Wednesday, September 23, 2015

नाका र राजमार्ग केन्द्रित आन्दोलनलाई सशक्क्त बनाउने । हुलाकी राजमार्गमा मानव सागर ओर्लाने तयारीमा मधेशी मोर्चा


सप्तरीको राजविराजमा बसेको मधेशी मोर्चाको बैठकले जारी आन्द्योलनलाई निष्कर्षमा पुर्याउन अझै सशक्क्त भएर आन्द्योलनलाई अगाडी वढाउने निष्कर्ष निकालेको छ ।  हिजो राती देखि नै राजविराजमा बसेको मोर्चाको बैठक आज दिउसो मात्रै सकिएको थियो । बैठकले आन्दोलनलाई भन्सार नाकाहरु र राजमार्गहरुमा केन्द्रित गर्ने निष्कर्ष निकालेको तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले वताए । यादवका अनुसार स्थानिय स्तरमा मधेशीहरुले राजमार्ग क्षेत्र र भन्सार नाका केन्द्रित आन्द्योलनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने वारे आफै योजनाहरु बनाउने छन । बैठकले जारी आम हडताल जारी राख्ने भन्दै सरकार संग वार्ताको ढोका पनि खुल्लै रहेको जनाएको छ । काठमाडौ प्रभावित पार्ने गरी भन्सार र राजमार्ग केन्द्रित आन्द्योलनलाई सशब्क्त बनाएको मोर्चाका नेताहरुले बताएका छन । मार्चाको राजविराज बैठकले आन्दोलनमा सुरक्षा निकाय वाट व्यापक वल प्रयोग भएको भन्दै सर्वोच्च अदालत र अन्तराष्टिय फैजदारी अदालतमा त्यस विरुद्ध मुदा दायर गर्ने पनि निर्णय गरेको छ ।

त्यसैगरी राजविराज बैठकले पुर्वको मेची देखि पश्चिमको महाकाली सम्मको तराई मधेशको हुलाकी राजमार्गमा  एकै दिन मानव संगलो हातोमालो कार्यक्रम अन्र्तगत लाखौको संख्यामा मधेशीहरुलाई सडकमा ओर्लाने घोषणा गरेको छ । जस कार्यक्रमको ठाउ ठाउमा मधेशी शिर्ष नेताहरुले नेतृत्व गर्ने छन ।

त्यसैगरी मोर्चाले थरुहट संघर्ष समिती र मुस्लीम मोर्चा संग सहकार्य गर्नका लागी वार्ता गर्ने र उक्त कामको लागी एउटा वार्ता टोली समेत बनाएको छ ।
गएको ३९ दिन देखि मधेशमा जारी आमहडताल र आन्द्योलनलाई सरकारी पक्षहरु वार्ता वाट सम्बोधन गर्न अझै साकारात्मक नरहेको मोर्चाको ठहर छ । हिजो मात्रै प्रधानमन्त्री सुशिल कोईराला र मोर्चाका एक घटक तमलोपा अध्यक्ष महन्थ ठाकुर विच काठमाडौमा कुराकानी भएको थियो ।



No comments:

Post a Comment