्मा ठप्प पार्ने निर्णय पनि गरेका थिए ।  पछिल्लो तीन दिन यता पुर्वी मधेशका प्राय जसो सवै भाग अत्यद्यिक तनावमा देखिन्छ । हिजो मात्रै जलेश्वर, सप्तरी, विराटनगर लगायतका क्षेत्रमा प्रर्दशनकारी र प्रहरी प्रशासन विच ठुला ठुला भिडन्तहरु भएका थिए । आज जनकपुरमा तनावको वातावरण सिर्जना भएपछि स्थानिय प्रशासनले भोली विहान देखि अनिश्तिकालिन क्फुर्य जारी गरेका छन । यद्यपी स्थानिय मोर्चाले धनुषाको गाउ गाउमा कोणसभाहरु गर्दै जनकपुरमा लाखौको संख्यामा मानिसहरु उतार्ने तयारी गरीरहेका छन ।

विरगंजमा पनि प्रहरी र स्थानिय प्रर्दशनकारीहरु विच नाकावाट राती राती समानहरु पास गरे पछि तनाव सुरु भएको थियो । अहिले भारतीय भुभागमै समानहरु थन्किाइ दिए पछि विरगंज नाका पनि पुर्णरुपमा टप्प हुन पुगेका छन । त्यसैगरी भैरहवामा स्थानिय प्रशासनले प्रतिकार समुहको नाउमा प्रर्दशनकारीहरु माथी पनि नाका सुचारु गर्नकै लागी केही समय अघि दंगाको वातावरण सिर्जना गराइ दिएका थिए । जसमा ४ जना मधेशी प्रर्दशनकारीहरुको मृत्यू भएको थियो । जुन घटना पश्चात स्थानिय प्रशासनले उक्त नाका सुचारु गराएका थिए । पछिल्लो तीन दिन देखि उक्त नाका पनि पारीको स्थानियको सहयोगमा ठप्प पारिएको छ ।

2 comments:

  1. Non Violent Militancy http://demrepubnepal.blogspot.com/2015/09/non-violent-miltancy.html

    ReplyDelete
  2. sabdhan bijay gachhadar pheri madhesi ra tharu sanga sadyantra garna sakcha

    ReplyDelete