Sunday, September 27, 2015

वार्तामा किन यत्रो अडचन देखिदै छन ? 'साइड टक' मा सहभागी त्रिपाठी भन्छन - ओली, देउवा र सिटौला वार्ताका वाधक ।

प्रधानमन्त्री सुशिल कोईराला तमलोपा पार्टी कार्यलय पुगेर महन्थ ठाकुरसंग छलफल गरे पछि वार्ताको ठोस वातावरण चाडै निर्माण हुने चौतर्फी आशा फैलिएको थियो । तर त्यसो हुन सकिरहेको छैन ।

जारी मधेश आन्द्योलनको आज ४३ दिन छ । पश्चिममा त थरुहट बन्दको झन ४८ दिन नाघि सकेको छ । काठमाडौमा वार्तामा साकारात्मक संकेतहरु नदेखेकै कारण अघिल्लो हप्ता मधेशी मोर्चाले नेपाल भारत नाकाहरु ठप्प पार्ने कडा निर्णयमा पुगे । नाका ठप्प भएको ४ दिन वित्नै लाग्दा काठमाडौमा हाहाकार देखिएका छन । तर पछिल्लो समयमा सरकारी पक्ष र आन्दोलनरत मधेशी मोर्चा विच वार्ताका लागी प्रयासहरु चाही नभएको होईन । प्रधानमन्त्री सुशिल कोईराला आफै कुरा गर्न तमलोपा पार्टी कार्यलय र फोरम लोकतान्त्रिकको पार्टी कार्यलय पुगे पछि धेरैले अव चाडै वार्ता हुने आकंलन गर्न थालेका थिए । तर त्यसका् पनि एक हप्ता वित्न लागेको देखिन्छ । आज विहान मात्रै काग्रेसका उपासभापति रामचन्द्र पौडेल, नेताहरु महेश आचार्य र आनन्द प्रसाद दुंगाना तमलोपाका अध्यक्ष महन्थ ठाकुरको निवासमा पुगेर ठाकुर सहितको तमलोपाका नेताहरु हृदेश त्रिपाठी र सवेन्द्र नाथ सुक्लासंग कुराकानी गरे । नेताहरुले आजको कुराकानीलाई पनि अनौपचारिक नै भन्दै साईड टकको संज्ञा दिएका छन । काग्रेस नेता आनन्द प्रसाद दुगांनाले दलान संग कुरा गर्दै आफुहरु वार्ताका वातावरण बनाउने क्रममा तमलोपा नेतृत्व संग कुराकानी गर्न ठाकुरजीको निवासमा पुगेको बताए । दुंगाना भन्छन, हामी संसदको अधिवेशन १५ सुरु भन्दा पुर्व एउटा सहमतीमा पुग्ने प्रयास गर्दै छौ । दुगाना भन्छन, वार्ताको विकल्प छैन, त्यसैले जारी आन्द्योलनलाई कसरी सहमती गरेर सम्बोधन गर्ने वारेमा हामी विभिन्न ढंगले छलफलहरु अघि वढाईरहेको बताए । यता तमलोपा सहअध्यक्ष त्रिपाठीले सतापक्ष अझै वार्ताको सन्दर्भमा कुनै ठोस विन्दूमा पुगी नसकेको कुरा आजको बैठकमा पनि देखिएको बताए ।

पछिल्लो समयमा वार्ताको लागी विभिन्न तहमा छलफलहरु चलीरहेको छ । तामलोपा नेता त्रिपाठी भन्छन,  सतापक्षहरु वार्ताको वारेमा अझै व्यापक अन्योलमा देखिन्छ । उनी भन्छन, आज मात्रै पनि काग्रेस नेताहरु ठाकुरजीको निवासमा छलफल गर्न आउदा आफना गुनासाहरु राखेर कुरा गर्नु भयो, वार्ता गुनासाको आधारमा हुदैन , मुद्धाको सम्बोधनको आधारमा हुन्छ । त्रिपाठीका अनुसार काग्रेस नेताहरुले आज पनि सतापक्षमै विभिन्न धारणहरु रहेको र काग्रेस भित्रै पनि विभिन्न खाले विचारहरु देखिएकाले सतापक्षको मजवुरी वुझिदिन तमलोपालाई आग्रह गरेका थिए ।

मधेश राजनितीक एक प्रमुख पात्र समेत रहेका तमलोपा नेता त्रिपाठी भन्छन, विभिन्न चरणको कुराकानीवाट अहिले सम्म हामीहरुको बुझाईमा काग्रेस नेता शेर वहादुर देउवा, कृष्ण प्रसाद सिटौला र एमाले अध्यक्ष केपी शर्मा ओली वार्ताका लागी तयार नदेखिएको हो । उनी भन्छन, हिजो एमाओवादी नेता बाबुराम भटराई पार्टी परित्याग गरेपछि प्रचण्ड पनि त्यही लाईनमा जान थाल्यो कि भन्ने आशंकाहरु देखिन थालेका छन । उनका अनुसार वार्तामा जती ढिला हुन्छ, समस्याहरु त्यती वल्झदै जान्छन । त्रिपाठी भन्छन, अन्तको रिस हामी माथी झार्न पाइदैनन ।
 
वार्ताका लागी विभिन्न चरणमा भईरहेको साइड टकहरुमा सहभागी एक अर्का नेताका अनुसार कुराकानी अनौपचारिक रुपमा साकारात्मक भए पनि एमालेमा देखिएको आक्रोशपुर्ण व्यहवार र काग्रेसका केहि नेताहरुको व्यक्तिगत स्वार्थका कारण वार्ताको ठोस वातावरणमा बन्न ढिलाई भईरहेको छ ।


1 comment:

  1. Mahanth thakur le je gare tehi hunna yadi mang pura hun6 bhane barta hun6 nabhaye andolan chali rahan6.....

    ReplyDelete