Sunday, September 20, 2015

नेपालको संविद्यान २०७२ जारी । जारी संविद्यानको विरोधमा मधेशमा 'व्लायक आउट'

राष्टपति रामवरण यादव संविद्यान जारी गर्दै

अन्तह संविद्यानसभा मार्फत नेपालको संविद्यान २०७२ आइतवार जारी भएको छ । संविद्यानसभाले आयोजना गरेको एक विशेष समारोहमा राष्टपति रामवरण यादवले नेपालको संविद्यान २०७२ जारी भएको घोषणा गरेका थिए । जारी संविद्यानको प्रक्रियाको सुरु देखि नै मधेशी पार्टीहरुले विरोध गर्दै आएका थिए । त्यसको विरुद्धमा आन्द्योलनमा रहेको मधेशी पार्टीहरुको सभासदले यो संविद्यानमा हस्ताक्षर गरेका छैन । आन्दोलनरत मधेशी मोर्चाले आफहरुको मागलाई जारी संविद्यान निर्माणको प्रक्रियामा वेवास्ता गरेको भन्दै माग सम्बोधन नहुन्जेल संविद्यान नमान्ने सार्वजनिक घोषणा गरीस्केका छन । उनीहरुले आज जारी गरिएको संविद्यानको विरोधमा आज वेलुकि १ घण्टा व्लायक आउट गरेका छन । काठमाडौ सहित मधेशका जिल्लाहरुमा सम्पुर्ण मधेशीहरुले आन्दोलनरत मधेशी मोर्चाले वेलुकि ७ वजे देखि ८ वजे सम्म वति निभाएर व्लायक आउट विरोध कार्यक्रममा सहभागी हुन अपिल गरेका थिए । मोर्चाले भोली आज जारी गरिएको संविद्यान चलाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

गएको ३५ दिन देखि मधेशमा अनिश्चितकालिन आमहडताल जारी रहदा प्रमुख दलहरुले मधेशको मुद्धाहरुलाई वेवास्ता गरेर संविद्यान जारी गर्दा राष्टीय देखि अन्तराष्टिय स्तरमा यसको आलोचना समेत भईरहेको छ । प्रमुख दलहरुले मधेशको अधिकांश मागहरु आफहरुmे सम्बोधन गरीसकेको दावी गर्छन । दक्षिणी छिमेकीवाट दुई दिन अगाडी मात्रै दबाब पाएका प्रमुख दलहरुका शिर्ष नेताले हिजो संयुक्त पत्रकार सम्मेलन गरेर मधेशको उचित मागहरुलाई संविद्यान संशोधन गरेर सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रमुख  शिर्ष नेताहरुले आन्दोलनरत मधेशी पार्टीहरुलाई सार्वजनिक रुपमा वार्तामा आउन पनि आब्हान गरेका थिए । तर मधेशी पार्टीहरुले उक्त वार्ताको प्रस्तावलाई अस्विकार गर्ने जनाएका छन । मधेशी पार्टीहरुले सरकारको तर्फवाट मधेशमा भईरहेको अत्यद्यिक सुरक्षा वल प्रयोग वन्द गरेर वार्ताका लागी वातावरण नबाउन्जेल सम्म आन्दोलनमै रहने जनाएका छन ।

नयां संविद्यान जारी भए पछि आज वेलुकि मधेशमा व्लायक आउटको क्रममा जनकपुरमा युवाहरु संविद्यान जलाएको छ ।

आन्दोलनको क्रममा आज पनि मधेशका पुर्व देखि पश्चिम सम्मका जिल्लाहरुमा विरोध प्रर्दशनहरु भएको छ । पर्साको विरगंजमा भएको प्रर्दशानकारी र प्रहरी विचको झडपमा १ जनाको मृत्यू समेत भएको छ भने दर्जनौ धाईते भएका छन । पर्साका सार्थ मधेशका मोरड, सुनसरी, सप्तरी, देखि पश्चिमको जिल्लाहरु सम्म आज विरोध जुलुसहरुको साथै विभिन्न विरोध कार्यक्रमहरु भएका छन । यद्यपी मधेशका युवाहरुले काठमाडौ देखि मधेशका जिल्लाहरु सम्मा स्वस्र्फुत रुपमा आव वेलुकि व्लायक आउट सगै साकेतिक रुपमा कागजहरुमा नेपालको संविद्यान २०७२ को व्यानर वनाएर जलाएका छन । मधेशी मोर्चाले आन्दोलनको कार्यक्रम अब थप सश्क्क्त बनाउने जनाएका छन ।

No comments:

Post a Comment